ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाले नेताहरुको उमेर हद हटायो, १७ सदस्यीय पदाधिकारी, लोगो पनि परिवर्तन (विधानको पूर्णपाठ)


ABC NEWS
२ भदौ २०८०, शनिबार   ८ : ५२   बजे

काठमाडौं २ भदौ । जनता समाजवादी पार्टीले पार्टीको कार्यकारी समितिमा ७० वर्षे उमेर हद लागू गर्ने बारे भएको बहसबाट पछि हटेको छ ।

पार्टीको गत असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हद लागु गर्ने गरी विधानको मस्यौदा प्रस्तुत गरिएको थियो।

तर, अधिकांश प्रतिनिधिले उमेर हद लागु गर्नु नपर्ने बरु एउटै कार्यकालमा लगातार दुई कार्यकाल उठ्न नपाइने व्यवस्था राख्नु सुझाव दिएका थिए।

विधान प्रमाणीकरण गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो।

समितिमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्यहरू रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र नेता दीपेन्द्र झा थिए।

समितिले विधानलाई अन्तिम रूप दिँदा उमेर हदको प्रावधान हटाइएको छ ।

विधानको धारा ८६ मा एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने व्यवस्था राखिएको छ।

‘निर्वाचित जिल्ला समिति, प्रदेश÷राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन,’ विधानको धारा ८६ मा भनिएको छ।

राष्ट्रिय महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ समेत गरी १७ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने विधानमा व्यवस्था छ।

राष्ट्रिय महाधिवेशनले १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने विधानमा उल्लेख छ।

पदाधिकारी तथा सदस्यहरूको निर्वाचन गर्दा ३ जना निर्वाचित हुने पदहरूमा १ जना महिलासहित सामाजिक समूहहरूको समावेशीता अनिवार्य गर्नुपर्ने छ।

सचिवमा समावेशी समूहअनुसार प्रतिनिधित्व गराइने विधानमा उल्लेख छ।

जसपामा संघीय परिषद् र केन्द्रीय समिति छुट्टाछुट्टै संरचना रहने पनि विधानमा उल्लेख छ।

सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने छ । केन्द्रीय निकायका अध्यक्षहरू यस समितिका पदेन सदस्य हुने व्यवस्था छ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण समूह, थारू, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक समुदायका जातीयरसामाजिक समूहरू बाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित गरिने विधानमा व्यवस्था छ।

पहिचानमा आधारित ११ वटा प्रादेशिक संरचनाहरू रहने विधानमा उल्लेख छ। जसमा लिम्बुवान, किरात, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरूहट, खसान र शिल्पी÷दलित विशेष समिति हुने छन्।

रातो रङ्गको पृष्ठभूमिमा बिचमा सेतो रङ्गको पाँचकुने तारा रहने गरी जसपाले झण्डाको रङ पनि परिवर्तन गरेको छ। यसअघि जसपाले पृष्ठभूमिमा हरियो रङ प्रयोग गर्दै आएको थियो।

यस्तै रातो रङ्गको गोलाकारभित्र रातो रङ्गको पाँचकुने ताराको बिचमा सेतो रङ्गको हातको मुट्ठी रहने गरी पार्टीको लोगो पनि परिवर्तन गरेको छ।

जसपा-पार्टी-बिधान-२०८०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group