ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवाद’ लाई सधैं भविष्यको कुरा बनाइयो – श्याम श्रेष्ठ


ABC NEWS
१० चैत्र २०७९, शुक्रबार   ११ : २७   बजे

काठमाडौं, १० चैत ।

देशको समग्र राजनीतिक वृत्तमा अहिलेको निराशाजनक अवस्थालाई कसरी आशा र परिणाममुखी बनाउने भन्ने बहस दिनहुँजसो हुने गरेको छ । यसमा पनि वामपन्थी विचारधारका राजनीतिक दल, नागरिक अगुवाहरु वैज्ञानिक समाजवादको बारेमा बहस, तर्क, सभासम्मेलन गरेर कहिल्यै थाक्दैनन् । वास्तविक अर्थमा समाजवाद के हो ? अहिलेको संसदीय व्यवस्थाप्रति निराश बनेकादेखि यसको विरुद्धमा नै आवाज उठाउँदै आएका वामपन्थी दलबीच समाजवादका विषयमा आलोचनात्मक बहस हुने गरेको छ । वामपन्थी अगुवा श्याम श्रेष्ठले अहिलेको समग्र व्यवस्था र ससाना गतिविधिमा ध्यान दिनुपर्ने बताए । कुनै एक कार्यक्रम आयोजनाको उदाहरण दिदै उनले एकै कार्यक्रममा कसैलाई आसन ग्रहण गराउने, कसैलाई नगराउने यस्तो दुई वटा वर्ग छुट्याउने कुरा वैज्ञानिक समाजवादमा नहुने भनाइ राखे । कुनै अन्तरक्रियात्मक कार्यक्रम गर्दा सबैलाई समान हुने खालको वैचारिक छलफल हुनपर्ने र संरचना पनि सो अनुरुप निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

वामपन्थी अगुवा श्रेष्ठले राजनीतिक वृत्तमा साम्यवाद हाम्रो पुस्तामा सम्भव छैन भनेर सधैं भविष्यको कुरा बनाइराखेको विचार राखे । अहिले हामी अर्धसामन्ती वा पुँजीवादी व्यवस्थामा नै छौं, के यो सही छ ? यो सोच नै बदल्नुपर्ने हो कि ? यही र अहिले पनि समाजवादमा लान सक्छौं, उनले भने । विश्व राजनीति वा परिवेशले नेपालमा पनि असर पर्नु स्वभाविक रहेको तर, आफ्नो परिवार, समुदायमा परिवर्तन गर्न कसले छेक्छ भन्ने प्रश्न उनले गरे । पुँजीवाद र समाजवादको बारेमा बुझ्न अत्यन्तै सरल रहेको भन्दै उनले आफ्नो फाइदा र आफ्नो सम्पत्तिलाई सर्वोच्च प्रथम हो भन्ने ठान्छ, यसलाई पुँजीवादी रहेको उनले औंल्याए । यसैगरी, आफ्नो फाइदा नभइ समुदायको नाफा वा सम्पत्तिलाई महत्व ठान्नु समाजवादी संस्कृति रहेको उनको भनाइ छ । समाजमा, विज्ञानमा विकास भइरहेको छ तर, यो यसको सरलाई सिद्धान्त र व्यवहारमा जोड्ने काम हुन नसक्दा मानिसमा आकर्षण पैदा नभएको उनले बताए । केही समयअघि समाजवादले पुँजीवादलाई लखेटेको जस्तो भएपनि अहिले पुँजीवादबाट समाजवाद डराउनुपर्ने अवस्था पैदा हुँदै गएको उनले बताए ।

नेताहरुका बीच वैज्ञानिक समाजवादको मुख्यगरी पाँच वटा आयाममा बहस गरेको पाइन्छ । अहिलेको दर्शन, सिद्धान्त र दृष्टिकोण त्यसपछि समाजको व्यवहार, जीवनशैली र संस्कृति यस विषयमा वैचारिक बहस भएको हामी पाउँछौं । त्यसपछि राजनीति र अर्थनीति जनतासँग केन्द्र बनाएर हुनुपर्ने भन्ने कुरा सिद्धान्तमै सिमित हुँदै आएको छ । मुख्यगरी, राजनीतिक अस्थीरताको कारण सबै खाले विकासमा प्रत्यक्ष असर पर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu