ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के ट्वीटरको समय सकिएकै हो ?


एबीसी न्यूज
१० बैशाख २०८०, आइतबार   ९ : १६   बजे

काठमाडौं । एलन मस्कले पहिलोपटक सार्वजनिक रुपमा ट्वीटर किन्ने इच्छा जाहेर गरेको पनि झण्डै एक वर्ष भएको छ ।

त्यो दिन मेरो यो जागिरको पहिलो दिन थियो । त्यसयता के ट्वीटर असफल हुन थालेको हो रु भनेर मलाई धेरैपटक सोधियो र मैले त्यस्तो होइन भनेर सधैं भन्ने गरेको छु । तर अहिले भने म धेरै कारणले गर्दा ढुुक्क छैन ।

एउटा नयाँ ट्वीटर

पूर्णतर्या नयाँ ट्वीटरको सुरुवातको यो समयमा हामीले के देखिरहेका छौं रु अहिले ट्वीटर अकाउन्टमा तपाईंले जुन निलो टिक देख्नुहुन्छ, त्यो भनेको कुनै अकाउन्टहरु वास्तविक छन् भनेर ट्वीटरले प्रमाणित गरेका अकाउन्ट होइनन् । ती अकाउन्टहरुले मासिक रुपमा शुल्क तिरेर त्यो चिह्न पाएका हुन् ।

हुनत भेरिफिकेसन ब्याज पाउनका लागि रकम भुक्तान गर्ने बेलामा समेत प्रमाणीकरणको प्रक्रिया नहुने होइन, तथापि धेरै नक्कली अकाउन्टहरुले समेत पैसा तिरेर निलो टिको प्राप्त गरेका धेरै उदाहरण छन् ।

यो महिनाको सुरुवाततिर व्यक्तिगत वित्तीय विज्ञ मार्टिन लिविसले आफ्नो नाउँमा खोलिएको एउटा भेरिफाइड अकाउन्ट देखे जसले हजारौं फलोअर्समा क्रिप्टोकरेन्सीको ठगीलाई प्रवद्र्धन गरिरहेको थियो । आफ्नै नामको भेरिफाइड अकाउन्ट उनले खोलेका हैनन्, अरु कसैले चलाएको नक्कली अकाउन्ट हो ।

अहिले धेरैको रोजाइमा पर्ने भन्दा पनि पैसा तिर्नेहरु ट्वीटर प्लाटफर्ममा धेरै देखिन पाउँछन् । यसबाट भविष्यमा ट्वीटरमा कस्तो भिड हुनेछ भन्ने अनुमान गर्न सकिन्छ ।

ट्वीटरले कुनै तथ्यांक सार्वजनिक नगरेको भए पनि एकजना शोधकर्ता विश्लेषकका अनुसार ट्वीटरका कुल ३० करोड प्रयोगकर्तामध्ये सशुल्क सब्सक्रिप्सनवाला प्रयोगकर्ताको संख्या निकै कम छ ।

रहेन समतामूलक प्लाटफर्म

पूरानो संरचनामा महत्वपूर्ण रहेको कुरा अनुसार नै निर्णय गर्नु उपयुक्त हुन्छ भनेर आफूले विश्वास नगर्ने मस्क बताउँछन् । सायद उनको यो तर्क बलियो पनि हुनसक्छ । तर एलन मस्ककै जानकारीमा कतिपयलाई निशुल्क रुपमा ब्लु टिक प्रदान गरिएको छ । अनुसन्धान प्लाटफर्म बिलिङक्याटले पनि निशुल्क रुपमा आफ्नो ट्वीटर अकाउन्टमा ब्लू ब्याज पाएको छ ।

साथै स्टेफेन किङ्ग, ली ब्रोन जेम्स तथा विलियम स्याटनर जस्ता ट्वीटर ब्लू सब्सक्रिप्सनका आलोचक व्यक्तिहरुको ट्वीटरको सब्सक्रिप्सन शुल्क आफैंले तिरिदिएको मस्कले दाबी गरेका छन् ।

ट्वीटरका अनुसार मासिक विज्ञापनमा १ हजार डलर पनि खर्च नगरेका वा ब्लू सब्सक्रिप्सन खरीद नगर्ने कम्पनीहरुले अब ट्वीटरमा विज्ञापन गर्न सक्नेछैनन् । यो भनेको साना व्यवसायका लागि गरिएको एउटा परिवर्तनको उदाहरण हो ।

