ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिंगो उठाइयो


एबीसी / संवाददाता
१ बैशाख २०८०, शुक्रबार   ७ : २४   बजे

भक्तपुर, १ वैशाख । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिंगो बिहीबार राति ७ बजेर ४० मिनेटमा उठाइएको छ । स्थानीयवासीले गःहिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्‍याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयासपछि लिंगो ठड्याइएको हो ।

पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो । लिंगो ठड्याउनुअघि लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तानेर उक्त लिंगो उठाइएको हो । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिंगो उठाइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतविद ओम धौभडेल बताउँछन् ।

बिहीबार रातभर र भोलि वैशाख १ गते दिनभर लिङ्गोलाई भैरवको प्रतीक मानेर स्थानीयवासीले बिहानैदेखि पूजा गरी बलि दिने गर्दछन् । दिनभर लिंगो जात्रा हेर्न देश विदेशका हजारौँ मानिसको भीड लाग्ने गर्दछ । वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्म विधि एवं तान्त्रिक विधिअनुरूप पूजा गरेर लिंगो ढाल्ने गरिन्छ ।

यसअघि बिहीबार बिहान भक्तपुरको पोटरी स्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले हात नभएको लिंगो उठाएका छन् । यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले बिहान लिंगो उठाएका छन् । यहाँ लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र आगामी वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ६८ पुग्यो, ४ हजार ६०६ अझै बेपत्ता

महाकालीमा पानीको बहाव यो वर्षकै उच्च, बनबासा पुलमा सवारी आवागमन प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu