ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भयो – वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)


ABC NEWS
१४ जेष्ठ २०८०, आइतबार   ९ : ५०   बजे

काठमाडौं, १४ जेठ ।

९५ वर्षिय वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘म जन्मेको बेला जनता थिइनँ रैती थिएँ । नेपालमा राणा शासन थियो । त्यो बेला राणाले हिड्ने बाटो हामी हिड्न पाउँदैनथियौं ।’ उहाँ आजभोलि पनि पढ्ने, लेख्ने कर्ममै निरन्तर हुनुहुन्छ । पढ्छु, बिर्सन्छु । फेरी पढ्छु, लेख्छु, बिर्सन्छु उहाँ भन्नुहुन्छ । बुढ्यौलीको यो समयमा नियमित औषधि सेवन गरिरहनुभएको उहाँलाई लागेको छ, अधिकार प्राप्त मान्छेले झुठो बोलेको कारण देश बिग्रदै गएको छ । उहाँले अन्तरंग संवादको प्रारम्भमै हामीलाई भन्नुभयो, ‘राजनीतिक नेता, प्रशासकीय जस्ता मान्छे निचो होइन, जागरिलो हुनप¥यो ।

आमाको देहान्तपछि बुवा जोगी :

उहाँको जन्म विसं. १९८५ साउन २९ गते भक्तपुरमा साविकको गुण्डु गाविसको तिथलीमा भएको हो । ३ वर्षको उमेरमा १९८८ मा उहाँकी आमालाई झाडाबान्ताका कारण स्वास्थ्य समस्या भएपछि गाउँका अलि जान्ने, बुझ्नेले सिधैं आर्यघाट पुयाएको दुख उहाँ सम्झनुहुन्छ । त्यो बेला आमाको उपचारका लागि देशमा वीर अस्पताल खुलिसकेको थियो भन्ने गुनासो उहाँको मनमा आज पनि छ । आमाको देहान्तपछि उहाँको बुवा जोगी हुनु खोज्नुभएको रहेछ तर, आफन्तको सल्लाहमा दधिकोट बसाई सर्नुभयो र पछि नयाँ आमा पाएको उहाँ सुनाउँनुहुन्छ । दधिकोटबाट लुबु भाषा पाठशाला पढ्न जान पनि सजिलो भयो, मेरो आमा नमरेको भए मेरो पढाई हुदैनथ्यो होला, उहाँ निठुर मनले भन्नुहुन्छ ।

कम्युनिष्ट भएकाले गोरखापत्रमा जागिर मिलेन :

लुवुमा कक्षा ८ सम्मको पढाईपछि थप शिक्षाका लागि रानीपोखरीस्थित संस्कृत प्रधान पाठशालामा उहाँ ट्रायल पास हुनुभयो । तीनधारामा पाकशाला र रानीपोखरीमा संस्कृति पाठशाला थियो । दरबार हाई स्कुलमा तल संस्कृत र माथिल्लो तहमा अंग्रेजी पढाई हुने विषयमा समानान्तर थिएन । उता त्रिचन्द्र कलेजको प्रोफेसरले खाने तलब र रानीपोखरीको पण्डितले खाने तलबमा विभेद थियो । २००७ सालको आन्दोलनमा संस्कृतिका विद्यार्थी पनि सहभागी भए । भैरव रिसाल २००९ मा कम्युनिष्ट पार्टीमा आबद्ध भए । पछि शास्त्री भन्ने परीक्षा बीए, बीकम, बीएसी सरह र आचार्य भन्ने एमए, एमकम, एमएससी सरह भयो । उहाँले २०१२ मा शास्त्री पास गरेको समयमा राज्यले गोरखापत्रमा ८ जना पोष्ट ग्राज्युट र ६ जना ग्राज्युट अफिसर माग गरेका सूचना प्रकाशन ग¥यो । अंग्रेजी विषय पढेको विद्यार्थी लिखित र अन्तरवार्ता दुवैमा पास हुँदा एकदमै खुसी हुनुभएको भैरवलाई गोरखापत्रमा जागिर मिलेन । किनकी, त्यो बेला राज्यले कम्युनिष्ट पाल्दैन भन्ने थियो, उहाँले हामीसँग त्यो अनुभव साट्नुभयो ।

