ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा विभाजनका कारकहरुको यथार्थ विश्लेषण जरुरी छ : अध्यक्ष ओली


ABC NEWS
१० असार २०८०, आइतबार   ४ : ५२   बजे

काठमाडौं १० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै ओलीले नेकपा विभाजनका कारणको विश्लेषण आवश्कय रहेको बताएका हुन् ।

नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए।

‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारणहरु के थिए, उद्देश्यहरु के थिए। किन विभाजन भयोर ? किन गरियो ?,’ ओलीले प्रश्न गर्दै भने।

उनले पार्टी किन विभाजनसम्म पुग्योरु कस्तो पृष्ठभूमिबाट वभाजनसम्म पुग्योरु भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको पनि बताए।

‘कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्योरु यी कुराहरु अलिकति आउनुपर्छ। विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरीरु केका लागि विभाजन भयोरु के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ?’, ओलीले भने, ‘वाह्य कारण कति थियो? स्वचालित कति थियोरु परचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियोरु यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि ग¥यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’

नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो? त्यसको विश्लेषण जरुरी रहेको पनि ओलीले बताए।
पहिलो पटक ओलीले नेकपा विभाजनको आवश्यकता रहेको बताएका हुन् । ध्यक्ष ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै कतैबाट ‘परिचालित’ भएर नेकपा विभाजन गरिएको आरोप लगाउँदै आएका थिए ।

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसको २ वर्षपछि २०७७ साल फागुन २३ मा नेकपा विघटन भएको थियो ।

२००७ सालको आन्दोलन विभत्स सम्झौता
ओलीले भने, ‘नेपालमा परिवर्तन बाह्य शक्तिलाई पनि चाहिएको थियो । त्यसैले २००७ सालमा जुन हतियार प्रयोग भयो त्यो हतियार नेपाल भन्दा बाहिरबाट आउने कारण त त्यही हो । नेपाल भित्रका हतियार त चलेका होईनन् । हतियार बाहिरबाट आयो आन्दोलन भयो । त्यो आन्दोलन कहाँ टुङिगयो भन्दा नेपालीहरुले वार्ता गरेर नेपाली राजनीतिक शक्तिहरुले वार्ता गरेर त्यो सम्झौता टुङग्याउन पाएको हैन ।

अन्तै वार्ता गरेर अन्तै निष्कर्श निस्क्यो । राजा राजै रहने मोहन शमशेरलाई प्रधानमन्त्री बनाउने विशेश्वर प्रसाद कोईरालालाई गृहमन्त्री बनाउने नेपाली कांग्रेस पनि त्यही मन्त्री लिएर सामेल हुने राजाका यति राणाका यति मन्त्री बस्ने आदि । यो सबै राष्ट्रिय राजनीतिले तय गरेन, राष्ट्रिय आवश्यकता र आन्दोलनले तय गरेन नियतिले तय गर्यो । नियति अन्तै थ्यो । र त्यो आन्दोलन २००७ सालको आन्दोलन विभत्स कम्प्रोमाइज भयो । ’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group