ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड जान लाग्दैछन् भारत तर चर्चा चीनको


ABC NEWS
१३ जेष्ठ २०८०, शनिबार   ८ : ०४   बजे

काठमाडौं १३ जेठ । भारत र चीनसँग सिमाना जोडिएको नेपालका प्रधानमन्त्रीलाई नयाँ दिल्ली र बेइजिङले भ्रमणमा निम्त्याउनु खासै नौलो होइन।

तर आफ्नो तेस्रो कार्यकाल सुरु गर्दा नै पहिलो विदेश भ्रमण भारतबाट गर्ने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले सत्ता सम्हालेपछि पहिलो भ्रमणको निम्तो चीनबाट आएको यसै साता माथिल्लो सदन राष्ट्रिय सभामा बताए।

उनी त्यत्तिमै रोकिएनन्। नेपालका लागि चिनियाँ राजदूतले आफूसँग त्यस बेलाका नेपालका आन्तरिक घटनाक्रमहरू देखाउँदै एउटा सम्मेलनका लागि गरिएको उक्त भ्रमणमा आफ्नो सहभागिता हुन नसक्ने ठानेर अर्को उपयुक्त मितिमा भ्रमण गर्नुपर्ने सुझाव दिएपछि आफूले धन्यवाद दिएको प्रचण्डले सुनाए।

कूटनीतिक मामिलामा दक्खल राख्ने कतिपय विज्ञहरूले प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्तिले नोक्सानी पुर्‍याउनसक्ने धारणा राखेका छन्।

माओवादीका एक जना नेताले ‘खुलस्त कुरा गर्ने स्वभाव’ अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएका छन्।

नयाँ दिल्लीस्थित एक जना विज्ञले नेपाली नेताहरू भारतसँगको सम्बन्धमा चिनियाँ कार्ड प्रयोग गर्ने अभिलाषाबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री दाहालले जेठ १७(२० गतेसम्म भारतको भ्रमण गर्ने दुवै देशका अधिकारीहरूले शनिवार घोषणा गरेका छन्।

प्रचण्डले के भनेका थिए ?
शपथग्रहणलगत्तै प्रचण्डले आफू यो कार्यकालको पहिलो विदेश भ्रमणमा भारत जाने बताएका थिए तस्बिर।

पाँच महिनाअघि प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरे लगत्तै भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए।

तर आगामी साता हुने भनिएको भ्रमणको मिति घोषणा हुनुअघि नै उनले राष्ट्रिय सभामा बोल्दै चीनले गएको मार्च अन्त्यमा सम्पन्न भएको बोआओ फोरममा आफूलाई निम्तो दिएको बताएका थिए।

कतिपय सांसदहरूले नेपाली प्रधानमन्त्रीलाई सबैभन्दा पहिले भारतको भ्रमणमा जानुपर्ने बाध्यता किन पर्ने गर्छ भनेर प्रश्न गरेका थिए।

प्रचण्डले भनेका थिए, “उत्तरले बोआओ फोरमको निम्तो दिएको पक्कै हो। त्यहाँ हामी नजाने भनेर नेपाल सरकारले निर्णय गरेको होइन।”

उनले चिनियाँ राजदूतले नेपालको ‘राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, ९नेपालमा० गठबन्धन भत्कने र बन्ने प्रक्रिया देखेपछि’ शायद आफ्नो अप्ठेरो बुझेर उक्त सम्मेलनमा आफ्नो सहभागिता हुने कुरा सम्भव नदेखेको कुरा सुनाएको बताएका थिए।

“तपाई बोआओ फोरममा जान हामीले सम्भव देखिरहेका छैनौँ, अलिपछि गरौँ भनेर उहाँले भनेपछि तपाईँले यहाँको मर्का बुझिदिनुभयो भनेर मैले धन्यवाद मात्रै भनेका हुँ।”

उक्त धारणा राखेपछि ‘काठमाण्डूस्थित चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटेको र आफ्नो गुनासो राखेको भन्नेु समाचार विवरण आएका छन्। तर बीबीसी न्यूज नेपालीले प्रचण्ड र चीनका राजदूतबीचको भेट र भेटमा भएको भनिएको कुराकानीलाई पुष्टि गर्ने प्रयासमा चिनियाँ राजदूतावासलाई गरेको प्रश्नको जवाफ यो लेख तयार पार्दासम्म प्राप्त गरिसकेको छैन। – बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group