ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिरीमा दुई दिने ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४’ शुरु


admin
१९ माघ २०७४, शुक्रबार   ३ : ४३   बजे

दोलखा, १९ माघ ।  दोलखाको पर्यटकीय नगरी जिरीमा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४ शुरु भएको छ । संरक्षणको कमिका कारण संकटमा परेको लाटोकोसेरो तथा हुचिललाई संरक्षण गर्नु पर्ने भन्दै युवा सञ्जाल जिरी र प्रकृतिका साथी काठमाडौंले उत्सव आयोजना गरेको हो ।

नेपाल प्राकृतिक हिसाबले धनि छ । यहि प्रकृतिले वर्षेनी हजारौँ बाह्य पर्यटकहरु नेपाललाई नेपाल भित्राउने गर्दछ । प्रकृतिक वातावरणमा रमाउन मात्र हैन यहि प्रकृतिक वातावरणमा रहने विभिन्न जीवजनावर तथा पंछीहरुले पर्यटकहरुलाई लोभ्याउने गर्दछ ।

तर पछिल्लो समय नेपालबाट विभिन्न प्रजातीका जनावर तथा पंछीहरु लोप हुने क्रम बढ्दो छ । कारण चोरी शिकारी तथा संरक्षणको कमि हो । पछिल्लो समय नेपालबाट वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंछी लोप हुँदै गएको छ ।

यसको संरक्षणका लागि दोलखाको पर्यटकीय नगरी जिरीमा युवा सञ्जाल जिरी र प्रकृतिका साथीहरु काठमाडौंद्धारा आयोजित दुई दिने लाटोकोसेरोे तथा हुचिल उत्सव २०७४ शुरु भएको छ । यसले लाटोकोसेरो मात्र नभई अन्य जंगली जनवार तथा पंछीको समेत संरक्षणमा टेवा पुग्ने गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताए ।

 

लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरीन्छ । कृषकहरुले मेहनत गरी उजाएको अन्नााली खाएर दुख दिने मुसो लाटोकोसेरोको मुख्य खाना हो । जसले राती मात्र आँखा देख्छ र रातीमा मात्र यसले मुसाको शिकार गर्ने हुँदा यसले मुसाबाट किसानलाई छुटकारा दिने ताइन्छ ।

यो पंछी झट्टा हेर्दा टाउको विरालो जस्तो देखिए पनि यसको शरीर पंछीको नै हुन्छ । तर यसको संख्या वर्षेनी घट्नेक्रममा छ । नेपालबाट मात्र वर्षेनी दुई हजारको हाराहारीमा चोरी शिकारी गरी तस्कारी हुने र तस्किरीको नाका दोलखामा तीन वटा रहेको प्रकृतिका साथीहरु काठमाण्डौँका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

यस अघि विभिन्न जिल्लामा गरी ६ वटा उत्सव मनाई सेकेको प्रकृतिका साथीहरु काठमाण्डौँले ७औँ पटको उत्सव दोलखाको जिरीलाई रोजेको हो । संरक्षणको अभावमा यो पंछीको चोरी शिकारी हुने गरे पनि यसको संरक्षणकोे लागि खास कतै पनि पहल हुन सकेको छैन । यसको संरक्षणका लागि टेवा पुग्नुका साथै पर्यटकहरुलाई जिरी भित्राउने गरी उत्सवको आयोजना गरीएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।

वर्षेनी करोडौं मुल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको तथ्य प्राकृतिका साथी काठमाडौँले सार्वजानीक गरेको छ । किसानको साथी भए पनि संरक्षणको अभावमा दिनानु दिन हुचिल जातको पंक्षी लोप हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu