ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ दलीय गठबन्धनको सरकारमा दुई दल मात्रै !


एबीसी / संवाददाता
१८ फाल्गुन २०७९, बिहिबार   ७ : ५४   बजे

काठमाडौँ, १८ फागुन । नेकपा (एमाले)सहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ८ दलीय गठबन्धनका प्रधानमन्त्री बनेका छन् ।

फागुन १३ मा राष्ट्रपतिको उम्मेदवारी दिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड ८ दलीय गठबन्धनमा सामेल भएका हुन् । प्रधानमन्त्री प्रचण्ड ८ दलीय गठबन्धनका प्रधानमन्त्री भए पनि सरकारमा भने दुई दल मात्र छन् ।

सरकारमा अहिले प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र र जनमत पार्टी मात्रै सहभागी छन् । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरण फेरिएसँगै सरकारमा दुई दल मात्र रहेका हुन् । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिन पुगेपछि पुस १० मा बनेको गठबन्धनका साझेदार दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेपछि सरकारमा २ दल मात्र बाँकी रहेका हुन् ।

पुस १० मा बनेको एमाले नेतृत्वमा बनेको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका थिए । जसमध्ये जसपा र नागरिक उन्मुक्ति सरकारमा सहभागी भइसकेका थिएनन् । तर, माओवादी केन्द्र, एमाले, राप्रपा, रास्वपा र जनमत गरी ४ दल सरकारमा थिए । तीमध्ये तीन दल एमाले, राप्रपा र रास्वपाले सरकार छाडिसकेका छन् ।

पछिल्लो समय ८ दलीय नयाँ सत्ता समीकरण बने पनि प्रधानमन्त्री प्रचण्डले अरू दललाई सरकारमा सहभागी गराइसकेका छैनन् । अहिलेको समीकरणमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राजनीतिक समीकरण फेरिएसँगै प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट पुनः विश्वासको मत लिने र मन्त्रीमण्डल पुनर्गठनको तयारी गरिरहेका छन् । तर, फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति रहेकाले त्यसपछि मात्रै विश्वासको मत लिने र मन्त्रीमण्डल पुनर्गठन गर्ने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् ।

राष्ट्रपति निर्वाचनको आचारसंहिता फागुन १७ गतेदेखि लागु भएपछि त्यसलाई मध्यनजर गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन त्यसपछि मात्रै गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group