ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमले ऋण लिएर आन्तरिक उडानका लागि दुई ठूला जहाज किन्ने


ABC NEWS
२८ बैशाख २०८०, बिहिबार   ३ : २५   बजे

काठमाडौं २८ बैशाख । नेपाल वायु सेवा निगमले ठूला शहरमा आन्तरिक उडानका लागि मध्यम खालका जहाज खरिद गर्ने भएको छ।

अन्तराष्ट्रिय र दुर्गम रुपमा मात्रै उडान गरिरहेको निगमले ट्रक रुटमा उडान गर्न ६०–७० सिटे २ वटा जहाज खरिद गर्ने तयारी गरेको हो।

केही समय अघि निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानकोलागि स्टोल ९सर्ट टेक अफ एन्ड लेन्ड० जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ।

३ वटा जहाज खरिदकोलागि उपसमिति बनाएर टेन्डर प्रक्रियाको कागजपत्र मिलाउँदै छ।

नेपालमा ठूला शहरमा निजी क्षेत्रको एकछत्र रहेकोमा सरकारी संस्थाले जहाज खरिदगरी स्वच्छ प्रतिस्पर्धा बढाउने निगमको दाबी छ।

नेपाल एयरलाइन्सका २ वटा ट्वीनअट्टर जहाज मात्रै रहेका छन्। पाहाडी र हिमाली जिल्लामा मात्रै उडान भर्दै आएका छन्।

ट्रक रुटमा चल्ने चिनियाँ जहाज चलाउन नसकेको निगमले एटीआर ७२ जहाज खरिद गर्ने योजना बनाएको छ। नेपालमा सबैभन्दा बढी एटीआर ७२ जहाजले उडान भर्दै आएका छन्।

बुद्ध एयर र यति एयरलाइन्सले एटीआरका जहाजबाट ट्रक रुपमा उडान गर्दै आएका छन्।

काठमाडौंबाट पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगरमा सबैभन्दा बढी यात्रुको आउजाउ हुन्छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले नेपालको प्रादेशिक ९अन्तर प्रदेश० हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुई जहाज खरिद कार्ययोजना अघि बढाएको जानकारी दिए।

‘जहाज खरिद अघि बढाउन निगम व्यवस्थापनको उप समितिले प्रतिवेदन पेश गरिसकेको छ ,’ पौडेलले भने,‘यथाशक्य छिटो त्यस्ता जहाज खरीद गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा वैशाख २६ गतेको संचालक समितिको बैठकले उपसमिति गठन गरेको छ।’

बैठकले निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।

उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन बुझाउने गरी कामसमेत सुरु गरिसकेको छ।

‘शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवम् व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,’ पौडेलले भने,‘ निगमले दुई जहाज खरिद गरेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत शहरी क्षेत्रबाट प्रादेशिक उडानबाट अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सक्ने छ।’

जहाजहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रुपले खरिद गरिने बताएको छ।

मन्त्रालयका एक अधिकारीकाअनुसार नेपाल वायुसेवा निगमले एटीआर ७२ का जहाज खरिद गर्ने तयारी गरेको हो। ग्लोबल टेन्डरबाट सम्भव नभएकाले सरकारले कम्पनीसँग सिधै खरिद गर्न खोजेको छ।

‘जुन पायो त्यही जहाज ल्याएर हुँदैन। नेपालमा सबैभन्दा बढी एटीआर चल्दै आएका छन्,’ मन्त्रालयका ती अधिकारीले भने,‘अरु जहाज ल्याउँदा यहाँ थप पूर्वधार बनाउनु पर्छ। एटीआरका लागि पाइलटदेखि विज्ञ प्राविधिक अहिले नै छन्।’

जहाज खरिदपश्चात् अन्तरदेशीय पर्यटन प्रर्वद्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर घट्ने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group