काठमाडौं । सरकारले भाडाका तथा सार्वजनिक सवारी साधनको नवीकरण शुल्क बढाएको छ ।
आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी गरिएको हो ।
नवीकरण शुल्क पाँच सयदेखि तीन हजार रूपैयाँले बढेको छ।
कसले कति तिर्नु पर्ने ?
कार, जिप, भ्यान र माइक्रो बस
१३०० सीसीसम्मः ५ हजार ५०० रूपैयाँ
१३००१ देखि २००० सम्मः ६ हजार रूपैयाँ
२००१ देखि २९०० सम्मः ६ हजार ५०० रूपैयाँ
२९०१ देखि ४००० सम्मः ८ हजार रूपैयाँ
४००१ देखि माथिः ९ हजार रूपैयाँ।
यसअघि क्रमश ४ हजार, ४ हजार ५००, ५ हजार, ६ हजार र ७ हजार शुल्क थियो।
मिनी ट्रक, मिनी बस र पानी ट्याङ्कर ८ हजारर रूपैयाँ पुर्याइएको छ। यसअघि ६ हजार थियो।
ट्रक बसको ८ हजारबाट बढाएर १० हजार ५ सय पुर्याइएको छ।
अटो रिक्सा र टेक्टरको दुई हजारबाट बढाएर २५ सय पुर्याइएको छ।
डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरणमा वार्षिक नविकरण शुल्क १२ हजार रहेकोमा १५ हजार ५ सय पुर्याइएको छ।
प्रतिक्रिया दिनुहोस्