ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भूटानी शरणार्थी बनाएर असुलीमा बादल–पत्नी र अख्तियार प्रमुखको पनि नाम पोले अभियुक्तहले


ABC NEWS
२० बैशाख २०८०, बुधबार   ७ : ४१   बजे

 

 

बैशाख २० , काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी आरोपमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। नेपाल सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका हुन्।मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए। इन्द्रजितलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न र अनुसन्धान गर्न अदालतले बुधबार नै अनुमति दिएको छ। पाण्डेको बयान बिहीबारदेखि सुरु हुने भएको छ। उनलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।

इन्द्रजित राई काठमाडौं परिसरको हिरासतमा छन्। यसअघि पक्राउ परेका ५ जना भने काठमाडौं परिसर, कालिमाटी वृत्त र जनसेवा वृत्तको हिरासतमा छन्।

पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयान बुधबारदेखि सुरु भएको छ। राईले सुरुवाती बयानमा कसुर इन्कार गरेका छन्। बुधबार सरकारी वकिल कार्यालयमा वकिल र प्रहरी समक्ष बयान दिँदै उनले आफूलाई फसाउनका लागि नाम जोडिएको बताएका छन्।

अनुसन्धानमा संलग्न अधिकारीले नेपालखबरसँग भने, ‘उहाँले आफ्नो संलग्नता इन्कार गरेर बयान दिनु भएको छ। यसबारेमा आफूलाई केही पनि जानकारी नभएको र आफूलाई फसाउनका लागि यसअघि पक्राउ परेकाले नाम लिएको बताउनु भएको छ।’

यसअघि पक्राउ परेका सानु भण्डारीले राईले आफूलाई समेत फसाएको बताएका थिए। उनले बयानका क्रममा इन्द्रजितले आफूलाई समेत नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेको र उनले भनेअनुसार अरु पीडितबाट रकम उठाएर इन्द्रजितलाई बुझाएको बयान दिएका छन्।

भण्डारीको डायरीमा समेत इन्द्रजितलाई विभिन्न मितिमा रकम बुझाएको हिसाब छ। उनले पटकपटक गरेर ५ करोड ५० लाख रुपैयाँ बुझाइसकेको उल्लेख छ। प्रहरीले भण्डारी र केशव दुलालको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरेको हो।

उनीहरु दुवै आफूहरु शरणार्थी बनेर अमेरिका जान लागेको र पीडित भएको बताएका छन्। तर उजुरीमा भने उनीहरुले नै रकम लिएको उल्लेख छ। उनीहरुले भने पीडितबाट त्यसरी लिएको रकम तत्कालीन गृह मन्त्रालयकै सुरक्षा सल्लाहकार इन्द्रजित र गृहसचिव टेकनारायण पाण्डेलाई बुझाएको बताएका छन्।

पक्राउ परेका ५ जनाले भने पूर्वगृहसचिव समेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी नैनाकला थापाको समेत नाम लिएका छन्। बयानमा उनीहरुको नाम पोलिएको भए पनि प्रहरीले अहिलेसम्म उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी गराइसकेको छैन।

अनुसन्धान अधिकृतले भने, ‘बयानमा उहाँहरुको नाम पोलिएको छ। तर थप पुष्टि हुने आधार हेर्दैछौं। जजसको पुष्टि हुने आधार देखिएको छ उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थप पुष्टि भए अन्यविरुद्ध पनि पक्राउ पुर्जी लिन्छौं र कारबाहीको दायरामा ल्याउँछौं।’

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध भने पक्राउ पुर्जी जारी भइसकेको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। पूर्वगृहसचिव पाण्डे भने आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

गृहसचिव पाण्डे र इन्द्रजित राईले भुटानी शरणार्थी बनाएर पठाउन सम्पूर्ण प्रक्रिया मिलाएको र अन्यले भने शरणार्थी बनेर अमेरिका जाने मान्छे खोजेको खुलेको छ। नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका पठाउने प्रक्रिया चलिरहँदा त्यसमै नेपालीलाई पनि मिसाएर पठाउन उनीहरुले चलखेल गरेको आशंका गरिएको छ। तर लाखौं रुपैयाँ बुझाएपछि पनि अमेरिका जान नपाएपछि पीडितहरु प्रहरी कार्यालयमा उजुरी दिन पुगेका थिए।

उच्च तहका कर्मचारी र नेता जोडिएपछि प्रहरीले लामो समयदेखि यो मुद्दा अगाडि बढाएको थिएन। तर डेढ महिनाअघि सुरुमा तीन जनालाई पक्राउ गरेको थियो। सुरुमा केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए। पछि सागर राईलाई प्रहरीले पक्राउ गर्यो। उनीहरुको बयानका आधारमा थप विवरण खुलेपछि सन्देश शर्मा पक्राउ परेका थिए।

उनीहरु ५ जनाको बयानका आधारमा उच्च तहका कर्मचारी र नेताहरु तानिन थालेका हुन्। यस्तै नेताका छोरा समेत यसमा जोडिएका छन्।

पूर्वमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने भएको छ।

इन्द्रजित राईका छोरा निरज र बादलका छोरा प्रतीकलाई पक्राउ गर्न पनि प्रहरीले अनुमति पाइसकेको छ। अन्य केही उच्च तहकै व्यक्ति पनि यो मुद्दामा थपिन सक्ने अनुसन्धान अधिकारी बताउँछन्। प्रहरीले सुरुमा यो मुद्दामा ठगीको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो।

तर पछि संलग्न व्यक्तिहरुको संख्या बढ्दै गएपछि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अगाडि बढाएको हो।

६० दिनभित्रमा मुद्दा अदालतमा बुझाउनु पर्ने भएकाले अब १५ दिन भित्रमा प्रहरीले अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने छ। सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group