यसले ट्वीटरको समग्र डिजिटल विज्ञापन आम्दानीमा असर पार्ने देखिन्छ ।

यी सबै तथ्यले के देखाउँछ भने वाक स्वतन्त्रताका कथित मसिहा भनिने एलन मस्कको नेतृत्वमा ट्वीटर अन्ततः सबैले समान हैसियत प्राप्त गर्नसक्ने प्लाटफर्मको रुपमा रहन सकेन ।

निलो टिको गायब

मानिसहरु सामान्यतया कुनै पनि समुदाय छाड्न चाहँदैनन् र ट्वीटर तुलनात्मक रुपमा सानै र अव्यवस्थित रहे पनि प्रभावशाली मानिँदै आएको छ ।

तर यसको सञ्चालन भने खराब तरिकाले हुँदै आयो । यसको वित्तीय अवस्था खराब रहेको मात्र होइन अन्य सोसल मिडिया प्लाटफर्महरुजस्तै यसले पनि भ्रामक सूचना तथा दुर्व्यवहारहरुलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको थियो । एलन मस्क प्रसस्तै धन तथा फलोअर्स भएका निकै चतूर उद्यमी हुन् । मलाई थाहा छ कि उनी विवादित हुन सक्दछन्, तर पनि उनले दिशा परिवर्तन गर्न सक्दछन् भन्ने लाग्छ ।

ट्वीटरमा भएको पछिल्लो सब्सक्रिप्सन नियमसँगै क्यानेडाली प्रशारण संस्थान र एनपीआर लगायतले ट्वीट गर्न छाडेका छन् । मस्कले ट्वीटर खरीद गरेयता गायक एल्टन जोन, कमेडियन स्टेफेन फ्राइ तथा मोडल गिगी हादिद लगायतका सेलिब्रेटीहरुले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरिसकेका छन् ।

बीबीसीले पनि आफ्नो ट्वीटर अकाउन्टको भेरिफिकेसनको लागि शुल्क नतिर्ने बताइसकेको छ । जसका कारण उनले समाचार संस्थाको रुपमा आफ्नो ट्वीटर अकाउन्टमा पाएको सुनौलो चिन्ह पनि गुमाइसकेको छ । बीबीसी न्यूजको ट्वीटर अकाउन्टले आधिकारिकताको वैकल्पिक उपायका रुपमा निश्चित पत्रकारहरुलाई फलो गर्न थालेको छ ।

धेरै मानिसहरु आफ्नो ट्वीटर अकाउन्टको ब्लू टिक हराएकोमा अचम्मित छन् । कतिपयले सामाजिक सञ्जालमा ट्वीटरको निलो टिको गुमाएको दिवस मनाइरहेका छन् भने कतिपयले निलो चिह्न विहीन पारिएकोमा हँसिमजाक गरिरहेका छन् ।

यद्यपि धेरै मानिसले आफ्नो ट्वीटरबाट निलो चिह्न गायब भएकोमा दुखी छैनन् । बीबीसीले आफ्नो ट्वीटरको भेरिफिकेसन चिन्ह गायब भएको विषयमा लेखेको थियो, ‘मैले मलाई जे भन्छु, म त्यहीँ हुँ ।’ तथापि पछिल्ला कदमहरुले ट्वीटरलाई कार्य तथा सामाजिक साधन दुबैको रुपमा कुन दिशातर्फ लैजाँदैछ भन्ने कुरा भने सोँचनीय बनेको छ ।

ठ्याक्कै यहीँ समयमा ट्वीटरका संस्थापक ज्याक डोर्सीले ब्लू स्काई नामक आफ्नो नयाँ सोसल नेटवर्क विस्तारै अगाडि बढाउँदैछन्, जुन धेरै हदसम्म ट्वीटर जस्तै डिजाइनको छ ।

अहिलेका लागि ब्लू स्काई निकै सानो छ र कसैले इन्भाइट गरेर मात्रै यसको सदस्य बन्न सकिन्छ । तर पनि यसले सुरुमै ठूलो उत्साह सिर्जना गरेको छ । यो समयमा कुनै नयाँ ‘सानो तर प्रभावशाली’ स्पेस खुल्न सक्दछ, र त्यो मौका ब्लू स्काइले पाउन सक्छ । ट्वीटर बिक्री गरेयता ज्याक डोर्सीले व्यवसाय कसरी हाँक्ने भन्ने एक—दुई कुरा सिकेकै होलान् भन्ने आशा गरौं ।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group