शुभशंकर कँडेल – भरतपुर । ‘कमसेकम कङ्रेस एमाले समानान्तर तेस्रो दल हुने त पक्का छ । आज मुगणलिन पारी खाना खाँदा भेटिने साउनीसंग सम्वाद पछि बुझियो कि स्वर्णिम र रविले चैं जित्छन् –झलक सुवेदी । ‘यदि तनहुँ १मा यसपालि घण्टीले जितेछ भने आगामी ८४को चुनावमा काठमाण्डौँ, ललितपुर, विराटनगर, पोखरालगायत ठूला पालिका पनि रविको दलले जित्छ अनि संसदीय चुनावमा सबैभन्दा ठूलो दल पनि बन्छ–डा. रामेश कोइराला । ‘शेरबहादुर, प्रचन्ड, माधव नेपालहरूले भोट मागेर पनि भोट बढ्ने जमाना छ र अचेल ? पत्रकार विपेन्द्र कार्की । ‘छैन छैन, देउपा, दाहाल, नेपाल, ओलीहरुले विस्वास गुमाइसकेकै हुन । मत मागेर जनतालाई नजिस्क्याए ती दलको भलो हुन्छ । गगनसरको क्रेज समेत पानी खान जाला झैं देखियो – झलक सुवदेी ।’ वास्तवमा यस खाले डिस्कोर्स बढ्दै जानुको कारण अहिले नेपाली राजनीतिक समाजमा जे देखिंदै छ र हाम्रो समाज जता जांदैछ , त्यसकै प्रतिविम्व हो । अर्थात् ‘तपाईंले पार्टी बदल्नु पर्दैन–केवल मत बदले हुन्छ’ भन्ने नारा पटक्कै नेपाली माटोबाट उव्जेको विज होइन । यसको सफल प्रयोग उत्तरी अफ्रिका हुंदै युक्रेनमा समेत शानदार रुपमा सफल भएको फर्मुला हो । यसको प्रचार गर्ने रवि र वाग्लेहरु त केवल प्रचारक मात्र हुन् । के मान्नै पर्छ भने यो नारालाई उनीहरुले सहज लाग्ने गरी भट्याइरहेका छन् । त्यसमाथि गगनको खुसामतले गज्जबले काम गरेको छ नै ।
मलाई यसपटक चितवनको मनोदशा पढ्नु थियो । हामीले चितवनमा ४ दिन पूर्णरुपमा चितवनवासीको सांस्कृतिक स्तरको पतोन्मुख बेगलाई मसिनोगरि पढ्यौं । रविको चुनाव प्रचार मिहिन तरिकाले नियाल्यौं । अघिल्लो पटक रवि आक्रामक र चमक धमक थिए । यसपटक उनी मलिन र प्रतिरक्षात्मक थिए । तर मतदाता रविलाई अन्याय भएको, मुख्य ठालु दलले काम गर्न नदिएको, मुख्य भनिएका ठालु दललाई दनक दिनका लगि रविको घन्टी बाहेक उनीहरुसंग अर्को गतिलो अस्त्र नभएको देखियो ।
चितवनमा कांग्रेसको घरझगडा सर्वजनिक कचहरीमा बदलिएको छ । एकजना कांग्रेसी सज्जनले प्रकाशमान सिंह उपस्थित भएको सभामा विनासंकोच भने – ‘माओवादीको मासु खाने, एमालेका भात खाने, कांग्रेसको पैस सखाने तर भोटी घण्टीमा हाल्ने हो ।
वास्तवमा चितवनको खुलमखुला लल्लकार हो यो मुख्य दलहरुलाई । हामीले भेटेका झण्डै १सय भन्दा बढी कांग्रेस समर्थक मतदाताहरुलाई रवि कस्तो हो, के हो ? कुनै मतलव छैन । केवल उनीहरु घण्टीमा भोट हालेर देउवा र देउवाका हली गगन थापाहरुलाई सवक सिकाउन चाहन्छन् ।
प्रचण्ड– देउवा–नेपाल –भट्टराईले राज्य शक्तिको दुरुपयोग गरेर जे गरिरहेका छन्, त्यसले तनहुंका गोविन्द भट्टराई र चितवनका जितनारायणमाथि अत्याचार गरेका छन् । दुनियालाई तमासा देखाएका छन् । देउवाले मुख्य चुनावी भाषण छ – यलाई जिताइदेउ मन्त्री बनाइदिन्छु । मतदाताले उमेद्वार रहेका मनुवालाई मन्त्री बनाउन देउवाको फर्मान मान्छन् भन्ने भ्रममा मुख्य दलहरुको प्रवृत्ति नसिच्चएसम्म आउने निर्वाचनमा यी दलहरुले पूर्ण औचित्य गुमाउने निश्चित छ ।
यसपटकको चुनावमा प्रचण्डको भाषणको केही काम छैन । त्यसमाथि माधव नेपाल र बाबुराम भट्टराई त देशकै लागि चुनावी हिसवले बोझ भएका छन् भन्ने उनीहरुले कहिले बुझ्न हुन् । जसको जमिन र आकाश केही पनि छैन उसले एंग्लोभाषी ‘कोटेशन’ ‘ बृहत कोणसभा’मा भट्टाएबाट उनीहरुको मनोदशा ठिक छैन भन्न अरु कुनै तर्क गर्नु पर्दैन ।
यसपटक चितवनमा ओलीले घण्टीको राग कम गर्न सक्ने थिए । तर उनले अन्तिम समयमा विरामी परेको सदावहार बहानामा काठमाडौंमा देउवा र दाहालसंग झुत्ति खेलेर दिन कटाएका छन् । एमालेले चितवन ‘वाकओभर’ गरेजस्तो छ सदाका लागि । त्यहां गोकुल बास्कोटा जतिसुकै ‘भाइरल’ भएपनि सुरेन्द्र पाण्डे र विचरा गोकर्ण विष्टले पसिना पुछे पनि केही काम छैन। त्यो एक राजनीतिक पार्टीको कार्यकर्ताको कर्मकाण्ड मात्र हो । ओलीले मंसिर ४ को चुनावमा जस्तै रविलाई ‘वाकओभर’ दिएका छन् । जसका कारणले संसदभित्र ‘दाउ’ लगाउने बेलामा रबि पुनः उपयोग हुन् सकुन् ।
एमालेको संगठन र कार्यकर्ताको अवस्थामा यदि ओलीले ५ दिन चितवनमा ‘ओली–दरबार’ लगाएको भए घण्टी पछारिने प्रशस्त संभावना थियो । यो निर्वाचनमा एमालेका मतदाता आधारभूत रुपमा समालिएका छन् । तर कांग्रेका मतदाता त गाउंघरतिर भन्नेगरिएको ‘फांट फुकाएका गाईजस्ता’ छन् । तिनको वास्तविक प्रतिनिधि रवि नै हुन् । रविले जनु चरित्र निर्माण गरेका छन्। आचारण र व्यवहारले जुन संस्कृतिलाई पक्षपोषण गरेका छन्। त्यो रेमिट्यान्स र परजीवी भुईफुट्टा वर्गका लागि ठ्याक्कै मिल्ने खुला चरित्र हो ।
ओलीको शब्दका ‘तीन जना केटाहरु ‘(रवि–४८, राम– ४३, जितनारायण–४५) मध्ये बाहुबलिका रुपमा रवि खडा छन् । उनीभन्दा माथि कोही छैन । शायद त्यही भएर उनले आफै’ भौमान’ घोषित भएका छन् । सामाजिक सञ्जालतिर पनि त्यही प्रियकर भएको छ । रबिको प्रचार अभियानमा महिलाहरुको जुन तांती छ, त्यसले चितवनको सांस्कृतिक प्रहसन गरेको छ । अर्को शब्दमा नेपाली समाजलाई रेमिट्यान्सले भित्राएको पश्चिमाकरणको नांगो प्रदर्शन पनि भएको छ ।
रबिले ‘इच्छाकामनामा आफूले ४ महिनमा धेरै काम गरेको’ बताउंछन् । त्यसप्रति पनि मानिसलाई त्यति धेरै चिन्ता छैन । उनलाई कसैले सोध्छ – ‘राष्ट्रिय परिचय पत्र बनाउंदा भ्रष्ट्राचार भएछ नि ? उनले उत्तर दिन्छन् – ‘एउटा मन्त्रीले दुई दिनमा त्यो गर्न सक्छ’ भन्दै उल्टो प्रतिप्रश्न गरेर उनलाई जसले गृहमन्त्री बनाएको थियो, उसैले लगाएको गरेको प्रष्टै संकेत गर्छन । आम मतदाताको मनोदशा ‘दलका यी ठालुहरुले बर्षौंदेखि गर्न हुने रबिले किन गर्न नहुने’ भन्ने खालको बन्दै गएको छ । अनि यो समाजमा सुशासनका लागि चुनाव हुन्छ कि कुशासनको प्रतिस्पर्धाका लागि ।
नागरिकता र पासपोर्टको विषय त झन चितवनका मतदातालाई रिस उठाउने कुरा भएको छ । किन कि हरेक घरजसोका परिवारका सदस्य कोही न कोही विदेश छन् । उनले उतै ‘ग्रिन कार्ड’ बनाएका छन् । नेपाल आउंदा नेपाली नागरिकतामै घर घडेरी जोड्छन् । यदि रबि जस्ता मानिस भएनन् भने त ‘हाम्रा छोरा बुहारीको पनि नागरिकता खारेज हुने भयो’ भन्ने मनोभय खडा भएको छ । यो काण्ड मुख्य दलहरुका लागि आत्मघाती जस्तो भएको छ ।
रवि व्यवस्था, गणतन्त्र, संघीयता यी कुनै विषयमा बोल्दैनन् । केवल राम्रो गर्ने भन्छन् । गरेर देखाउंछु भन्छन् । मतदाताहरु सेल्फी खिच्छन् । एमाले र कांग्रेसतिरका छिमेकीलाई खुच्चिंग गर्छन् । रविका कारण उनीहरुलाई सजिलो भएको छ – ‘समाजवाद, लोकतन्त्र, माक्र्सवाद, गरिबको राज्य वा समाजिक प्रजातन्त्र’ जस्ता कुनै पनि कुराको बोझ दिमागमा राख्नु नपर्ने भएको छ ।
यतिबेला चितवनमा कसैले ‘हेभी लोडेड’ राजनीतिक कुरा गर्यो भने त्यसलाई पागल करार गरिदिने वातावरण बनेको छ । रविको प्रचारमा मुलधारका कुनै पनि मिडिया छैनन् । उनले मूलधारको मिडियाको रौं बराबर पनि आवश्यकता देखेका छैनन् । एक दर्जनजति युट्युवर भाइबैनीहरु उनको गाडीको अघि र पछि दौडिरहेका छन् । अमेरिकी चुनावमा रसियन ह््याकरले जस्तै गरी केही दर्जन ‘फेकरहरु’ फेसबुक र टिकटकका लागि खटाएका छन् । स्वेच्छिक रुपमा पनि विदेशमा बस्ने देशलाई गाली गर्ने जमात उनको अभियानमा जोडिएको छ । यो वास्तवमै नेपाली राजनीतिक समाजका विरुद्धको ‘खहरे’ नै हो । जहां एमालेजस्तो सुसज्ज्ति पार्टी हार खाएको छ रविको ‘साइवर वारमा’ । आधारभूत रुपमा एमालेले पनि पछिल्लो समय मूलधारको मिडियाभन्दा बढी केही दर्जन अनलाइन र सामाजिक सञ्जाललाई आफ्नो अस्त्र बनाउने दिशमा मोडिएको छ । त्यसका लागि एमाले हेडक्वाटरमा गज्जबको संयन्त्र पनि छ । तर चितवनमा रविका अघि एमाले फिक्का छ । विहीबार निर्वाचन प्रचारको अन्तिम दिनमा गठबन्धनका शिर्षस्थको लर्को कालिकामा लागिरहेका बेला रविको जिप्रका अघि मेला लागेको छ । तर एमाले निरिह छ । एमालेले यसपटक चितवनमा आफ्ना ‘बा’लाई देख्न पाएन । जसोतसो गोकुल वास्कोटाले परम्परा धान्दिएका छन् । माओवादीको पनि कोही नेता छैन, केवल रेणु दाहालले अलिकति आफ्नो बजार विस्तार गरेकी छन् ।
तनहुँमा त स्वर्णिम वाग्लेको घण्टीमा प्रवेश र कांग्रेस उमेद्वार जिताउने जिम्मा लिएर गगन थापा त्यहीं खटिनु नै वाग्लेको विजय निश्चित थियो । वाग्ले गगनहरुको योजनामा घण्टीमा प्रवशे गरेका हुन् । वाग्लेको रोडम्याप सिधा छ । उनी घण्टीको संसदीय दलको नेता बन्नेछन् । त्यसपछि अर्को रोचक राजनीतिक ‘अविच्युरी’ शुरु हुनेछ । त्यो बेला अहिलेको ‘नायक रवि’ विचरा बन्छन् कि गगनहरुले उनको पनि उद्धार गर्छन भन्न कठिन छ । त्यही खालमा ओलीले ‘ढक बडाबड’ गर्नेछन् र त्यसमा आफू बढी मालदार बन्ने ओलीको बुझाई छ । त्यही गुत्थीका कारण नै चितवनमा एमाले टुहुरो देखिएको छ । तनहूंमा त ओलीले कहिल्यै पनि आश नगरेका मात्र होइन विलकुलै नपत्यका प्रहरी अधिकृतले गरेको फूर्तिफार्ती टिकटकमा देखेर स्वयं ओली दम्पत्ति हरेक सांझ खित्का छाडेर हांस्दा हुन् ।
यी केही रोचक दृश्यका आधारमा के भन्न सकिन्छ भने चितवन र तनहूंमा घण्टीलाई रोक्न संभव छैन । रविमाथि थपिएका वाग्लेको निर्देशनमा हुने ‘लघु चलचित्र’को प्रदर्शनका लागि अहिले नै नयां बानेश्वरको टिकट काटेर आरामले घरमा बस्नु उपयुक्त हुनेछ । प्रहसन यस वर्षको वर्खायाममा खुबै मजाले चल्ने निश्चित छ। यसको ‘ट्रेलर’ स्वरुप गगन थापाले प्रचण्डको प्रधानमन्त्री पद आसेज सम्मका लागि तोकिदिएका छन् । त्यस उपरान्त गगन थापा आफू प्रधानमन्त्री हुन चाहन्छन् ।
त्यो कसरी ?
कसरी भने रास्वपा अब २१ सिटे पार्टी हुनेछ । सहज भए त्यसको संसदीय दलको नेता स्वर्णिम वाग्ले हुनेछन् । कथं उनी दलको नेता नभए पनि केही फरक पर्दैन । घण्टीको संदसीय दलमा पहिले नै गगनका प्रशस्त कार्यकर्ता छंदैछन्। तिनको नेता अब रवि नभएर वाग्ले हुनेछन् । संसदको वर्षे अधिवेशनको अन्तसंगै राजनीतिक दलसम्वन्धी ऐनलाई विस्थपित गर्नेगरी ‘दल विभाजनको मान्यता पाउन ४० प्रतिशत केन्द्रीय समितिमा र ४० प्रतिशत संसदीय दलको संख्या हुने पर्ने’ प्राव्धानको ठाउंमा ‘४० प्रतिशत पार्टी केन्द्रीय समिति ‘वा’ संसदीय दलमा संख्या भएमा नयाँदलको मान्यतापाउने’ व्यवसथा गरिनेछ। अध्यादेशमा केवल ‘र’ को सट्टा ‘वा’ मात्र थपिनेछ । माधव नेपालका जस्तो २० प्रतिशतमा झर्नु पनि पर्ने छैन । ‘र’ को ठाउँमा वा राख्ने विषयमा केपी ओली पहिलेदेखि सहमत मात्र होइन यो नीतिका उनी चाणक्य हुन् गत तीन वर्षदेखि । अहिले उनी असहमत हुनु पर्ने कुनै कारण छैन । किनकि राजनीतिक ‘डाक बजारमा ‘उनको भाउ अलिक चर्कै भएको उनले पटक पटक भन्दै जो आएका छन् । अध्यादेश ल्याउने कुरामा प्रचण्ड सहमत हुने कारण ‘डाक बजार’को बडाबडभन्दा पनि घण्टीको फण्डा विर्सजन गर्ने कुरामा उनले असहमत हुनु पर्ने कारण बन्ने छैन ।
