ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा भारी वर्षाका कारण कम्तीमा ४३ जनाको मृत्यु


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ८ : ३९   बजे

नयाँदिल्ली, ३०  साउन  । भारी वर्षाका कारण आएको पहिरोमा परेर भारतको पहाडी क्षेत्र हिमाचल प्रदेशको विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाचलका सिमला, सोलन, मन्डीलगायत क्षेत्रका छन् । केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा सवारीसाधन बगाएको छ । भवन र पुलहरू भत्किएका छन् ।

बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ । विशेषज्ञका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ ।

सबैभन्दा बढी प्रभावित राज्य हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘स्थानीय प्रशासनले अझै फसेका व्यक्तिहरूको उद्धारका लागि भग्नावशेष हटाउन लगनशीलताका साथ काम गरिरहेको छ’ मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गरेका छन् । प्रभावित हिमाचल राज्यका विद्यालयहरू बन्द गरिएका छन् ।

छिमेकी राज्य उत्तराखण्डमा भारी वर्षाका कारण पहिरो जाँदा मानिसहरू पुरिएको आशंकामा उद्धार टोलीहरू भग्नावशेष हटाउन निरन्तर खटिरहेका छन् । उक्त राज्यमा शुक्रबारदेखि अहिलेसम्म कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

त्यस्तै सिमलाको समरहिल क्षेत्रको शिव बावडी मन्दिर पनि सोमबार पहिरोमा परेको छ । साउनको अन्तिम सोमबार उक्त मन्दिरमा दर्शनार्थीको भीड थियो । जहाँ कम्तीमा १० जनाले ज्यान गुमाएका हुन् भने अझै कैयौं मानिस हराइरहेका बताइएको छ ।

घटनास्थलमा ठूलो संख्यामा उद्धार टोली खटाइएको छ । मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् । केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रूपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।

हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम कायमै रहेको छ । पहिरोमा परी घर, गाडी पुरिएका अवस्थामा छन् भने कतिपय स्थानमा बाटो अवरुद्ध हुँदा आवागमन ठप्प छ । बाढी र पहिरोका कारण एक महिनाभित्र हिमाचल प्रदेशमा दोस्रो पटक ठूलो मात्रामा जनधनको क्षति भएको हो । उत्तराखण्डको धार्मिकस्थल ऋषिकेशमा आएको पहिरोमा परी एक रिसोर्ट पुरिएको छ भने त्यहाँ ५ जना हराइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा ल्याउँछ । यो वर्षा कृषि र लाखौंको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group