ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि, पर्यटन र जलविद्युत प्यूठान विकासको आधार


admin
१ श्रावण २०७४, आइतबार   १२ : ०४   बजे

प्यूठान । चुनावी मैदानमा रहँदा सबै उम्मेदवारले समृद्ध स्थानीय तहको सपना बाडेका छन् । पराजित भएकाहरुलाई हाइसन्चो नै होला किनकी बाडेका सपनाहरु पुरा गर्नै पर्ने बाध्यता छैन । तर, जनप्रतिनिधि निर्वाचितहरुलाई त्यति सहज छैन ।

चुनावमा बाडेका सपनाहरुलाई साकार पर्ने चुनौती छ । प्यूठानका जनप्रतिनिधि पनि आफ्नो प्रतिवद्धता पुरा गर्नै पर्ने बाध्यतामा छन् । जनप्रतिनिधिले प्रतिवद्धता पुरा गर्ला या नगर्ला त्यो त आगामी दिनमा देखिने नै छ । तर, प्यूठानी जनप्रतिनिधि आफ्ना प्रतिवद्धताहरु पुरा गर्न लागिपरेका छन् । र, आफ्नो प्रतिवद्धता पुरा गर्न योजनाहरु जनप्रतिनिधिको प्रथामिकतामा परेका छन् ।

प्यूठान नगरपालिकालकाई प्यूठानको आकर्षक तथा व्यापारिक केन्द्र मानिन्छ । जहा झिमरुक फाट पनि समेटिएको छ । झिमरुक निक्कै आकर्षक छ । त्यसैले प्यूठान नगर पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण ठाउ हो । सदरमुकामभन्दा पनि सुगम मानिएको प्यूठान नगरको नेतृत्व अर्जुनकुमार कक्षपतिले सम्हालेका छन् ।

चुनावी मैदानमा कक्षपतीले झिमरुक फाँटको संरक्षण, स्वरोजगार, कृषि उत्पादन, नदि नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका काम गर्ने प्रतिवद्धताहरु जनाएका थिए । मेयर निर्वाचित भइसकेपछि पूर्व प्रतिवद्धता अनुसार नै कक्षपतीले योजना बनाउन थालेका छन् । एक घर एक धारा र सबै गाउमा एम्वुलेन्स जाने बाटो बनाउने कार्य आफ्नो प्राथामिकतामा रहेको मेयर पक्षपतीको भनाइ छ ।

प्यूठान स्वर्गद्धारीको नामले प्रख्यात जिल्ला हो । नेपालका सात धाम मध्येको एक महत्वपूर्ण पर्यटकीय धार्मिक स्थलको रुपमा स्वर्गद्धारीलाई लिइन्छ । स्वर्गद्धारीको नामबाटै नामाङ्कृत स्वर्गद्धारी नगरपालिकामा समेत नजप्रतिनिधिले काम थालिसकेका छन् । स्वर्गद्धारी नगरका मेयर नेत्र रोकाय पनि स्वर्गद्धारीमा विश्वका पर्यटकहरु ल्याउने योजना बनिरहेको बताउँछन् ।

मेयर रोकायले चुनावको बेला स्वर्गद्धारी विमानस्थललाई संचालनमा ल्याउने, केवुलकार मार्ग निर्माण गर्ने लगायतका विकासे नारा बनाएका थिए । यी प्रतिवद्धताहरु पुरा गर्न स्वर्गद्धारीका जनप्रतिनिधिलाई सहज त छैन । तर, मेयर निर्वाचित रोकाय स्वर्गद्धारी क्षेत्रको पर्यटन विकास र कृषिमा आनुधिकीकरणका लागि जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने बताउछन् ।

प्रायः जिल्लाहरुको सदरमुकाम नगरपालिका भइसकेका छन् । विकासको दृष्टिले पनि सदरमुकामका नगरहरु समृद्ध हुन्छन् । तर, प्यूठान जिल्लाको सदरमुकाम भने अझै पनि गाउँपालिका मै छ । जुन मल्लरनी गाउँपालिका हो ।

दरमुकाम नै भएका कारण केही भौतिक संरचना त बनेको छ । तर, मल्लरानी गाउँपालिका आम्दानीको राम्रो स्रोत नभएको स्थानीय तहमा पर्छ । जहाँ रोजगारीको पनि राम्रो व्यवस्था छैन । भर्खरै गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका अमरध्वज राना कृषी क्षेत्रलाई आधार मानेर यूवा स्वरोजगारको वातावरण बनाउने योजना बनाउँदैछन् ।

प्यूठानका सबै स्थानीय तह कृषिमै निर्भर हुन । सरुमारानी गाउँपालिका अदुवा र मह उत्पादनको लागी प्रचुर सम्भावना बोकेको क्षेत्र मानिन्छ । त्यसैले होला कृषि उत्पादनलाई प्राथामिकतामा राखेर युवालाई रोजगारी दिने योजना बनाइरहेको बताउँछन्, गाउँपालिका अध्यक्ष झगबहादुर विक ।

प्यूठानमा कृषि बाहेक पर्यटन र जलविद्युतको सम्भावना पनि उतिकै छ । झिमरुक गाउँपालिकामा जलविद्युत विकासको राम्रो सम्भावना छ । झिमरुकका जनप्रतिनिधि जलविद्युत विकास नै प्रथामिकतामा रहेको बताउँछन् ।

स्थानीय तहको स्रोत साधनलाई पहिचान गर्दै काम गर्ने हो भने प्यूठानका सबै स्थानीय तहको मुहार फेर्न धेरै समय लाग्दैन । कृषि र पर्यटन सहित जलबिद्युत विकासमा जनप्रतिनिधिले ध्यान दिने हो भने अबको पा“च वर्षको अवधिमा प्यूठानमा धेरै काम हुने देखिन्छ । तर, जनप्रतिनिधिले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने हुन्छ । जनप्रतिनिधिले जिम्मेवारपूर्वक काम गरे अवश्य पनि आम नागरिकको साथ पाउनेछन् ।

हाम्रो देशमा आर्थिक उपार्जनको पहिलो आधार कृषि नै हो । तर, कृषि क्षेत्र आधुनिकीकरण हुन नसक्दा कृषिमा आकर्षण घट्दो छ । तर, हाम्रो लागि कृषि निर्भिकल्प जस्तै हो । प्यूठान पनि यस्तै जिल्ला हो । त्यसैले पनि प्यूठानका जनप्रतिनिधिले कृषि क्षेत्रमै काम गर्ने योजना बनाउनु सकारात्मक सुरुवात मान्न सकिन्छ ।

तर, जनप्रतिनिधिले कृषि क्षेत्रमा काम गर्ने भनेर जसरी प्रतिवद्धता जनाएका थिए । त्यसरी नै काम गर्नु पर्छ । चुनावको बेला गरेको प्रतिवद्धता अनुसार जनप्रतिनिधिले काम गर्ने हो भने अबको पा“च वर्षमा विकासले नै देशका मुहार फेरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group