मासिक तलब एक सय :

घरमा भाइबहिनी धेरै थिएँ, अभावका कारण पनि कुनै न कुनै आयआर्जन खोज्नै थियो । छिमेकमा बसाई भएको पूर्णप्रसाद उपाध्याय तत्कालीन समयमा दरबारमा राजाको जनसम्पर्क प्रमुख अफिसर थिए । भैरवले जागिरका निम्ति उहाँलाई निवेदन गरे र भने मलाई जागिर चाहियो नत्र म राजनीतिमा लाग्छु । भैरव राजनीतिमा आए अफिसर उपाध्यका दाजुको राजनीतिमा घाटा हुने सम्भावना अधिक थियो । उपाध्यायको चिनजानमा हालखबर नामको पत्रिकामा जागिरका लागि निवेदन लेख्न सुझाव प्राप्त भयो । त्यो बेला निवेदन होइन निबन्ध लेखेछु मैले भन्दै आफूबाट भएको भुल सुनाउनुभयो । भैरव २०१३ सालमा मासिक तलब एक सय रुपैयाँमा पहिलो पटक साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भएको उहाँले सुनाउनुभयो ।

प्रधानमन्त्री टंकप्रसाद आचार्यले हप्काएपछि :

एक दिन कुपन्डोलबाट डिल्लीबजारको बाटो हिड्ने क्रममा चारखालको अड्डा बाहिर केही खलबल भएको सुनेपछि अड्डाभित्र खसीको मासु बेचेको उहाँले देख्नुभयो । त्यो समाचार बन्छ वा बन्दैन त्यो बेला उहाँले ठम्याउन सक्नुभएन । हालखबर पत्रिकाका सम्पादक दाताराम शर्मा थिए । सम्पादकको अनुमतिमा सो समाचार लेखेपछि बक्स न्युजमा छापियो । यो समाचार प्रकाशनपछि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य रुष्ट भए र भैरवलाई सिंहदरबारमा बोलाएर हप्काए । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले हप्काएपछि यसको जवाफमा अड्डामा मासु बेच्न हुन्छ त ? हुँदैन नि त्यसैले समाचार लेखेको भनेर भन्नुभएको भैरव सम्झनुहुन्छ ।

पत्रकारिता नपढेका पत्रकार :

जागिर खोज्ने क्रममा पत्रकार भएपछि उहाँको दैनिकी विगतको भन्दा बद्लियो । बिहान–बिहान नेताहरु त्रिपुरेश्वरमा वेनानन्द झा, वीर अस्पताल परिसरमा डिल्लीरमण रेग्मी र कमलपोखरीमा विश्वेश्वरप्रसाद कोइरालालाई सधैंजसो भेट गर्नुहुन्थ्यो । नेताको घरमा जिल्लाका कार्यकर्ता आउँथे उनीहरुसँग पनि भैरव रिसालको भेटघाट र संवाद बढ्दै गयो । एक हिसाबले पत्रकारिता नपढेको पत्रकार भनेर पनि आफूलाई भन्नुहुन्छ । त्यो बेला नेपालमा पत्रकारिताको विषय पढाइ सुरु भइसकेको थिएन । एक समय थियो महाकवि लक्ष्मीप्रसाद देवकोटा एसिया अफ्रिकाको साहित्य सम्मेलनमा जानपर्ने भयो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बालचन्द्र शर्मा थिए । महाकवि देवकोटाको तलब रोकिएको कुरा अन्तरवार्ता लिएर छापिएपछि देवकोटाले तलब पाएको उहाँ सम्झनुहुन्छ । त्यसपछि समाजमा र पत्रकारिता क्षेत्रमा विस्तारै आफ्नो महत्व बढेको अनुभव उहाँको छ ।

भिडियो – ध्रुव अधिकारी

(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृतान्तका लागि वरिष्ठ पत्रकार भैरव रिसालसँग गरिएको संवादमा आधारित )

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu