ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिबलाई मारेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा


एबीसी / संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार   ८ : ४३   बजे

काठमाडौँ, १९ फागुन । बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादतीविरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को ब्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका विभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको विरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन् ।

बारामा एकै व्यतिलाई समूह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पीडितहरु संगठित बाध्य भएर ‘लघुवित्त संस्था खारेज गर ऋणी मार्ने काम बन्द गर’जस्ता नारा लगाएर प्रदर्शनमा जम्मा हुन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छन् । उनले आफूले १ लाखको ऋण लिँदा लघुवित्त संस्थाले ५ लाखसम्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताएकी छन् । आफूले पटक पटक किस्ता तिरे पनि सावा रकम कहिले पनि नघट्ने गरेको उनि बताउँछिन्   ।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ । अर्का लघुवित्तबाट पीडित बनेकी जीतपुरका राम कोशिला देवीले रुदै ‘मेरो छोराले जति कमाएर लिएको ऋण तिरे पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गएपछि आफ्नो दैनिकी गुजारा गर्ने पनि समस्या भएको र आफ्नो छोरा डरले सधैँ राति मात्रै घर आउने गरेको’ दुखेसो पोखिन् ।

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौँ रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको माना विश्वकर्मा यतिबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छन् ।

एक वर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएका माना विश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छन् । उनी काम पाएको बेला कहिले लेबरमा काम गर्छिन् भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ति जाने गर्छिन् । लघुवित्तबाट कर्मचारी घरमा आउँदा जसरी भए पनि पैसा तिर्न मानशिक तनाव दिने गरेको समेत उनले बताइन् ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादतीविरुद्ध संघर्ष कमिटिको संयोजक कमलेश साह बताउँछन् ।

छिटो–छिटो ब्याजसमेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन ‘ऋण कति पुग्यो भन्ने बारे ऋणीहरुलाई थाहा नै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group