काठमाडौँ १८ साउन । माओवादी केन्द्रका केन्द्रीय समितिको जारी बैठकमा दोस्रो दिन ५६ जना नेता तथा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्दै पार्टी विधान नुसार चल्न नसकेको सझा धारणा व्यक्त गरेका छन्। बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्नेहमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ देखि रुकुमकी लक्ष्मी पुनसम्मले पार्टी कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने समान धारणा राखेका छन् ।
पार्टी अलिअलि त विग्रेकै छ : प्रचण्ड
दोस्रो दिनको बैठकबाट बाहिरिंदै गर्र्दा पार्टी अध्यक्ष प्रचण्डलाई पत्रकारले घेरिहाले । तपाईंले माओवादी पार्टीजस्तो भएन भन्ने किन टिप्पणी गर्नुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अहिले अलिअलि बिग्रेको छ भएर पार्टीजस्तो भएन भनेको हुँ । यो बैठकपछि अब पार्टीलाई सुधारेर लगिन्छ ।’
जारी बैठकमा नेताहरुले पार्टी नेतृत्वको चर्का आलोचना गरेका छन् ।
दोस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले एउटा शक्तिशाली समिति बनाएर ०४६ यता सत्ता र उच्च पदमा पुगेका नेतादेखि कर्मचारीसम्मको सम्पत्ति खोज्न प्रचण्डलाई आग्रह गरेका हुन्।
‘अध्यक्षको सुशासन अभियानलाई हाम्रो दह्रो साथ रहनेछ। यसमा अझै निर्मम बन्नुहोस्’, उनले भने, ‘यो काम प्रचण्ड र नारायणकाजीले मात्रै गर्न सक्छन् भन्ने जनतामा परेको छ।’
उनले देशको भ्रष्टाचार घटाउन शक्तिशाली समिति चाहिने पनि सुझाए। ‘अधिकारसम्पन्न छानबिन समिति बनाएर ०४६ सालछाडिका सबै सुविधामा रहेका उच्च पदस्थ राजनीतिक नेताहरु र प्रशासकहरुको सम्पत्ति छानबिन गर्ने तयारी गर्नुहोस्’, घिमिरेले प्रचण्डलाई भने।
उनले शक्तिशाली, एकीकृत र लडाकु कम्युनिष्ट पार्टी स्थापना गरेर मात्रै समाजवादी क्रान्ति सफल बनाउन सकिने कुरामा विश्वास गर्न पनि नेतृत्वलाई सुझाव दिएका छन्।
‘समाजवादको लक्ष्य प्राप्त गर्नका लागि पार्टी ध्रुवीकरण आवश्यक छ। तर अवसर गुम्छ भनेर गुटबन्दी गर्ने, ध्रुवीकरण गर्न नदिने, नजिक आउन खोजेकाहरुलाई हतोत्साहित गर्ने हो भने कसरी लक्ष्य भेटाइन्छ तरु’, उनले भने, ‘पार्टी नेतृत्वबारे अनेक कुरा बाहिर आएका छन्। बजारमा आएका कुरा हामीलाई स्वीकार्य छैन।’
बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन् । उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको उल्लेख गरिन् । सांगठनिकरुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने उनको सुझाव थियो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्ने उनको माग छ ।
‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो । महाधिवेशनमा नीति बनाउाछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि तत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हँदाहँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छु शर्माले भनिन् ।
विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको उनले बताइन् । ुयोजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या छु उनले भनिन्,ुअब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ । जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ । बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ ।’
केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए । माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताउनु भयो । ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने होु उनले भने,ुजनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् । ३ महिनाभित्र विधान सम्मेलन गर्नुपर्छ । किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन । हामी जतिबेला पायो त्यतिबेला बदलिन्छौं ।ु
अर्का केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने बताए । त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताए ।
‘वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषि हुँ । पार्टीको संगठन राम्रो भएन । जनतामा हामी कम गयौं । टाठाबाठा, जान्नेसुन्ने, धनिमानी, हुनेखानेहरुमा बढी समय बितायौं । सहरिया, बजारिया भयौं । ग्रामीण जीवनमा गएनौुं उनले भने,ुएउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरु चुनावबाट आउनुपर्यो । चुनावबाट आउनुपर्यो भने कार्यकर्ता गाउँमा पनि जान्छन् । बाध्य भएर जान्छन् । गाउँबाट भोट जितेर आउनुपर्यो नि ।ु
केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए । उनले आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामूहिकतामा विश्वास गर्नुपर्ने उनको धारणा थियो ।
केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताइन् । अर्का केन्द्रीय सदस्य युवराज चौलागाईंले केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए ।
केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने धारणा राखे । ‘सरकारले भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा गतिलो ढंगले दोषिलाई कारबाही गर्ने काम गरिरहेको छ, पार्टीभित्र वा बाहिरका हुन् जो सुकै हुन् । त्यसलाई निर्मम ढंगले कोच्नुपर्छ । यो टड्कारो रुपमा उठेको छ । यदी माओवादीका नेताहरु भएपनि यस्ता सुन काण्डहरुमा गिरोहलाई साथ दिने लाई निरुत्साहित पार्नुपर्छ । कोही मुछिएको खण्डमा जनताले देखिने गरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्छ र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ ’ उनले भने ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य गगन पुरीले शिक्षा र स्वास्थ्य संस्थागत भ्रष्टाचार बढेको भन्दै सरकारमा भएकाले यसलाई नियन्त्रणमा ध्यान दिनुपर्ने नेतृत्वलाई सुझाए।
अर्का केन्द्रीय सदस्य सन्तोष विष्टले आफ्ना भनाइ राख्ने क्रममा पार्टीका विद्यार्थी मोर्चाको विवाद समाधान नभएको भन्दै नेतृत्वको आलोचना गरे।
अर्का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले समाजवादमा जानका लागि पार्टी पदाधिकारीहरुले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन्।
अर्की केन्द्रीय सदस्य लक्ष्मी पुनले अब जनतासँग भिज्न सक्नेलाई मात्रै पार्टी नेतृत्व हस्तान्तरण गरिनुपर्नेमा जोड दिएकी छन्।
‘जसले जनता रुँदा रुन सक्छ, हाँस्न सक्छ, त्यस्ता नेतालाई अबको नेतृत्व हस्तान्तरण गर्नुपर्दछ’, उनले बैठकमा भनिन्।
अर्का केन्द्रीय सदस्य जगत सिंखडाले माओवादी पार्टी पार्टी जस्तो नभएको बताए। उनले पार्टीमा अराजकता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न नेतृत्व गम्भीर हुनुपर्ने बताए।
बैठकमा बोल्ने क्रममा सिंखडाले सहकारीका कारण लाखौँ जनताले दु:ख पाएको भन्दै यसबारे छानबिन गर्न गम्भीर हुनुपर्नेमा जोड दिए।
महराको आफ्नै दुःख
कपा ९माओवादी केन्द्र०का प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरे ।
महराले यसको खण्डन गरिसकेको पनि जानकारी दिए । “सुन प्रकरणमा मेरो संलग्नता छैन । राजनीतिक प्रतिशोध साधियो । मैले खण्डन गरिसकेको छु,” महराले भने ।
गृहमन्त्रीको पुरानै दावी
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् । उनले भने, ‘सुन प्रकरणका विषयमा मेरो विषयमा मैले प्रेस विज्ञप्ति जारी गरिसकेको छु । आज बिहान एउटा स्टाटस जारी गरेको छु । त्यसमा मेरो कुनै संलग्नता छैन । यसमा राजनीतिक पूर्वाग्रह देखिन्छ ।’
‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठको भनाइ छ । सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बनाएका हुन् ।
मिति : २०८०/०४/१८
प्रेस नोट
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौंथो पूर्ण बैठक सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबारदेखि प्रज्ञा भवन कमलादी, काठमाडौँमा जारी रहेको छ । केन्द्रीय समितिको बैठकसम्बन्धी संक्षिप्त जानकारी गराउने उद्देश्यले यो प्रेस नोट जारी गरिएको छ ः
१. बैठकको प्रारम्भमा नेपालको परिवर्तनकामी आन्दोलन १० वर्षे महान जनयुद्ध, १९ दिने जनआन्दोलनलगायत मधेश आन्दोलन र विभिन्न आन्दोलन र संघर्षहरुमा शहादत गर्नुहुने महान् शहीदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो ।
३. बैठकको पहिलो दिन अध्यक्ष कमरेड प्रचण्डबाट संक्षिप्त मन्तव्यसहित बैठकको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष कमरेड प्रचण्डले बुधबार राजनैतिक एवम् संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
४. अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको ‘‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि हालसम्म ७४ जना कमरेडहरूले आफ्नो विचार राख्नुभएको छ । विचार राख्ने सबैजसो कमरेडहरूले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनको मूल स्प्रीडको समर्थन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकारले लिएको पहल र पार्टी पुनर्निर्माणका पक्षमा आ–आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको छ ।
५. प्रस्तावमाथि बुधबार १८ जना र विहीबार पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरासहित निम्न ५६ जना कमरेडहरुले आफ्नो धारणा राख्नुभएको छ ।
बिहीबारको बैठकमा झंकार साउद, लेखनाथ न्यौपाने, मणिकुमार साम्पाङ, ओमप्रकाश पुन, गोविन्द लोहार, नारायणकाजी श्रेष्ठ, केशवनाथ योगी, दीलिपकुमार प्रजापति, हितबहादुर तामाङ, माधव सापकोटा, हरिराज अधिकारी, शिवराम यादव, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दीलिप साह, झकबहादुर मल्ल, विष्णुप्रसाद भट्ट, भीमकुमारी बुढामगर, रामदीप आचार्य, सुरेश आलेमगर, भगतबहादुर बडुवाल, कीर्तिबहादुर पुन, कृष्णबहादुर महरा, नगेन्द्र राई, प्रकाशहरि पोखरेल, डिपी ढकाल, कालीबहादुर मल्ल, नीलकण्ठ तिवारी, विशाल खड्का, आइपी खरेल, नरेन्द्र न्यौपाने, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, गगन पुरी, बिमला सुवेदी, सन्तोष विष्ट, टेकबहादुर बस्नेत, नरबहादुर विष्ट, दुर्गाकुमारी बि.क., प्रह्लाद बुढाथोकी, लक्ष्मी पुन, शिवकुमार डाँगी, वीरबहादुर रावल, जगत सिम्खडा, विजय भण्डारी, दलजीत श्रीपाली, रणेन्द्र बराइली, विष्णु बि.क., परशुराम रम्तेल, धनप्रसाद सापकोटा, टेकबहादुर बलम्पाकी, अनिलकिशोर घिमिरे, लोचन केसी, राजबहादुर बुढा, बिमल अधिकारी र गोम्बु शेर्पाले आफ्नो धारणा राख्नुभएको छ ।
६. बैठकमा विचार राख्दै कमरेडहरूले पार्टी अध्यक्ष कमरेड प्रचण्ड नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित जनप्रिय काम गरिरहेको, भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको, पार्टीको ऐतिहासिक आठौँ महाधिवेशनले संश्लेषण गरेको राजनीतिक कार्यदिशा वैज्ञानिक र वस्तुनिष्ठ भएकाले सोहीअनुरूप पार्टी पुनर्निर्माणको कार्ययोजना निर्माण गरेर अगाडि बढ्नुपर्ने, पार्टी रूपान्तरण गर्दै समाजवादको आधार तयार पार्न सिंगो पार्टी एकतावद्ध संकल्पका साथ अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।
६. बैठकमा सहभागीहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बिहीबार स्थगित केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजेबाट पुन शुरु हुनेछ । सो बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुहुनेछ ।
क्रान्तिकारी अभिवादन सहित !
कृष्णबहादुर महरा
(प्रवक्ता)
प्रतिक्रिया दिनुहोस्