शारदा शर्मा
आगनमा सेतो ओढ्नेले ढाकेर मलाइ सुताइएको थियो।अचम्म लाग्यो यस्तो पनि हुनेरहेछ।भोगाइ हो यो । म आखा चिम्लेर सोचिरहन्थे सायद म जिउदो हुंदा हजार बार लडाएर मेरो लर्खराहटमा कृतिम हात दिन तम्सिनेहरु पनि यो हुलमुलमा उदास भएको नाटक गरिरहेका छन्।कति अचम्मको छ दुनिया न दुखसाट्न सकिन्थ्यो न सुख बांडन ।तर आज उनीहरू पनि मेरो मृत्युपत्रमा हस्ताक्षर गर्न आएका छन् अझै हतार हतार।हेरे आशु साच्चै बगाएकाछन तर किन आफैलाइ सोध्न नपाउदै छोरालाइ नजिक ल्याइयो ।
ममी किन सुतेको किन नउठेको भनेर सबैलाइ सोधेको थियो।लाग्यो जुरुक्क उठेर च्याप्प समाएर बाबु भनौ।तर त्यतिबेलै पन्डित आएर मलाइ सिंगार्न थाले।बिहेमा समेत नलगाएको सिन्दुर लगाइदिन भन्दा बुढाका आखामा पनि आंशु छचल्किएको थियो।सिंगो जीवन संगै जिउने कसम खाएकी पत्नीलाइ मृत्यु सैयामा देख्ने तागत नभएर उनी लर्खराइरहेका थिए।सायद यो लामो कालखण्डमा सिसाकलमले लेखिएका राम्रा नराम्रा पक्षहरुलाइ मेट्दै फेरि लेख्दै सच्याउंदै मिलाउदै जिन्दगीले सुनौलो घेरा कोर्ने दौरानमानै मलाइ मृत्यु घोषणा गरिएको थियो।पटक्कै मन थिएन जीवन जगतबाट हात धुन तर बिधिको बिधान न हो मान्छेले सोचेर कहाँ हुनेरैछर मलाइ चिच्याएर रुन मनलाग्यो।कुनैपनि हालतमा म सानो छोरा छोडेर जानै चाहेकी थिइन।सिगों जीवन नियाल्दै छोराको भबिस्य सम्झे सहन पनि गाह्रो भयो चिट चिट पसिना आए।बुढाले लगाइदिएको सिन्दुर पसिनाले बग्न थाल्यो।
त्यति बेलै बा आमालाइ अगाडि ल्याइयो।सायद आफुले जन्माउदा र हुर्काउदाको पीडा सम्झेरहोला चिच्याएरै रुन थाल्नु भयो।निधारमा हात राखेर पूरा जिन्दगी नियाल्दै जादा बालाइ पनि लागे होला आफै बिहे गरेपनित राम्रै थियो।आखिर बा आमाले आफ्ना सन्तानको खुसीको प्राथना आंफु बाचुन्जेर गर्छन।छोराछोरीको सुख दुखमा साथदिदै बुढा हुन्छन योत रितनै त हो।कुन आमा बाउ होला छोराछोरीको खुसीमा खुसी ,रहन नसक्ने ,आमाको मुख हेरे अनेक बादलहरु थिए अनुहारमा। निधार खुम्च्याएर खै के सोचेर हो फेरि भक्कानिदै थिइन।अचम्म छ दुनियाँ म बाचुन्जेर मेरा हरेक सुख दुखले भतभति पोलेकाहरु पनि यो लाममा सहभागी थिए। कहिल्यै म संग मन भित्र बाट खुसी नभएकाहरु पनि चिन्तितनै थिए।आखिर मर्नुपर्ने रहेछ न कहिल्यै फर्किन सकिन्छ ,न मिल्न ,न कुरा गर्न।र पनि बाचुन्जेर किन तंत मम गर्छ मान्छे।आफैलाइ सम्झें।कान्छाबाले बारीको सांज मिचे भनेर कम्मर फर्काएर झगडा गर्थें।एकदिनत उनलाइ हातै हालें।तर आज म निर्वस्त्र पारिएकी छु।कालिगढकोमा गएर हिंजै मात्र बनाएर ल्याएको कानको टप पनि लाउन नपाउँदै मलाइ मृत्यु घोषणा गरिएको छ।मेरा शरिरका सबै कपडा खोल्ने तर्खर हुंदा म लाजले पानी पानी भएकी छु ।
मलाइ अप्ठ्यारो हुन थाल्यो ।धेरैबेर एकैठाउंमा पल्टिँदा कोल्टोफेर्ने मन थियो तर पन्डित मेरै अगाडि बसेर मेरो बैकुण्ठको बासको ब्यबस्था गर्दै थिए।थोरै आखां चिहाएर हेरें दिदीबहिनी र दाइभाइहरु कोकोहलो मच्याउदै आए।उनीहरूको चित्कारले मेरोआखांबाट आंशु टप्कियो। आंगनमा संगै खेलेका क्षण सम्झें।भाइहरुलाइ बोकेर गाउँ डुलाएका यादले मुटु भक्कानियो ।कसैलाइ पनि राम्रो गर्न सकें या सकिन खै के बुझे मलाइ बुझ्नेहरुले तर मैले खै कस्लाइ के नराम्रो गंरे खुट्टाउनै सकिन।हुनत मान्छेले आफ्नो गल्ती र कमजोरी स्वीकार्न तयार हुंदैन।तर म सिगों जिन्दगी नियाले, कहानेर बाट म फिसलिए खै कहाँनेर कमजोर बने
मलाइ सिंगार्न बसेका पन्डीत पनि चिन्तित थिए।हुनत मेरो कर्मकान्डमा उनले पैसा पाउथे। तर उनको मुहारमा पैसा पाउने खुसी भन्दा पनि मेरो मृत्युको दुख प्रस्ट देखिन्थ्यो । मान्छेहरु पैसाले खुसी किन्न तछाड मछाड गरिरहेको समय ,सम्पन्नता र सम्पत्तिको कारण आफ्नोपन मेटाउन खोजिरहेको समय पैसाको भन्दा मेरो चिन्ता गरेर अमिलो बनेको पन्डीतलाई मैले महान सम्झे। पैसा, सत्ता र सम्पत्तिले हर अपराध ढाक्न तछाड मछाड भैरहेको समयमा यी पन्डीत किन दुखी होलान मेरो मृत्युले, लाग्यो कतै बुढाले हिसाब किताब राम्रो गरेननकी पन्डीतसंग। बुढातिर हेरें ।उनका आंखा रसाएका थिए। अब छिटो गरेर बाधौं पन्डीत जुरुक्क उठे ।म डरले थरथर कांपे।के म आज सांच्चै मरेकै हो र खै कस्लाइ सोध्ने ।सबै मेरो मृत्यु पत्रमा हस्ताक्षर गर्नआातुर छन।मलाइ जन्माउने देखि,संगै खेलेर हुर्केकाहरु,सिगों जीवन साथ रहने कसम खाएकाहरु।सानो छोरा चिच्याएर रुन थाल्यो मामु स्कुल जान ढिला भयो खै ड्रेस लगाइदिएको ।मेरा आंखाबाट समुन्द्र धारा आंशु बगे।सोचे म मरेकी छैन मेरा बाले मलाइ यहाँबाट उठाउने छन,मेरी आमाले हात दिनेछिन उठ भन्दै,मेरा दिदीबहिनी दाइभाइले मलाइ पक्कै उठाउने छन।अंह कोही अगाडि आउदैन।मलाइ छट्पटी भयो।चिट चिट पसिना चुहिन थाले। पन्डीतले मुखमा अक्षता नराख्दै म आफै जुरुक्क उठें।किनकी हर संकटमा आंफै उठ्न सक्ने बानीपरेको थियो। अरुत सबै सुखका साथी थिए दुख र अप्ठ्यारोमा त एक्लै लर्खराउंदै भए पनि उठ्ने आदत परिसकेको थियो।चाहानाले भन्दा पनि बाध्यता र बिवसताले हरेक महासंग्राम आंफै छिचोलेर फेरि म आफै उठें।
प्रतिक्रिया दिनुहोस्