काठमाडौं, ३१ असार गते ।
अन्नमा नुन साट्ने चित्रबहादुर ः
पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पुर्खौली घरबाट बुवासँग भारी बोक्ने क्रममा काठमाडौं आउनुभएको थियो । राजनीति गर्ने विचार थिएन, साथीभाईको सरसंगतले कम्युनिष्ट पार्टीमा सामेल हुनुभयो । त्यो बेला घरबाट बागलुङ बजार आउन एक दिन लाग्थ्यो । तत्कालीन प्रधानमन्त्री डा. केआई सिंहले बागलुङको गलकोटलाई राज्य उन्मुलन गर्ने घोषणा ग¥यो । चित्रबहादुर केसीका बुवा नरिश्वर गौतम राजा महेन्द्रसँग राज्य उन्मुलन भएपनि गलकोटलाई सेवा केन्द्र बनाउनुपर्छ भनेर बिन्तीपत्रसहित डेलिगेसन आएका थिए । त्यो बेला बुवाको सामान बोकिदिने भनेर चित्रहादुर घरबाट अन्नमा नुन साट्ने चलन थियो । गहुँको भारीसहित बागलुङ बजार आउनुभयो । बजारदेखि पोखरासम्म बुवाको ओढ्ने, ओछ्याउनेको भारी बोकेर आउनुभयो । उहाँले त्यसैबेला बुवासँगै काठमाडौं आउनुभएको स्मरण गर्नुभयो । ‘अनाजमा नुन साट्न आएको, नुन त्यही दोकानमा राखेर पोखरासम्म भारी बोकेर आएँ । बुवाले काठमाडौं ल्याउनुभयो’, उहाँले भन्नुभयो ।
दरबारमा भाडा माँझ्दा ः
बुवाले काठमाडौंमा राजाको दरबारमा पढाउने भनेर राखिदिनुभयो । तर, दरबारमा भाँडा माझ्ने मान्छे चाहिएको रहेछ । यसैकारण्ल, उहाँले दरबारमा भाडा माझ्ने काम गर्नुभयो । उहाँले भन्नुभयो, “मैले दुई, चार महिना दरबारमा भाडा माझें । पछि दरबारबाट निस्केर पढ्न थालें ।” त्यसपछि २०१७ मा मध्यामिक तहको शिक्षा नन्दीकिशोरी नामक विद्यालयमा पुरा गर्नुभयो । त्यसपछि गाउँ फर्केर पढाउने काम गर्नुभयो र पैसा जोहो गरेर त्रिचन्द्र क्याम्पसमा इन्टर गर्नुभयो । उहाँले २०२५ मा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेटमा बीए उत्तिर्ण गर्नुभएको हो ।
उहाँको जन्म विसं. १९९७ माघ २० गते बागलुङको गलकोटमा भएको हो । उहाँको बुवा ब्राहमण समुदायको हुनुहुन्थ्यो । त्यो बेलाको सामाजिक चलन अनुसार बाहुन बुवाले क्षेत्रिनी विवाह गरेको हुनाले खत्री क्षेत्री भएको उहाँले बताउनुभयो । उहाँको आमाको नाम पार्वती केसी हो । त्यो बेला दुई, तीन जना श्रमिती विवाह गर्ने कुसंस्कार थियो । तीन जना आमाबाट ११ दिदीबहिनी र १४ जना दाजुभाइ उहाँको भयो । “तीन आमाबाट ११ छोरी, १४ भाइ थियौं । अहिले ८ भाइ र सात दिदीबहिनी जीवित छौं”, उहाँले भन्नुभयो । अहिले उहाँको आफ्नै दुई छोरा र एक छोरी हुनुहुन्छ ।
राजनीतिक यात्रा ः
विद्यालयमा कम्युनिष्ट पार्टीमा आबद्ध एक जना साथीसँग सरसंगत बढ्यो । साथी प्युठानतिरको हुनुहुँदो रहेछ । त्यसअघि राजनीतिक सिद्धान्त र व्यवहारबाट अपरिचित उहाँ साथीसँगै कम्युनिष्ट पार्टीमा आबद्ध हुँदै जानुभयो । “म सिद्धान्त, राजनीति बुझेर, माक्र्सवाद, लेनिनवाद बुझेर कम्युनिष्ट भएको होइन । कसैको सरसंगतबाट यो आन्दोलनमा सामेल भएको हुँ । म सामेल हुँदा कम्युनिष्ट पार्टी खुला थियो, वसन्तपुरमा केन्द्रीय कार्यालय थियो”, उहाँले भन्नुभयो । नेपालमा भर्खर राणा शासन गएर प्रजातन्त्र पुर्नस्थापन भयो । त्यसको ८, १० वर्षमा प्रजातन्त्र पनि सिधिएको अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । सामन्तवाद पुँजीवादी व्यवस्थाबाट मुलुकको उद्धार हुन नसक्ने, शोषित पीडितको उद्धार नहुने ठम्याएपछि कम्युनिष्ट पार्टीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादी सिद्धान्तका लागि कम्युनिष्ट सिद्धान्त नै चाहिन्छ भनेर मेरो क्षमताले भ्याए, बुझेसम्म यो कम्युनिष्ट आन्दोलनमा सामेल भए ।”
२०४० मा उहाँ नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनको सदस्य हुनुहुन्थ्यो । त्यसपछि मोहनविक्रम सिंहसँग उहाँको भेट भयो । २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ मा उम्मेदवार हुनुभयो । २०५६ को आमनिर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट चुनाव लड्दा यही क्षेत्रबाट विजयी हुनुभयो । २०६२ मा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा गठन भएर जनमोर्चा नेपाल गठन भयो । उहाँ जनमोर्चा नेपालको सदस्य हुनुभयो । २०६५ मा जनमोर्चा नेपाल विभाजित भयो । त्यसपछि नेकपा मसाल केन्द्रको पक्षमा लाग्नुभयो । पछिल्लो समय, २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा विजयी सांसद हुनुहुन्छ । आजभोलि नियमित संसद जानुहुन्छ । सांसदलाई दिने तलब भत्ताले सहयोग गरेको छ । यसअघि भने उहाँ सार्वजनिक यातायातमा हिड्ने गर्नुहुन्थ्यो ।
सकारात्मक पक्षको अनुकरण आवश्यक ः
गण्डकीबाट वाम आन्दोलनाई सुरु गर्नेमा उहाँ पनि एक हुनुहुन्छ । यसबीच अनेक टुटफुट आए । विश्वस्तरमा नै कम्युनिष्ट आन्दोलन खस्केको बेला नेपालमा कम्युनिष्टको जनमत राम्रो रहेको उहाँको विश्लेषण छ । वामपन्थ, समाजवादी व्यवस्था र विचार पुरानो भएर नयाँ ढंगबाट जाने कुरा उठ्ने गरेको छ तर, ठुला भनिने पार्टी र नेताले कम्युनिष्टको खोल ओढेर साम्राज्यवादी, समान्तवादी र पुँजीवादी आचरण, संस्कृति र व्यवहार अंगालेको उहाँको आरोप छ । उहाँले साम्राज्यवादी, पुँजीवादी आचरणलाई आधुनिक सिद्धान्त मान्न नसकिने बताउनुभयो । नयाँ पिँढीले पनि नकरात्मक कुराको विरोध गर्दै कम्युनिष्ट आन्दोलनको सकारात्मक पक्षको अनुकरण गर्नुपर्ने उहाँको सुझाव छ ।
कतिपय व्यवहारिक कुरामा समाजमा आएका परिवर्तनहरु विचारमा आएका परिवर्तनलाई समयानुकुल बनाएर लाने कुरा बेग्लै कुरा भयो । त्यसकारणले कम्युनिष्ट सिद्धान्त चाहिँ साम्राज्यवादीहरुलाई मान्य हुने गरी साम्रज्यलाई मान्य सामन्तलाई, भ्रष्ट सिद्धान्तलाई मान्य हुने गरी कम्युनिष्ट सिद्धान्त तोडमोड गर्ने र यो सिद्धान्तलाई म् ागी खाने भाँडो बनाएर सिद्धान्त बेच्न होइन, सिद्धान्त अहिले पनि ठीक छ । लेनिनवाद संगठनात्मक सिद्धान्तबाट पतन भएका कारणले वाम आन्दोलनका धेरै नेताहरु कार्यकर्ता भ्रष्ट भइरहेका छन् । त्यसकारणले अहिले पनि एउटा लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आत्मसाथ गरेर दृढतासाथ साम्राज्यवादका विरुद्धमा एउटा जुन भ्रष्ट पुँजीवादी आचरण छ, नैतिकता छ, त्यसका विरुद्ध हामी संघर्ष गरेर नयाँ पीढीले दृढतापुर्वक एउटा चाहिँ क्रान्तीकारी बाटोमा अगाडि बढ्नुपर्छ ।
समाजवाद बहुसंख्यक जनताका लागि :
निश्चिन्तसाथ हामी के आशा हुनुपर्छ भने, भोलि आउने पिढीँले संसारमा जुन लोभ, अन्याय, अत्याचार, भ्रष्टाचार छ, यसको अन्त्य गरेर बहुसंखयक जनताले खान पाउने, लाउन पाउने, शिक्षा पाउने, रोजगारी पाउने यो प्रणाली भनेकै समाजवादी प्रणाली हो । यसका लागि निरन्तर धैर्यतापुर्वक काम गर्नुको विकल्प छैन ।
म ८३ वर्षको भए । नेपालमा कम्युनिष्ट आन्दोलन राम्रै किसिमले अहिले संसारमा कम्युनिष्ट आन्दोलन ओझेलमा परेको स्थितीममा नेपालमा देखिने बाहिरी रुपमा शक्तिशाली देखिन्छ । तर त्यो सुन्निएर मोटाएको जस्तो । ठूला पार्टीले सुन्निएर मोटाएपनि जीऊ ठूलो हुन्छ । त्यसकारण वैचरिक, संगठन, आचरणको क्षेत्रमा । बाहिर देख्दाखेरी सारमा बलियो छैन । रुपमा चाहिँ ठुलो देखिन्छ । संसारमका सामज्यवादीले सुन्दा देख्दा, रुपमा र सारमा धेरै खस्केको छ ।
उहाँले वाम आन्दोलनबाट कतिले जितेका मन्त्री जितेको वा सिमितलाई उपलब्धि भएको भए पनि समग्रमा वाम आन्दोलनको सार कमजोर रहेको बताउनुभएको हो ।
फोटो÷भिडियो ः ध्रुव अधिकारी
(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृत्तान्तको लागि गरिएको संवादमा आधारित)
प्रतिक्रिया दिनुहोस्