ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत बाढी : ४५ वर्षपछि ताजमहल छिर्‍यो यमुनाको पानी


ABC NEWS
१ श्रावण २०८०, सोमबार   १० : ०३   बजे

नयाँ दिल्ली १ साउन । भारतमा लगातारको वर्षापछि आएको बाढी र पहिरोले जनजीवजन कष्टकर बनेको छ। उत्तर भारतमा थप भारी वर्षाको अनुमान गरिएको छ।

आगराको यमुना नदीले आइतबार बिहान खतराको स्तर पार गरेको छ। ४५ वर्षपछि यमुनाको पानी ताजमहलको पर्खालमा पुगेको छ।

दिल्लीमा यमुनाको पानीको स्तर केही घटेको छ, तर यो अझै पनि खतराको चिन्ह २०५।३३ मिटर माथि बगिरहेको छ। गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथि छ। ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ। हिमाचल प्रदेशमा पनि आइतबार धेरै जिल्लामा पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ। यस अवधिमा केही स्थानमा बादल फाट्ने र बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा वर्षा भएको थियो। जसकारण नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको चेम्बरमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ। ताजमहलको छेउमा यमुनाको किनारमा बनेको बगैँचा बाढीले बगाएको थियो।
यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। सीमावर्ती गाउँमा पानी डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ।

आइतबार हिमाचल प्रदेशका अधिकांश स्थानमा पानी परेको छ। मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने पदयात्रा गर्न गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ ।
रातभरको वर्षाका कारण बद्रीनाथ र हेमकुण्ड यात्राका १५ सयभन्दा बढी तीर्थयात्री अलपत्र परेका छन्।
Floodwaters in India’s northern Uttar Pradesh state are threatening the Taj Mahal, one of the Seven Wonders of the World. Video courtesy of Reuters.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group