ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन युद्धमा हतियार पठाउने चीन होइन, अमेरिका हो : चिनियाँ विदेशमन्त्रालय


एबीसी न्यूज
८ फाल्गुन २०७९, सोमबार   ९ : ४५   बजे

काठमाडौं, ८ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा रुसलाई चीनले हतियार पठाएको भनि दिएको अभिव्यक्ति चीनले प्रतिवाद गरेको छ ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा युद्धको मैदानमा हतियार पठाउने चीन नभएर अमेरिका भएको बताएका हुन् ।

‘अमेरिका चीनलाई के गर्ने भनेर सिकाउने पोजिसनमा छैन । हामी रुससँगको सम्बन्धमा अमेरिकाबाट औँला उठाउने वा उसको जबरजस्ती र दबाबको पक्षमा कहिल्यै खडा हुने छैनौं,’ प्रवक्ता वाङले भने । युक्रेन मुद्दामा चीनको अडान शान्तिको लागि वार्तालाई समर्थन गर्ने बताए ।

केही दिनअघि विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा आक्रमण गर्न रुसलाई हतियार र गोलाबारुद उपलब्ध गराउने वा नगराउने भनेर चीनले विचार गरिरहेको जानकारी अमेरिकासँग रहेको बताएका थिए ।

उनले अमेरिकासँग चिनियाँ कम्पनीहरूले रूसलाई गैर–घातक सहयोग पठाउँदै आएको तर तिनीहरूले अब घातक समर्थन पनि पठाउन सक्ने भन्दै अमेरिकी सञ्चार संस्था सीबीएसलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए ।

सोही विषयलाई जोडेर उठेको प्रश्नको जवाफ दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अगाडि भने, ‘कसले वार्ताको लागि आह्वान र शान्तिको लागि प्रयास गरिरहेको छ अनि कसले द्वन्द्वको आगो निभाएको छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायलाई पूर्ण रूपमा जानकारी छ । हामी अमेरिकी पक्षलाई उसले खेलेको भूमिकालाई गम्भीरताका साथ चिन्तन गर्न, परिस्थितिलाई निरुत्साहित गर्न र शान्ति वार्तालाई प्रवर्द्धन गर्न मद्दत गर्न र दोषारोपण तथा गलत सूचना फैलाउन रोक्न आग्रह गर्दछौं ।’

उनले चीन शान्ति र वार्ताको पक्षमा अडिग रहनेछ भन्दै परिस्थितिलाई सहज बनाउन रचनात्मक भूमिका खेल्ने बताए । प्रवक्ता वाङले चीनले म्युनिख सुरक्षा सम्मेलनमा यस विषयमा विस्तृत रूपमा आफ्नो धारणा राखेको बताए ।

‘चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिलाका लागि केन्द्रीय आयोगको कार्यालयका निर्देशक वाङ यीले म्युनिख सुरक्षा सम्मेलनमा यसबारे विस्तृत रूपमा बताउनुभएको छ,’ उनले भने, ‘युक्रेन संकटको एक वर्ष पुग्न अब केही दिन बाँकी छ । चीनले युक्रेन संकटको राजनीतिक समाधान खोज्ने स्थितिसम्बन्धी दस्तावेज जारी गर्नेछ । उक्त दस्तावेजले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तलाई पालना गर्ने, सबै देशको वैधानिक सुरक्षा चासोलाई गम्भीरताका साथ लिने र शान्तिपूर्ण समाधानका लागि सबै प्रयासहरूलाई समर्थन गर्ने जस्ता राष्ट्रपति सी जिनपिङको महत्त्वपूर्ण प्रस्तावलाई पुनः पुष्टि गर्नेछ ।’

उनले उक्त प्रस्तावले ‘परमाणु युद्ध कहिल्यै लड्नु हुँदैन र कहिल्यै जित्न सकिँदैन’ भनेर पुष्टि गर्ने समेत बताए । ‘हामी नागरिकको आणविक सुरक्षा सुनिश्चित गर्न र आणविक ऊर्जा संयन्त्रहरूमा हुने आक्रमणहरू विरुद्ध खडा हुन तथा जैविक, रासायनिक हतियारहरूको प्रयोगको संयुक्त रूपमा विरोध गर्न पनि आह्वान गर्दछौं,’ उनले भनेका छन् ।

‘परिस्थिति जति जटिल छ, शान्त र व्यवहारिक हुन पनि त्यत्ति नै आवश्यक छ । लडाइँ जति लम्बिँदै जान्छ, हामीले शान्तिको लागि प्रयास गर्न नछोड्नु उति नै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘चीनले सबै पक्षहरूसँग मिलेर प्रयास जारी राख्ने आशा गरेको छ, ताकि चाँडै नै शान्ति कायम होस् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

सम्बन्धित

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

५० ड्रोनको स्वार्म प्रणाली बनाउँदै भारत, भविष्यको युद्धका लागि स्वदेशी सैन्य प्रविधिमा ठूलो फड्को

‘स्पेन खुला छ’ भन्ने ‘फेक’ सूचनाले युरोपमा राजनीतिक आँधी !

निम्स दाईसहित १० आरोहीको शव उद्धार सुरु, आज क्याम्प–१ ल्याइँदै

ब्रड पिक दुर्घटना: निम्सदाइसहित १० आरोहीको शव उद्धार अभियान तीव्र, आज क्याम्प–१ सम्म ल्याइँदै

इरान–इजरायल युद्धले अमेरिकी मिसाइल भण्डारमा दबाब, कठिन निर्णयको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu