ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा शक्तिशाली चक्रवातको चेतावनी – नेपालमा के हुन्छ ?


ABC NEWS
२६ बैशाख २०८०, मंगलबार   १० : ३३   बजे

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ।

सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ। चक्रवात यही मे १२ ९वैशाख २९० मा बंगलादेश र म्यानमारको तटतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ।

भारतीय मौसम विभागले पश्चिम बंगाल, ओडिसा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ।

विभागले साना समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको छ। साथै मे १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न र नजिकबाट निगरानी राख्न भनिएको छ।

सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विज्ञप्ति जारी गर्दै चक्रवातबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएकी छन्।अप्ठ्यारो परेमा तटीय क्षेत्रका जनतालाई उद्धार गरिने उनले उल्लेख गरेकी छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अहिलेसम्म त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना नदेखिएको बताएका छन्।

मौसमविद् राजु प्रधानांगले मंगलबार बिहान भने, ‘अहिलेसम्म हेर्दा त्यो चक्रवातको प्रभाव नेपालमा पर्ने देखिँदैन, त्यो बंगालको दक्षिण–पूर्वी भागमा बनेको छ र त्यसले उत्तर–पूर्वी म्यान्मारतिर असर गर्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu