ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्माको ओलीसंग डिनर, प्रचण्डसंग ब्रेकफास्ट र देउवासंग लन्च, अर्थ के ?


ABC NEWS
१९ माघ २०७४, शुक्रबार   ६ : ५७   बजे


काठमाडौं १९ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराज काठमाडौं झर्ने वित्तिकै ‘म काठमडौंमा छु, मित्रताका लागि, मेरा कुनै एजेण्डा छैनन्’ भन्ने प्रतिक्रिया दिइन । यस्तो अभिव्यक्तिलाई बाध्यता र अभिमान दुवै भन्न मिल्छ । किन कि भारतको विदेशमन्त्रीले फुर्सदमा कुनै देशको त्यसमा पनि नेपालको भ्रमण गर्दछ भन्ने कसैले पनि पत्याउंदैन । त्यसैगरी सरकारले कुनै निम्तो नगरीकन हुनेवाला प्रधानमन्त्रीसंगको सम्वन्ध विस्तार गर्न स्वराज नेपाल भ्रमणमा आउनु पर्ने बाध्यता पनि हो । किनकि अब हुनेवाला प्रधानमन्त्री केपी ओलीका प्रति भारतले गत दुई वर्षदेखि अरुचि मात्र होइन, एमालेको चुनावी अभियानलाई कसरी अलगथलग पार्न सकिन्छ भन्नेमा हदैसम्मको योगदान गरेको थियो । तर जबाफमा बलियो बाम एकता प्रर्दशित भएपछि भारतका लागि ओलीसंग मिल्नुको कुनै विकल्प बांकी रहेको थिएन । सुस्मा स्वराजको भेटलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन्।

अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएर आफूसंग दिर्घकालीन योजना रहेको स्पष्ट सन्देश दिए ।

अध्यक्ष ओलीले सांकेतिक रुपमा नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने बताएर प्रष्ट सन्देश दिएका छन् । अब भारतले खेल्ने कामको त्यति धेरै अर्थ छैन।

विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन । यो नौलो कुरा थिएन । किन कि मोदीले नै ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा बधाई दिइसकेका थिए । स्वराजले सांच्चिकै बाम गठवन्धनलाई बधाई दिइन कि दिइनन् भन्ने कुरा त प्रचण्डसंगको ब्रेकफास्ट भेटमा उनले व्यक्त गर्ने बडी ल्यांगवेजले थप प्रष्ट पार्नेछ । प्रचण्ड सरकारबाट हटेपछि विशेषगरी बाम एकतापछि कुनै भारतीय बरिष्ठ अधिकारीसंगको प्रचण्डको यो नै पहिलो भेट हो ।

स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास एमाले प्रतिनिधिमण्डलसंगको औपचारिकतामा व्यक्त गरेकी थिइन ।
अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच शुरुमा एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता भएको थियो ।
सुस्मा स्वराज पहिले एबीसीले विश्लेषण गरेबमोजिम नै एमाले अध्यक्ष ओलीसंगको मोदी सम्वादको निरन्तरतामा काठमाडौं आइन । भरतीय आर्शिवाद प्राप्त मानिएको देउवा सरकार अमिलो मन गरेर बस्न बाध्य भयो । देशहरुको स्वार्थमा भावना हुंदैन केवल उद्धेश्य हुन्छ । तत्कालका लागि भारतका सन्दर्भमा देउवाको औचित्य समाप्त भएको छ । जसलाई पनिस गर्ने कसम खाइएको थियो उसैसंग हात मिलाउन बाध्य बनाएको छ । यो सन्दर्भ नेपालका सबै राजनीतिक प्राणीले हेक्का राख्नु राम्रो हुनेछ ।

स्वराजले प्रष्ट सन्देशका रुपमा ओली लगत्तै प्रचण्डलाई होइन, मधेशवादी दलका नेताहरुलाई भेटेर ओलीसंग मिलेर अघि बढ्न सल्लाहा दिएकी छन् । मधेशी नेताहरुको चाहना बामगठवन्धनसंग मिल्नेमा छ । तर सुस्माले ओलीसंग मिल्न सुझाव दिएर समग्र बामगठवन्धप्रतिको धारणामा ‘रिजर्ब’ बसेकी छन् ।
प्रचण्डसंगको ब्रेकफास्ट बैठक
०७३ सालमा ओलीलाई सरकारबाट हटाउन सर्वाधिक मेहनत गर्न परेका मुख्य पात्र पुष्पकमल दाहाल प्रचण्डसंग सुस्माले ब्रेकफास्ट बैठक गरेर नेपालका लागि उनलाई एउटा आवश्यक तर त्यति धेरै महत्व नदिने राजनीतिज्ञका रुपमा लिएको सन्देश दिंदैछिन् । जसरी भारतीय तथा नेपाली खाना परम्परामा डिनर र ब्रेकफास्ट र लन्चको महत्व छ, त्यही परम्परालाई सुस्माले फुड कुटनीतिका रुपमा सन्देश दिएकी छन् यसपटक नेपालमा । पहिले पहिले विहानको खानालाई अतिथि सत्कारका रुपमा विशेष मानिए पनि आधुनिक राजनीतिमा २४ घण्टाको मुख्य खाना र बसाई नै डिनर हो । त्यसैगरी बे्रकफास्ट गर्नै पर्ने तर हल्का खाना लिने समय र तत्व हो भने आजकल लन्च त नगरेपनि हुन्छ भन्ने तहमा पुगेको छ ।

देउवासंग लन्च बैठक र विदाई
विदेशमन्त्री स्वराजले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग लन्च बैठक गरेर विदाई भेट गर्नेछिन् । त्यो विदाई केवले उनको दुई दिने नेपाल भ्रमणको विदाई नभएर ५ वर्षसम्म कांग्रेसलाई भारतकै विदाई पनि हुनसक्छ । अर्कातिर कांग्रेस त हाम्रो सबैभन्दा पुरानो मित्र र भरपर्दो पार्टी नै हो, के हुनसक्छ हामी कोशिश गरिदिन्छौं भन्दिने लोकाचार पनि हुनेछ ।

जे भएपनि भारतीय पक्षबाट औपचारिक रुपम देखाइने ठस्सा र आन्तरिक रुपमा जारी राखिने खेलकुदका बीचमा तादम्यता भेट्न गाह्रो छ । झन त्यसमा भारतीय पक्षका विश्लेषण र अनुमानहरु समेत नेपालमा एक पछि अर्कोगरी असफल भइरहेको दृष्टान्तबाट पनि यसपटक भारत अलिक भोकल भएको हुनसक्नेछ । जसरी स्वराजले ओलीसंगको भेटलगत्तै राजनीतिक स्थिरताले मात्रै नेपालको विकास हुने बताइन । तर निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न गरेको ढिलाई, पटक पटक प्रचण्डलाई सरकार बनाउन गरिएको उक्साहट लगायतले राजनीतिक स्थिरताको बाटोमा कांडेतार लगाउंछ । तर लोकाचारका लागि भारतले राजनीतिक स्थिरताको रामनामी गाइरहेको हुन्छ, यता बामगठवन्धनमा उल्झन आएको चर्चा भइरहेका बेला ओलीलाई मोदीले भावी प्रधानमन्त्री घोषणा गर्दछन् ।
के भारत बामगठवन्धनलाई कमजोर पारेर मधेशवादी पार्टीको सहयोगमा ओली सरकार बनाउन लागिरहेको त छैन ? भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ । देशभित्रको राजनीतिमा सरकार गठनमा स्वाभाविक बाटा छेकिएमा अस्वभाविक रुपले जे गरेर सरकार बन्दछ, त्यो त गर्नै पर्ने हुन्छ । यद्यपि मोदीको सदिच्छा र सुस्माको काठमाडौंसम्मको पाउकष्टको औपचारिकता बामगठवन्धनलाई स्वाभाविक रुपमा अघि बढ्न दिएर त्यसमा मधेशी दलहलाई समेत मिसाउने काम भएमा उसको इमान्दारिता देखिनेछ । त्यसमा थोरबहुत भारतको स्वार्थको पनि सम्वोधन भएको मान्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group