जसै यो व्यवस्था गरिन्छ, तव संभव भए रविसहित नभए रविविनाको वाग्ले समूहले २१ मध्ये कम्तीमा १२ देखि १५ सांसदसहित नयाँ दल बनाउने छन् । वाग्लेले ‘वातावरण बने संगै काम गरौंला’ भन्ने जुन बचन गगन–शेखर मूहलाई खुलारुपमा नै बताए जस्तैगरी कांग्रेसमा सहवरण गर्नेछ । त्यो हुने वित्तिकै कांग्रेस संसदीय दलमा गगन समूहले दल नेता विरुद्ध अविश्वासको प्रस्ताव मार्फत देउवालाई अल्पमतमा पारेर गगन नेता बन्ने छन् । यसो हुने वित्तिकै गगनलाई प्रधानमन्त्री हुनबाट कसैले पनि रोक्न सक्ने छैन । त्यो बेला पार्टी फुटाइदिएको भएपनि रविको पार्टी जत्रो साइजमा बच्ला उसले पनि वाग्लेलाई सरकारमा जानबाट रोक्ने शर्तमा गगनलाई समर्थन गर्नेछन् । वाग्लेको काम फत्तै भइससकेको हुनेछ ।
गगनले त्यो गर्ने बेलासम्म देउवा के रमिता हेरेर बस्लान त ? यसरी प्रश्न गर्न त सकिन्छ । तर देउवाले केवल तमासा हेर्नु बाहेक उनले चाहेर पनि केही गर्न सक्ने छैनन् । यो उपक्रम केवल गगनको महत्वाकांक्षामा भन्दा बढी विदेशी शक्तिको भूराजनीति सामरिक स्वार्थका लागि गरिएको हुनेछ । त्यो अभियानमा देउवा वाधक बन्न असंभव छ । उनका लागि अर्को महाधिवेशनसम्म सभापतिको आशन सुरक्षित गरिदिए पुगिहाल्छ ।
यो टिप्पणी केवल विश्लेषण मात्र होइन । शतप्रतिशत विश्वस्त हुनसक्ने सूचनामाथिको चित्रण हो । यो उपक्रमको सानो वाधा केवल रविले गर्ने हरकतसँगै ओलीको ‘डाक बढाबढ’ले थोरै फरक पर्ने वा केही समय लम्विने मात्र हो । अथवा प्रचण्डले नै त्यो अभियानको पनि चतुर खेलाडी बन्न सक्ने संभावना भने पुरै नकार्न सकिंदैन ।
फेरि ‘तनहुँ ट्रायल’ सफल भइसकेपछि भूराजनीतिक खुफिया दूतहरुले कमसे कम ‘गगन ट्रायलमा’ आँखा चिम्लेर लाग्न कुनै रोकावटको बहाना समेत बांकी हुने छैन ।
अर्को रमाईलो छ बारामा । उपेन्द्र यादव आफैमा सवैभन्दा नरुचाइएका राजनीतिककर्मी हुन् । सप्तरीमा सिके राउतको मुक्काले नपुगेर उनी अनेक तिकडमपछि बारामा फेरि सिके राउतको चैते कुशवाहको थप्पड खान आइपुगेका छन् । कथं उपेन्द्र यादव बाराबाट नयां बानेश्वर आइहाले भने पनि उनी त्यति प्रभावकारी पात्र हुने छै्नन् । यो रिपोर्ट तयार गर्ने बेलासम्म उपेन्द्र यादवले ‘हर्न’लाई पच्छ्याइरहेका छन् । तर मधेशमा निर्णायक चुनाव मौन अवधि शुरु भएपछि मात्र देखिने हुनाले उनी हर्नलाई छाता ओढाउने तहमा उक्लन पनि सक्छन् । त्यहां विचरा राजनीतिक पार्टी खोलेर रमाइलो गरेका आफूलाई मात्र ‘अव्वल’ ठान्ने प्रहरी अधिकृतले आफ्नो ‘व्रान्डिंगसम्म’ गर्न मुश्किल भइरहेको देखिंदैछ । यसपटक वारामा एमालेका पुरुषोत्तम पौडेल पनि निरिह नै बनेका छन् । कारण माथि नै भनिसकियो। बालकोटको बार्दलीबाट बाले बैशाखको तेस्रो हप्ता हुने राजनीतिक ‘डाक बढाबढ’मा उपेन्द्रमाथि पनि ‘बा ‘हावी हुन चाहन्छन् । यसै पनि बारामा चितवनमा जस्तो ‘बा ‘को सक्रियताले चुनाव जित्न सकिने अवस्था थिएन ।
उपनिर्वाचन विशेष : रवि प्रतिरक्षात्मक, एमाले उत्साही, कांग्रेस अलमलमा (भिडियो वार्ता सहित)
खरिद ऐन मिचेर लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि र ठेक्का दुवै खारेज
प्रतिक्रिया दिनुहोस्