ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी हुँदैन : वर्षमान पुन


ABC NEWS
२४ श्रावण २०८०, बुधबार   २ : ३६   बजे

काठमाडौं २४ साउन। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुनकाण्डमा आरोप लाग्दैमा कोही अपराधी नहुने बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने क्रममा उपमहासचिव पुनले आरोप लागेका माओवादी नेताहरु पुष्टि भए कानुनी दायरामा जाने बताए ।

“कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए उ जान्छ,” उपमहासचिव पुनले भने, “तर, आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।”

पुनले सुन तस्करी प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प पनि बाँकी रहेको बताए ।

पुनलाई साउन १७ देखि २२ सम्म बसेको केन्द्रीय समिति बैठकले उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी तोकेका थियो । यसअघिका इन्चार्ज लीलामणि पोखरेलको मधेस प्रदेशमा जिम्मेवारी तोकिएपछि उनको बिदाइ भएको छ ।

उउपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अबका निर्वाचनहरुमा विदेशमा रहेका नेपालीहरु निर्णायक हुने बताएका छन्।

पुनले प्रविधिको उच्चतम् विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुकभित्रको राजनीतिक समीकरण बदल्ने सक्ने अवस्था आएको बताए।

पार्टीहरुले यसअघि नागरिकका घर-घरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने उनले बताए।

‘आजको युग प्रविधिको हो। पहिला जसरी मानिसका घरघरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था नरहन सक्छ’, बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पेरिसडाँडामा आयोजित कार्यक्रममा पुनले भने, ‘प्रविधिका कारण अबका निर्वाचनमा देशकाभन्दा बाहिर रहेका नेपालीहरु निर्णायक हुनेजस्तो देखिएको छ।’

उनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गरे। पुनले पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए।

उनले हरेक घरमा डिजिटल बहस हुने गरेको भन्दै एकै घरमा पनि फरकफरक विचारका मानिसहरु हुन थालेको स्मरण गरे।

‘पहिला-पहिला मुखिया र जिम्मावालहरुको धारणा नै आममानिसको हुने जस्तो थियो। पछि राजनीतिक दलहरुका धारणामा मानिसहरु विभाजित थिए’, उनले भने, ‘अहिले त एउटा घरमा चार जना छ र फरक-फरक पेशामा छ भने चारैथरि विचारको छ, चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको छ। प्रविधिले समाजको चरित्रमा बदलाब आएको छ।’

प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरुले राजनीतिमा टिक्न नसक्ने भन्दै पुनले पार्टीलाई प्रविधिमैत्री बनाउन आफू सक्रिय रहेको बताए।

उनले नेपाल प्रविधिको व्यापारका लागि उपयुक्त थलो भएको भन्दै आगामी ५ वर्षभित्र वार्षिक ५ खर्ब रुपैयाँ प्रविधिका उत्पादन निर्यातबाट आम्दानी हुने प्रक्षेपण हालै मात्र सार्वजनिक भएको चर्चा गरे।

यद्यपि प्रविधिले नै उत्पादन गरेको कृत्रिम बौद्धिकता भने मानिसका लागि चुनौतीका रुपमा आएको तर्क पुनले गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu