ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छात्रवृत्ति पाउनबाट वञ्चित


एबीसी न्यूज
१३ माघ २०७४, शनिबार   ९ : १५   बजे

इलाम, १३ माघ  । फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका निखिल लिम्बू अपांगता भएका बालक हुन् । सानै उमेरमा ओठमा घाउ भएको छ । उनको तल्लो ओठमा ठूलो घाउ र जिब्रो सुन्निएको छ । उनको अपांगता परिचयपत्र नहुँदा छात्रवृत्तिबाट उनी वञ्चित छन् । घरपरिवार र विद्यालयले परिचयपत्र बनाउन पहल नगर्दा छात्रवृत्ति पाउनबाट वञ्चित भएका हुन् ।

फाकफोकथुम गापा–३ की मनिषा अधिकारी पनि परिचयपत्र नहुँदा छात्रवृत्ति पाउनबाट वञ्चित छिन् । तीन चार वर्षअघिदेखि दाहिने खुट्टामा समस्या भएपछि अपांगता भएकी मनिषाको परिचयपत्र बनाउन कसैले पहल गरेको थिएन । जनचेतनाको अभाव र सरल पहुँच नहुँदा धेरै विद्यार्थी परिचयपत्र नहुँदा जिल्ला शिक्षा कार्यालयले प्रदान गर्ने छात्रवृत्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।

चालु शैक्षिक सत्रका लागि २५० विद्यार्थीका लागि रु ४६ लाख ४१ हजार विनियोजन गरिएको छ । कार्यालयमार्फत पहिलो चौमासिकमा ८३ बालबालिकाले छात्रवृत्ति पाइसकेका छन् । दोस्रो चौमासिकमा छात्रवृत्तिका लागि ४० जनाले मात्र निवेदन दिएको जिसिका इलाम योजना शाखाका निर्मल ढुंगेलले जानकारी दिनुभयो । अझै पनि जिल्लामा १२७ जनाका लागि छात्रवृत्ति रकम बाँकी नै छ ।

दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत अपांगता भएका करीब २०० भन्दा बढी विद्यार्थी परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित हुने गरेको जिसिकाले जनाएको छ । कतिपयलाई छात्रवृत्तिका विषयमा जानकारी नहुने र जानकारी भए पनि सोझै अभिभावकका हातसम्म नपुग्ने गरेकाले पनि परिचयपत्र बनाउन अभिभावकले चासो नदिएको हुन सक्ने जिसिका इलामका लेखाजोखा केन्द्रका प्रमुख प्रकाश चापागाईं बताउनुहुन्छ ।

छात्रवृत्तिका लागि जिसिकाले अपांगता परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र नभएकाहरुको अघिल्लो आवमा १७ लाख ६४ हजार र गत आवमा ठूलो रकम फ्रिज भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

महिला बालबालिका कार्यालयले विभिन्न कार्यालयको संयोजनमा जिल्लामा विभिन्न स्थानमा सञ्चालित घुम्ती शिविरमा समेत अपांगता परिचयपत्र वितरण गर्दै आएको महिला बालबालिका कार्यालयका अधिकृत भगवती घिमिरेले बताउनुभयो । करूणा फाउण्डेशनले पनि महिला बालबालिका कार्यालय, चिकित्सकको समन्वयमा जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा अपांगता पहिचान शिविर सञ्चालन गरेर अपांगता भएका सबैलाई परियचपत्र वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group