ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महान्यायाधिवक्ताको निर्णयमाथि अदालतले परीक्षण गर्न नमिल्ने रविको सर्वोच्चलाई जबाफ


ABC NEWS
१८ बैशाख २०८०, सोमबार   २ : ३५   बजे

 

काठमाडौं १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध झुटा कागजात पेश गरेर राहदानी लिएको विषयमा अदालतमा मुद्दा नलाग्ने बताएका छन् । महान्यायाधिवक्ताले संविधानले दिएको अधिकार प्रयोग गरेर मुद्दा नचल्ने निर्णय गरिसकेको भन्दै उनले त्यसविरुद्ध न्यायिक परीक्षण हुन नसक्ने बताएका हुन् ।

झुटा विवरण पेश गरेर रविले राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल सफल ले महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै न्ययाधीश हरि फुयालको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । उक्त आदेशमा रवि लामिछानेले आफ्ना वारेस अधिवक्ता मोहम्मद अफताव आलममार्फत लिखित जवाफ पेश गरेका हुन् ।

 

लामिछानेले संविधानको धारा १५८ (२० ले महान्यायाधिवक्तालाई नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार दिएको भन्दै महान्ययााधिवक्ताको यो निर्णय अन्तिम हुने दाबी गरेका छन् ।

‘महान्यायाधिवक्ताले सदासयपूर्वक आफ्नो विवेक प्रयोग गरी गरेका निर्णय उपर कसैको अधिकार हुँदैन, त्यस सम्बन्धमा निजलाई संविधानले नै व्यवसायिक उन्मुक्ति प्रदान गरेको हुन्छ भनी नेकाप २०५८ नि नं ७००१ मा श्री सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादन गरेको छ’ लामिछानेले सर्वोच्च अदालतको नजिर उधृत गर्दै भनेका छन् ।

 

त्यस्तै महान्ययाधिवक्ताले संविधान बमोजिम पाएको अधिकारविरुद्ध सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र आकर्षित नहुने पनि लामिछानेले लिखित जवाफमा उल्लेख गरेका छन् ।

‘संविधानका हरेक प्रावधान स्वतन्त्र हुन्छन् र एकले अर्कोलाई नियन्त्रण गर्दैनन् । सम्मानित सर्वोच्च अदालतले धारा १३३ मार्फत प्रदत्त आफ्नो असाधारण अधिकारको प्रयोग गरिरहँदा सोही संविधानको धारा १५८ ले प्रदान गरेको अर्को संवैधानिक निकायको अधिकारलाई निस्तेज तुल्याउन मिल्दैन’, लिखित जवाफमा भनिएको छ ।

नेपालको संविधानले मुद्दा अभियोजन (मुद्दा अदालतसम्म पुर्‍याउने) को निर्णय सरकारी वकिललाई दिएको र अदालतको काम न्याय निरुपण मात्र भएको उल्लेख गर्दै रविले मुद्दा अभियोजनको काममा न्यायिक निकायले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

सरकारवादी हुने फौजदारी मुद्दा अभियोजन गर्ने वा नगर्ने निर्णय गर्ने जिम्मा संविधानतः महान्यायाधिवक्ता र उनले धारा १५८ (७) बमोजिम प्रत्यायोजित अधिकार प्रयोग गर्ने मातहतका सरकारी वकिलमा रहने लामिछानेले बताएका छन् ।

सरकारी वकिलबाट भएको अभियोजनको निर्णय ठीक वा बेठीक के हो भनी परीक्षण गर्ने भूमिका नेपालले अबलम्बन गरेको अभियोजनात्मक प्रणालीमा महान्यायाधिवक्तामा रहने भन्दै लामिछानेले भनेका छन्, ‘महान्यायाधिवक्ताको यो अधिकार वा दायित्व असाधारण अधिकार क्षेत्र प्रयोग गरी अदालतबाट निरुपण हुन अभियोजनात्मक प्रणाली अन्वेषणात्मक प्रढणालीमा रुपान्तरण गर्नु हो जुन फौजदारी न्यायको सिद्धान्तमा नेपालले अवलम्बन गरेको पद्धति र स्थापित न्यायिक परीक्षण को अधिनस्थ राख्ने पद्धतिको विकास हुन्छ ।

अभियोग दाबी सफल हुनु र अभियोजन निर्णय न्यायिक परीक्षण हुनु फरक फरक विषय भन्दै लामिछानेले अभियोजनको निर्णय न्यायिक परीक्षण गर्ने पद्धति विकास गर्ने हो भने अभियोजनकर्ता सरकारी वकिल र महान्यायाधिवक्ताले कहिल्यै आफ्नो निर्णयप्रति विश्वस्त र निश्चिन्त हुन नसक्ने बताएका छन् ।

‘न्यायिक परीक्षणपछि मात्र अभियोजन निर्णयले पूर्णता वा परिपक्वता हासिल गर्ने संत्रासमा सरकारी वकिल रहनुपर्ने अवस्था सिर्जना हुनाले संस्थागत र कार्यगत स्वायत्तता समाप्त हुन पुग्छ र मुद्दा चल्ने नचल्ने निर्णय उपर अदालतमा पुनरावेदन लाग्ने हो कि भन्ने अभ्यास सुरुवात हुन जान्छ’ लामिछानेले भनेका छन् ।

रवि लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर सन् २०१५ मा राहदानी लिएका थिए । उनले नेपाली नागरिकता सक्रिय नभएकै अवस्थामा राहदानी लिएको भने स्वीकार गरेका छन् ।

‘‘छानबिन हुँदा म लिखितजवाफवालाले विदेशी नागरिक रहेको समयमा उल्लिखित नेपाली राहदानी लिएको भएता पनि सो को प्रयोग गरी विदेश यात्रा नगरेको, राहदानी सम्बन्धी कसूर अपराध गर्ने मनसाय र उद्देश्य लिई कुनै कार्य नगरेको र प्रयोग समेत नगरेको तथा सम्मानित अदालतको आदेशबाट मेरो साविकको नागरिकता काएम् भएपछि राहदानी स्वतः कायम नहुने भएकाले मैले मिति २०७९–१०–१५ मा राहदानी विभागमा उक्त राहदानी फिर्ता गरेको ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group