ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अवैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा’


एबीसी / संवाददाता
२० फाल्गुन २०७९, शनिबार   ८ : २४   बजे

भैरहवा, २० फागुन । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठुलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिले को विषम् परिस्थितिमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएको बताए । उनीहरुले खुला सिमानाका कारण भइरहेको अवैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले  सिमा नाकालाई व्यवस्थित गर्दै सीमाबाट हुने अवैध व्यापारले सीमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई  कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

नियमपूर्वक भन्सार गरेर आएका सामानले अवैध समानासँग प्रतिस्पर्धा गर्न असम्भव भएकाले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अवैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शून्य भएको र सरकारको राजश्वसमेत कम उठेकाले यसमा सरकार गम्भीर हुनु पर्ने बताए । सम्भावना देखेर राज्यले गरेको लगानीभन्दा बढी कयौँ गुणा लगानी निजी क्षेत्रले जोखिम मोलेर गरेपनि सरकारको उदासिनताका कारण निजी क्षेत्रको लगानी धरापमा पर्ने गरेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकाले सधैँ यस्तै नरहने औँल्याउँदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे । नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउँदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकाले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवस्था आएकाले घटाउनेतर्फ महासंघ लागेको बताए ।

उत्पादनमूलक व्यवसायलाई अन्य उद्योग भन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था  कार्यान्वयन गर्नुपर्ने, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र औद्योगिक विकास र उत्पादनमूलक उद्योग स्थापनामा सरकारबाट ठोस कदम चाल्नुपर्ने, राष्ट्रबैंकको यर्थाथपरक नीतिको अभावले कर्जा र तरलतामा समस्या देखिएकाले ध्यान दिनु पर्ने, बैंक तथा वित्तिय संस्थाद्वारा कर्जाको व्याजदरमा मनोमानी तवरले वृद्धि गर्दै आएकाले यसलाई नियन्त्रण गर्नुपर्ने, पर्यटकिय हिसाव तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलानलाई मध्यनजर गरी रुपन्देही जिल्लाभित्र रात्रिकालीन बजार एवम् सवारी साधन सञ्चालनको व्यवस्थित गर्नुपर्ने, स्थानीय, प्रादेशिक एवं संघीय सरकारद्वारा लागु गरिएका कर एकीकृत रुपमा एकद्वार प्रणालीमार्फत् दाखिला गर्ने व्यवस्था मिलाइउनु पर्ने व्यवसायीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group