ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित सांसद विकास कोषका लागि प्रतिसांसद ५ करोड बजेट विनियोजन, सरकार सांसद रिझाउने गलत बाटोमा


ABC NEWS
१५ जेष्ठ २०८०, सोमबार   ७ : ११   बजे

काठमाडौं । सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको बताए।

जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए।

‘संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, यी सबैका लागि ८ अर्व २५ करोड विनियोजन गरेको छु।’

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन गरिएको रकम खारेज गर्न माग हुँदै आएको थियो। सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ।
दुई वर्षअघि खारेज गरिएको ‘बद्नाम सांसद विकास कोष’ भनेर चिनिने पूर्वाधार विकास साझेदारी कार्यक्रम फेरि ब्युँतिएको छ । सांसदहरूको दबाबपछि सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत संघीय सांसदको निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम पुनः लाएको हो ।

यो कार्यक्रम संघीयताको मर्मविपरीत हुनुका साथै बजेटको दुरुपयोग भएको आलोचनापछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत खारेज गरेका थिए।

आगामी आर्थिक वर्ष प्रतिनिर्वाचन क्षेत्र कम्तीमा ५ करोडका दरले बजेट छुट्याउँदा ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ । यो कार्यक्रम रोकिनुअघि आर्थिक वर्ष २०७७र७८ मा प्रतिनिर्वाचन क्षेत्र ६ करोडका दरले बजेट छुट्याइएको थियो।

२०५४ सालमा प्रतिसांसद पाँच लाख रुपैयाँबाट सांसद विकास कोष शुरू गरिएको थियो। ऐनरनियमबिनै ल्याइएको उक्त कार्यक्रमका विरुद्ध २०५७ सालमा सर्वोच्च अदालतमा रिट दायर भएपछि अदालतले कानून बनाएर मात्र कार्यान्वयन गर्न आदेश दिएको थियो। उक्त आदेशपछि २०५८ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि ल्याएर कार्यान्वयन गरेको थियो।

सरकारले स्थानीय विकास साझेदार कार्यक्रमका नाममा सांसदहरूमार्फत वार्षिक १० अर्ब रुपैयाँसम्म खर्च गर्दै आएको थियो। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७–७८ मा यस शीर्षकमा ६ खर्ब ६० करोड रुपैयाँ छुट्याएका थिए। २०७६–७७ मा भने ९ अर्ब ९० करोड विनियोजन गरिएको थियो।

चरम भ्रष्टाचार भइरेहको सांसद विकास कोष कार्यक्रम अन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदले बजेट पाउने भनिए पनि उनीहरूले व्यक्तिगतस्तरबाट यो रकम खर्च गर्न भने सक्दैनन्। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि अनुसार, संघीय प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहेको समिति हुन्छ। उक्त समितिमा समानुपातिक र राष्ट्रियसभाका सांसद सदस्य रहन्छन्।

सम्बन्धित निर्वाचन क्षेत्रभित्र पर्ने निर्वाचित र समानुपातिक प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, गाउँपालिका र नगरपालिकका अध्यक्ष पनि सदस्य रहन्छन्। सोही समितिले कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजना छनौट गर्नेछ।

आयोजनाको स्वीकृति छनौट समितिको सर्वसम्मतिबाट मात्र हुनेछ। तर, समितिमा विवाद भएको अवस्थामा भने प्रत्यक्ष निर्वाचित सांसदले अन्तिम निर्णय लिन सक्ने कानूनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group