ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तैनी पीडाः राप्ती नदी कटान


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ५ : १०   बजे

दाङ, २१ माघ ।   ‘‘विसं२०१८ मा बाढी आयो, घर बगायो, बाख्रा मरे, दुई दिनसम्म भोकभोकै बस्नुप¥यो, यस्तै समस्या बारम्बार भोग्नु परिरहेको छ, हाम्रो समस्या अझै समाधान भएन, उमेर ढल्कियो तर समस्या झन बल्झिदै आयो’ गढवा गाउँपालिका–७ कान्छी गाउँ निवासी ७३ वर्षीय रामबजी चौधरीले आफ्नो पीडा सुनाउनुभयो ।

“जग्गा सबै नदीले खायो, अहिले घर मात्रै बाँकी छ, यसवर्ष तटबन्ध निर्माण भएन भने त्यो पनि बगाउछ, १९ जनाको परिवार छ, बाढीले घर बगायो भने कहाँ गएर बस्ने हो ठेगान छैन।’’उहाँले भन्नुभयो ।
कान्छी गाउँ राप्ती नदीको उच्च जोखिमा परेको गाउँ हो । बाढी र नदी कटानको चपेटामा परेका स्थानीयवासीले राप्ती नदीमा तटबन्ध खोजिरहेका छन् तर राज्यको ध्यान यस्ता बस्तीमा पुग्न सकेको छैन् ।

देउखुरीको पूर्वी भालुवाङदेखि पश्चिम अमेलियासम्म राप्ती नदी बीच भागबाट बगेको छ । राप्ती, गढवा र राजपुर गाउँपालिकाका साथै लमही नगरपालिकाको नदी क्षेत्रमा पर्ने एक सय बढी बस्ती यसको जोखिममा पर्दा पनि नदीमा क्रसर उद्योग अनाधिकृत रुपमा सञ्चालन भइरहेका छन् ।

“बालुवा प्रशोधनको नाममा निजी जग्गा भाडामा लिएर सञ्चालन गरिएका दर्जन बढी उद्योगले नदीजन्य बस्तुको उच्च दोहन गरेका छन् । जनप्रतिनिधिले समेत क्रसर उद्योगको दबाब थेग्न सकिरहेका छैनन् रातारात क्रसर उद्योगले नदीजन्य बस्तु उत्खनन गरी क्रसर उद्योगमा पहाड लगाएका छन्, जहाँ पायो त्यहीँबाट उत्खनन गरिएको छ । बालुवा चाल्नका लागि अनुमति लिएर क्रसिङगको काम भइरहेको छ।” लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले भन्नुभयो, “नदीजन्य बस्तुको उपयोग गर्नुपर्नेमा समुचित ढंगले भएको छैन् ।”

अनाधिकृत रुपमा हुने यस्ता उत्खनन रोक्न नगरपालिका र अन्य गाउँपालिकासँग समन्वय गरेर संयुक्त योजनाका साथ अघि बढ्नुपर्नेमा नदीको तटबन्ध निर्माण गर्न जनताको तटबन्ध कार्यक्रम लागू गरिए पनि कनिका छरेको जस्तै भइरहेको छ ।

यसरी गरिएको तटबन्ध निर्माणले समस्या समाधान हुनसकेको छैन् अहिलेसम्म करोडौंँ रुपैयाँ जनताको तटबन्धले राप्ती नदीमा खर्च गरिसकेको छ तर यसको उपलब्धि नभएकाले बस्ती जोखिममा परिरहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालामटियाका सभापति गंगाराम भट्टराईले बताउनुभयो ।

शनिबार गढवामा भेला भएका राप्ती नदीको जोखिममा परेको बस्तीका नागरिकले स्थानीय सरकारी प्रतिनिधि, सम्बन्धित कार्यालयका प्रमुख समक्ष समस्या समाधानका लागि आग्रह गरेका छन् । राज्यले वर्षेनी नदी तटबन्धका लागि विनियोजन गर्ने बजेटको सही सदुपयोग गर्न नसक्दा वर्षौंदेखिको समस्या अहिले पनि उस्तै रहेको बताएका हुन् ।

सरकारको अदूरदर्शी नीतिको कारणले गर्दा हरेक वर्ष उही ठाउँमा तटबन्ध निर्माण गर्नुपर्ने अवस्था आएको छ, सबै जमिन नदीमा मिसिएको छ, बस्तीदेखि तल पनि क्रसर उद्योग छ, माथि पनि क्रसर उद्योग छ तर । बस्ती जोखिममा परेको सरकारले नदेखेको गढवा गाउँपालिका वडहरा निवासी विष्णुमाया बस्यालले गुनासो गर्नुभयो ।
पानी परियोजना अन्तर्गत राप्ती नदीलाई आधार मानेर नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको पानी छलफल कार्यक्रमका जिल्ला समन्वय समितिका अध्यक्ष जीतेन्द्रमान नेपालीले नदीजन्य बस्तुको सदुपयोग गर्न स्थानीय तहलाई हस्तान्तरणको प्रक्रियामा आफूहरु रहेको बताउनुभयो ।

राप्ती नदीमा क्रसर उद्योगको बदमासी बढेर गएको र त्यसको बदमासी रोक्न स्थानीयवासीले सरकारलाई दबाब दिनुपर्नेमा जोड दिंदै अध्यक्ष नेपालीले भन्नुभयो, “विकास रोक्नुहुँदैन् तर, विकासको नाममा हुने बदमासीलाई रोक्नुपर्छ, हामीले पनि सुधार गर्ने प्रयास गरिरहेका छौं ।”

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भन्नुभयो–“राप्ती नदी अभिसाप होइन, बरदान बनाउन चाहन्छौं ।

जनताको तटबन्ध कार्यालयका निमित्त प्रमुख जिवक्ष यादव, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीका प्रमुख शिवनन्दन यादवले बजेट अभावका कारण तटबन्धको योजनालाई तीव्रता दिन नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US-Iran Ceasefire Agreement Expires Amid Renewed Hostilities

Xi Jinping Offers Condolences to Indonesia After Deadly Earthquake

Xi Jinping Hails Former Leader Jiang Zemin on Birth Centenary

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याण विक्रम पाँडे नियुक्त

Russian Climate Case Dismissed by European Court of Human Rights

Trump Orders Scale Back of Military Drills with South Korea Amid Iran Disagreement

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu