ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको सवै प्रकारको कसरत विफल, कोशी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल


ABC NEWS
१५ असार २०८०, शुक्रबार   १ : ४६   बजे

विराटनगर १५ असार । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। यससँगै एमालेले ६ महिनाबीचमा ४ प्रदेशको नेतृत्व गुमाएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेका हुन्।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका थिए।

प्रदेशसभाको बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गति लिएको भन्दै कांग्रेस र माओवादीसहितका दलहरुसँग पनि साथ मागेका थिए।

सभामुख गौतमका अनुसार ९३ सांसद्‍मध्ये मत विभाजनका क्रममा ८९ जना उपस्थित रहेका थिए।

तर कार्कीको पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसदले मात्रै मत दिए। यस्तोमा कार्कीले मागेको विश्वासको मतको पक्षमा ४६ मत परेको हो।

उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद थिए। तर कार्कीको विपक्षमा ४३ मत मात्रै परेको छ।

कोशीमा जनता समाजवादीकी एक्ली सांसद निर्मला लिम्बु भने बैठकमा उपस्थित नै भइनन्। उनलाई विश्वासको मतको पक्षमा ल्याउने कार्कीको प्रयास सफल हुन सकेन।

यस्तोमा बहुमतका लागि कार्कीलाई ४७ मत चाहिनेमा ४६ मात्रै आयो भने विपक्षमा ४३ मत खसेको छ।

कार्कीले यसअघि आफू सहमतिको सरकार बनाउन पनि तयार रहेको बताउँदै त्यसका लागि अन्य दलहरु तयार हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबारदेखि प्रदेशसभाको बैठक बसेको थियो। मुख्यमन्त्री कार्कीले बिहीबार नै विश्वासको मत लिने तयारी थियो। तर अबेर राति बैठक स्थगित भएको थियो।

बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा सांसदहरुको प्रश्नको जवाफ दिए।

कार्की २०७९ पुस २४ गते मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनलाई एमाले, माओवादी, राप्रपा र जसपाका सांसदको समर्थन थियो।

तर पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धन भंग भएपछि मा‌ओवादी र जसपाले समर्थन फिर्ता लिँदा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो। यस्तोमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

कार्की पुस २४ मा संविधानको धारा १६८ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गरेर मुख्यमन्त्री बनेका थिए।

प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन्। कार्की ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर माओवादी र जसपाले खुट्टो झिक्दा कार्कीसँग एमाले र राप्रपाका ४६ मात्रै सांसद देखिए।

एमाले स्थायी कमिटी सदस्य कार्की गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा ५ ‘क’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group