ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा संघीय गणतन्त्रका विरोधीका लागि युद्धमोर्चा पनि हो : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
४ असार २०८०, सोमबार   ७ : ५१   बजे

काठमाडौँ ४ असार । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित नरहेको बताएका छन् । उनले हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल गर्न नसकेको विगतलाई समीक्षा गर्दै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट समाजवादी मोर्चा जन्मिएको बताए ।

सोमबार समाजवादी मोर्चा घोषणासभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशलाई फेरि निरंकुशतातिर फर्काउन चाहनेविरुद्ध मोर्चाले नयाँ ढंगबाट क्रान्ति गर्ने बताए । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूका विरुद्ध परिलक्षित छैन,’ प्रधानमन्त्रीले अघि भने, ‘बरु यो समाजवादी मोर्चा सबैलाई समेटेर नयाँ शिराबाट देशको राष्ट्रिय एकता, स्वाधीनता र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने, समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोधसहित यो मोर्चा गठन भएको हो ।’

उनले विगतमा दलहरूबीच हतारमा एकता गरेर पार्टी घोषणा गर्दा समस्या भएको भन्दै अहिले त्यहीबाट सिकेर चारवटा दलहरूबीच एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चालाई अघि बढाउने निर्णयमा पुगेको बताए । उनले मोर्चा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने र बिथोल्न खोज्नेहरूका लागि चुनौतीका रुपमा रहेको समेत बताए । कसैकसैले शान्ति सम्झौतालाई वंग्याउने र लम्व्याउने धृष्टता गरिरहेको समेत प्रम प्रचण्डले बताए ।

‘मैले हिजो नेकपा गठनका लागि प्रस्तावकको भूमिका खेलेको थिएँ । जनता र आम कार्यकर्ताको अपार मायाका बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौँ, झन्डै दुई तिहाईमा पुगेका जनसमर्थनलाई हामीले बचाउन सकेनौँ, म अहिले कसैलाई आरोप लगाउन चाहन्नँ,’ उनले भने, ‘त्यो बेला हामीले पार्टी एकता नै गर्ने हतारो पो गरेछौँ कि रु भन्ने लागिरहेको छ । तर‚ यसपटक त्यस्तो हतारो छैन, हामीले सुझबुझपूर्णरुपमा लामो छलफलपछि मोर्चा बनाउने निर्णयमा पुगेका छौँ ।’

उनले अब चार दलले संयुक्त प्रयासबाट समाजवादी समाज निर्माणका लागि बृहत् शक्ति सञ्चय गर्ने प्रयास भइरहेको बताए । ‘समाजवादी समाजका लागि बृहत् शक्ति सञ्चय गर्ने प्रयास भएको छ । अब हामीलाई कसैले रोक्न सक्दैन । हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने प्रयास गरेका छौँ,’ उनले भने, ‘एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौँ । एकातिर हरेक पार्टीको स्वतन्त्रताको रक्षा होस्, देश र जनताको अगाडि विद्यमान समस्या समाधानका लागि एकताको आवश्यकता जुन छ, त्यसकालागि पनि हाम्रो पहल होस् भन्ने हिसावले हामीले यो प्रयास गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group