ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपरिषद्को संरचनाका विषयमा छलफल गर्नुपर्ने प्रधानन्यायाधीश कार्कीको धारणा सार्वजनिक


ABC NEWS
१० असार २०८०, आइतबार   ७ : २०   बजे

काठमाडौँ १० असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन हुनु आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनको हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै न्यायपरिषद्को चुस्तताका लागि परिषद्को संरचनाका विषयमा पुनरावलोकन हुनुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै न्यायपरिषद्मा रहेको हालको संरचनाका कारण परिषद्ले समयमै निर्णय गर्न नसकेको औँल्याएका हुन् ।

प्रधानन्यायाधीश कार्कीले भने, ‘न्यायपरिषद्को संरचनाका विषयमा छलफल हुनु जरुरी छ । केही छलफल पनि भएको छ, तर छलफलले आकार लिएको छैन । परिषद् कहिल्यै पनि खाली नहुने वातावरण बन्नुपर्छ र त्यसका लागि संरचनामा परिवर्तनको आवश्यकता छ ।’

जिल्ला र उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिको सम्बन्धमा ढिलाइ भएको र नियमित ढङ्गबाट कामकाज हुन नसकेको भन्ने अधिवक्ताहरुको गुनासोमा प्रधानन्यायाधीश कार्कीले आफूले मात्रै चाहेर न्यायाधीशको नियुक्ति नहुने गुनासो गरेका हुन् ।

प्रधानन्यायाधीश कार्कीले भने, ‘म कामु प्रधानन्यायाधीश भएर नगरेको होइन, मैले सुरुदेखि नै न्यायाधीश नियुक्तिबारे प्रक्रिया सुरु गर्न आग्रह गरेको हो । सर्वोच्चमा नियुक्तिको सिफारिससम्म गरेकै हो, तर दुर्भाग्य सिफारिस हुन सकेन । अब हामी यसको समाधानमा जान्छौँ । कानूनमन्त्री राजनीतिक व्यक्ति भएकाले कतिपय विषय राजनीतिक पनि हुने र कानुन मन्त्रालयले रोजाइको मन्त्रालय नपर्ने भएर हो कि किन हो, लामो समय कानुन मन्त्रालय खाली पनि रह्यो । त्यसकारण परिषद्कै संरचनाका सम्बन्धमा पनि विचार गर्ने पो हो कि रु’

आफ्नै प्रतिवेदन फूलकोर्टबाट अनुमोदन नभएको भन्ने वकिलहरूको गुनासोमा प्रधानन्यायाधीश कार्कीले प्रतिवेदनलाई फूलकोर्टमा राखेर छलफल गरेको र दुइवटा विषय पारित भइसकेको बताए । पेसी व्यवस्थापन र इजलास तोक्ने सम्बन्धमा प्रतिवेदनकै सुझावअनुसार सम्बोधन भइसकेको कार्कीले बताए ।

कार्कीले भने, ‘अटोमेसनको सुरुवात नहुँदा अहिले तत्कालका लागि गोला प्रक्रिया सुरुवात गरेका हौँ । यसको सुरुवात गर्दा फैसला नै नगरी मितको टाउकोमा हान्ने प्रवृत्ति बढ्छ कि भन्ने चिन्ता थियो । विवादमा आउने फैसला नगर्ने जोखिम थियो, तर अहिले त्यस्तो छैन । मुद्दा पन्छाउने काम बन्द गर्नुहोस् भनेर हामीले भनेका छौँ र अहिले राम्रो पनि भइरहेको छ ।’

प्रधानन्यायाधीश कार्कीले जिल्ला र उच्च अदालतका न्यायाधीशहरुलाई न्याय सम्पादन गर्दा न्यायिक निष्ठामा रहेर गरेमा कसैले केही गर्न नसक्ने भन्दै न्यायिक निष्ठामा रहेर शीघ्र न्याय दिन भनिएको र त्यसको सकारात्मक प्रभाव परेको बताए ।

आफू कामु भइसकेपछि सर्वोच्चमा १६ वर्ष अगाडिदेखिको मुद्दा बिस्तारै फैसला हुँदै गएको र ५ वर्ष कटेका मुद्दाहरूलाई प्राथमिकता दिएर सुनुवाइ गरिएको कार्कीले बताए । मातहत अदालतको निरीक्षण गर्नुपर्ने कानुनी दायित्व भएपनि न्यायाधीशको सङ्ख्या कम भएको कारण सर्वोच्चको सुनुवाइमा पनि केही समस्या भइरहेको कार्कीले बताए ।

पहिलेपहिले अल्पकालीन अन्तरिम आदेश लिएर अनन्तकालसम्म लम्बाउने काम भएकामा अब त्यस्तो नहोस् भनेर अल्पकालीन आदेश पाएका मुद्दाहरूको सातैपिच्छे पेसीमा चढाउने गरिएको कार्कीले बताए ।

न्याय सम्पादनमा सेवाग्राहीलाई सहज होस् भनेर आफूहरूले शुक्रबार ५ बजेसम्म काम गर्न थालेपनि केही समस्या भएको कार्कीले बताए । पाँच बजेसमम काम लगाउँदा कर्मचारीलाई प्रोत्साहन भत्ता वा बढी काम लगाएबापत थप पारिश्रमिक दिन नसकिएको कारण कर्मचारीहरुको असन्तुष्टि रहेको कार्कीले बताए । त्यसको समाधानका लागि पनि काम भइरहेको कार्कीको भनाई छ ।

कार्कीले आफूलाई तत्कालकै पूर्ण स्वचालित पेसी व्यवस्थापनमा जान मन लागेको भएपनि प्राविधिक कारणले त्यसो हुन नसकेको बताए । कार्कीले भने, ‘मलाई अहिलेको गोला प्रणाली अझै बढी ट्रान्सप्यारेण्ट हो कि जस्तो पनि लागेको छ । यद्यपि हाम्रो उद्धेश्य भनेको अटोमेसन नै हो र मलाई यसको सुनिश्चितता गरेर जाने इच्छा छ, अटोमेसन लागू गर्ने हरसम्भव प्रयास गर्नेछु । यो मेरो इच्छा र प्रतिष्ठाको विषय पनि हो ।’

लामो समय प्रधानन्यायाधीशको पद रिक्त रहेको सम्बन्धमा वकिलहरूको गुनासोलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीश नियुक्तिका लागि एक महिना पहिले नै सिफारिसका लागि पहल गर्ने बताए । उनले भने, ‘प्रधानन्यायाधीश नियुक्तिका लागि एक महिना पहिल्यै सिफारिस गर्न म प्रयास गर्नेछु । तर म संवैधानिक परिषद्को सदस्य मात्रै भएको कारणले मैले चाहेर पनि सबै कुरा नहुने रहेछ । तर मेरो प्रयास भने एक महिना अगावै सिफारिस गर्ने गरी नै रहनेछ ।’

नेपाल बार एसोसिएसनका भवनका लागि जग्गा उपलब्ध गराइदिन बारको तर्फबाट भएको प्रस्तावले आफूले सकारात्मक रुपमा लिएको र त्यसका लागि पहल गर्ने पनि प्रधानन्यायाधीश कार्कीले बताए । कार्कीले भने, ‘जग्गा हस्तान्तरणका लागि प्रयास गर्नुहोस् भनेर सर्वोच्च अदालत प्रशासनलाई भनेको छु । यहाँहरू ढुक्क हुनुहोस् कि तपाइहरूका बीचमा सहमति भयो भने जग्गा प्राप्तिमा कुनै समस्या हुँदैन । आवश्यक जग्गाका लागि सर्वोच्चले के के गर्नुपर्छ, त्यो गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group