ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘निष्ठा छें’ मा साथीभाई डाकेर खुवाउन खुबै मन पर्छ – वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग


ABC NEWS
१८ असार २०८०, सोमबार   १२ : ३५   बजे

काठमाडौं, १८ असार । ८८ वर्षिय वरिष्ठ संस्कृतिविद् तथा नेपाली निबन्धकार तेजेश्वरबाबु ग्वंग भन्नुहुन्छ, ‘जीवन त जीवन हो नि । जीवनमा जति कुरा सिक्न, जान्न सक्यो र जानेको कुरा पुनः अर्पण गर्न सक्नु नै सबैभन्दा ठुलो कृति हो ।’ उहाँ देखावटीमा भन्दा आफूले व्यवहारमा उतार्ने कुरामा बढी विश्वास राख्नुहुन्छ । भक्तपुरमा ग्वंग निवासको नाम राखिएको छ ‘निष्ठा छें’ । उहाँले कसैप्रति श्रद्धा र आदरले मात्रै कसैको दैलोमा कोही आइपुग्ने हुँदा सबैलाई समान सत्कार गर्न कुनै अभाव नरहेको कुरा दिलैबाट बताउनुभयो । ‘मलाई कसैलाई सत्कार गर्न कुनै अभाव हुँदैन । यो मेरो उदार भावको एउटा चिनो पनि हो’ उहाँले भन्नुभयो ।

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबुको जन्म विसं. १९९२ कात्तिक ७ गते भएको हो । बुवा निरञ्जनलाल ग्वंग र आमा शारदादेवी मल्ल ग्वंगको कोखबाट उहाँको जन्म भयो । उहाँ एक विशिष्ट स्रष्टा मात्र नभएर स्थापित एवम् सम्मानित स्रष्टाको रुपमा पनि हुनुहुन्छ । पहिला परिवारसंख्या धेरै भएपनि अहिले श्रीमती, छोराबुहारी, नातिनातिनासँग उहाँको दैनिकी बित्ने गरेको छ । नेपाली संस्कृति र साहित्यमा एक विशिष्ट स्रष्टा उहाँ आजभालि भने लेखन कार्य गर्न सक्नुहुन्नँ । विगत ६ महिनादेखि टेबलमा बस्नै नसक्ने र कम्युटर चलाउन नसक्ने अवस्था आजभोलि रहेको उहाँले बताउनुभयो ।

 

श्रीमतीलाई सासुकी छोरी भन्ने बानी :

उहाँले बीएसम्मको अध्ययन काठमाडौंमा सम्पन्न गर्नुभएको हो । अमेरिकाबाट कल्चर एन्थ्रोपोलोजीमा एमए तहको अध्ययन पुरा गर्नुभयो । ‘क्यालिफोर्नियामा अमेरिकनलाई नेपाली भाषा सिकाएँ । पछि, कहिले दिल्ली, हैदरावाद, बेलायत, जर्मनी, फ्रान्सका सांस्कृतिक तथा साहित्यक सम्मेलनमा उहाँ सहभागी हुनुभयो । कलेज पढ्ने बेला धेरैले उहाँलाई मन पराउँथे रे । उहाँकी श्रीमतीले पनि उहाँलाई मन पराउँछु र विवाह गर्छु भनेपछि विवाह भएको उहाँले सुनाउनुभयो । उहाँले आफ्नी श्रीमतीलाई सासुकी छोरी भनेर बोलाउने गरेको कुरा उहाँले ठट्यौली शैलीमा बताउनुभयो । उहाँकी धर्मपत्नी धुर्वेश्वरी कायस्थ अहिले ८० वर्ष पुग्नुभयो ।

कृति :

उहाँको संस्कति आयाम, संस्कृतिय पलां (नेपाल संवत्), अवकाशपछिको आकाश, चराको गुँडझैं मेरो जन्मस्थल भक्तपुर, औकातभरिको सौगात, रंग अभिज्ञान लगायतका निबन्ध तथा कविता प्रकाशित छन् । साहित्यिक सम्मान सङ्गम –२०५० नामबाट उहाँले साहित्यकारलाई निरन्तर सम्मान गर्दै आउनुभएको छ । उहाँले सो सम्मानको प्रारम्भ कविवर केदारमान व्यथितबाट सुरु गर्नुभएको थियो । उहाँले आफ्नो निवास निष्ठा छें मा विभिन्न ऐतिहासिक तथा सांस्कृतिक महत्वका मुर्तिहरु राख्नुभएको छ । राष्ट्रिय झण्डाबारे साथीभाइसँग गफिदा झण्डाको निलो रंग भनेको सागर पनि हो आकाश पनि हो भनेर भन्ने गर्छु उहाँले भन्नुभयो । नेपालको राष्ट्रिय झण्डामा चन्द्रमा माथि, सूर्य किन तल भयो भन्नुहुँदै उहाँले चन्द्रमा रातमा उज्यालो हुने भएकोले भन्ने गरेको बताउनुभयो । यति भनेपछि उहाँको निवासमा आएका जो कोही पनि खुसी भएर जाँदा आफूलाई पनि खुसी लाग्ने गरेको भन्दै चन्द्र, सूर्य अंकित नेपालको झण्डाबारे निकै रमाइलो कुरा गर्नुभयो ।

 

एकमुरी धानको जागिर:

उहाँले २०१३ मा प्रधानाध्यापकको रुपमा कार्य गर्नुभयो । त्यो बेला तीन दिन हिडेर सिन्धुपाल्चोकको ऐँसेलुखर्क मिडिल स्कुलमा एक मुरी धान र एकसय रुपियाँको जागिर खानुभएको रहेछ । २०१७ मा भक्तपुरको जिल्ला विकास समितिमा खरदार हुनुभयो । नासुहुँदै उपसचिवसम्म इमानदार र मेहनती भइ सेवा दिनुभयो । विकेन्द्रीकरणका लेखक, वक्ता तथा प्रशिक्षक हुनुभएकाले राजा महेन्द्र र वीरन्द्रसँगको सानिध्य उहाँसँग रहेको थियो । अवकाशपछि पनि उच्चस्तरीय प्रशासन सुधार आयोग र जेसिस स्कुलको प्रधानाध्यपक भएर काम गर्नु भयो । नेपाल भाषाको प्रख्यात लेखक भनेर चिनिएका ग्ंवगले नेपाल भाषा पनि पढाउनुभएको छ । उहाँको विचारमा पाश्चात्यभन्दा पूर्विय दर्शनको पहुँच अलि भिन्न छ, यसले आध्यात्मिकतालाई अलि बढी जोड दिन्छ । आफूलाई चिन्ने प्रयास गराउँछ ।

सत्यमोहनप्रतिको श्रद्धा:

सर्जग ग्वंग नेपाल भाषा, नेपाली र अङ्ग्रेजी भाषामा लेख्न र बोल्न सिद्धहस्त हुनुहुन्छ । उहाँको निष्ठा छें मा शताब्दीपुरुष सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, कविवर केदारमान व्यथित, युगकवि सिद्धिचरण श्रेष्ठ, वालकृष्ण सम पुग्नुभएको छ । साहित्यका धरोहरदेखि नयाँपुस्ता सबैका लागि समान व्यवहार र सोच राख्ने शक्ति आज पनि उहाँमा छ । शताब्दी तथा युगपुरुष स्वर्गिय सत्यमोहन जोशीको तस्विर निकै पूर्वक आफ्नो निवासमा राख्नुभएको छ । उहाँको घर जो प्रवेश गर्छ, सुरुमै युगपुरुषको दर्शन गरुन् भन्ने अभिप्रायले सत्यमोहनको तस्वीर राख्नुभएको उहाँले बताउनुभयो । उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाँग पढ्न, सिक्न जानुहुन्थ्यो । ती कवि एवम् स्रष्टा निकै उदार भावको भएको उहाँले सुनाउनुभयो ।

 

साथीभाइ भेला पार्ने ग्वंग :

नेपाली निबन्धमा उहाँको नाम अग्रपङ्तिमा नै आउँछ । सांस्कृतिक निबन्धमा उहाँको नाम झनै अगाडि छ । उहाँ प्रत्येक चाडपर्व, रीतिरिवाज र परम्परालाई आजको समयसापेक्ष र विज्ञानसम्मत व्याख्या गर्नुहुन्छ । हाम्रा संस्कार र संस्कृतिलाई आध्यात्मिक, सामाजिक र दार्शनिक रुपमा बुझ्नुपर्ने भन्नुहुँदै उहाँले आधुनिकताले विकृत बनाउँदै लगेका हाम्रा संस्कृतिलाई व्यापक अर्थमा संस्कारित बनाउनुपर्ने बताउनुहुन्छ । उहाँको निबन्ध वाक्यमा छोटा भए पनि अर्थमा भने लामा हुन्छन् । गम्भीर, प्रतीकात्मक, विम्बात्मक र काव्यात्मक हुन्छन् । तार्किकता, बौद्धिकता र दार्शनिकता उहाँका प्रत्येक निबन्धमा हुन्छन् । सबैलाई सम्मान र माया गर्न जान्ने साहित्यसाधक तेजेश्वरबाबु ग्वंगलाई साथीभाइ घरमा डाकेर खुवाउन खुबै मन पर्छ । उहाँको वाककला, कार्यशैली र व्यवहारका कारण उहाँ एक वरिष्ठ संस्कृतिविद्, निबन्धकार, विशिष्ट स्रष्टा त हुनुहुन्छ नै, यससँगै अद्भुत कुरा यो हो कि, उहाँ सबैको प्रिय बन्न सफल हुनुहुन्छ ।

आजको दुनियाँ यति बेमतलबी छ । कसैलाई कसैको बारे सोच्नसम्म समय छैन । मै खाउँ, मै लाउ, सुखसयल मै गरु भनेजस्तै मानिस यो बेला केबल आफ्नो स्वार्थका लागि कुद्ने यो जमानामा त्याग, सम्मान र अझ भन्नुपर्दा मानवीय गुण जिउँदो रहेको एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ, तेजेश्वरबाबु ग्वंग ।

 

फोटो–भिडियो: ध्रुव अधिकारी

एबीसी टेलिभिजनको कार्यक्रम ‘आत्मवृत्तान्त’ का लागि गरिएको संवादमा आधारित

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu