हतार हतार उनी बाइकबाट झरिनर । कान समाउंदै हस्पिटलको गेटबाट भित्रपस्दा उनी निकै हतास देखिन्थिन् । जिवनजल किन्न हस्पिटलको स्टोरमा उभिंदा मैले उनलाई अनुमान नै गर्न सकिन । किन उनी यतिधेरै हतास छिन् भनेर । बाइक गेट बाहिरबाटै फर्कियो । उनी सरासर जनरल वार्डमा गइन र आफ्नो दुखेको कानको बिषयमा बताउन थालिन् । म पछि पछि गएर ढोकैमा उभिएर उनका कुरा सुन्न थालें । लाग्यो कानमा पानी परे होला र कान दुखेको होला अथवा किरा पो पस्यो कि ? कहिलेकाहीं त कान त्यसै पनि दुख्छ । खै किन हो अपरिचित उनको कान दुखाइ मलाई सरोकारको बिषय बनेको थियो । उनले डक्टरसंग के कुरा गर्दै थिइन् मलाई बाहिर जानुपर्ने भयो । पानी किनेर फेरि उनी भएको कोठामा पुग्दा डक्टरले भन्दैथिए तपाईको कानको एक्सरे गर्नुपर्छ । उनी सरासर एक्सरेमा पुगिन र कानको एक्सरे गर्न थालिन । सायद पैसा पहिल्यै तिरेको हुनुपर्छ । कानको रिपोर्टसंगै फेरी उनी डक्टरकोमा पुगेपछि मलाइ अरुको बिषयमा के चासो दिनु भनेर फर्किन मन लाग्यो । त्यति बेलै मैले सुने हिजो बेलुकी मेरो श्रीमानले हानेर मेरो कानको यो हालत भयो । कानमा प्वाल परेको छ पुलिस केस गर्नुस् भनेर डक्टरले उनलाई डिटेलमा सोध्न थाले । बाइस तेइस बर्षकी केटी दुई वर्षअगाडि मात्र बिहे भएको रहेछ । ससुरा पनि वकिल, श्रीमान पनि वकिल । अरुलाई न्याय दिन बहस गर्ने वकिल श्रीमतीको कानको जाली फुटालेकोमा गर्व गर्दै भन्ने रैछ । म वकिल तैंले मलाई केही गर्न सक्दिनसे । सक्छेस भने गरेर देखा । भर्खर बाइकमा हस्पिटल सम्म ल्याउने पनि त्यही श्रीमान वकिल रैछ । कस्तो अचम्म उस्ले बाइकमा राखेर उपचार गर्न हस्पिटल पनि ल्याएर छोडिदिन्छ । दिनरात टर्चर दिन्छ पिट्छ कुट्छ । मलाई अचम्म लाग्यो एक्काइशांै शताब्दीमा आउंदा पनि यस्ता नरपिचासहरु सांच्चै छन् त । डिटेलमा सोध्न मन लाग्यो । नचिनेकै भए पनि त मानवीय नाता छ हामीमा । मलाई उनको घाउमा नुन छर्ने मन थिएन । उनको पीडालाई गहिरोसंग बुझ्ने मन थियो । गर्न त के सकिएला नसकिएला तर सोध्न त किन नसक्ने ? मैले उनीसंग डिटेलमा जान्न चाहें आखिर सम्वन्ध कहांनेर आएर कमजोर बन्यो ? किन उनले बारम्वार पिटाई खान बाध्य छिन । दिदीको छोरीको बिहेलाई बागलुग हिंडेका हामी त्यस दिन पोखरामा नै बस्ने निधो गरेका थियौं । हामीसंग निकै नजिकको पारिवारिक सम्वन्ध रहेको परिवारसंग भेटघाट गर्न हामी हाम्रो आफन्तकोमा गयौं । त्यहां गएर चिया खाजा खाएपछि चर्चा चल्यो तीनै पीडित किशोरीको बिषयमा । मेरो आफन्तको भतिजी पर्नेको समस्या पनि त्यस्तै भनेर उहांहरुले सुनाउनु भयो । कुरा एउटै छ । एकैछिन पछि उहांहरुकी भतिजी त्यही आइन उनी त तिनै किशोरी थिइन जसलाई मैले अगाडि नै हस्पिटलमा भेटेकी थिएं । संयोग नै मान्नु पर्छ जसको बिषयमा जान्न म उत्सुक थिएं । उनी त हाम्रै आफ्नी मान्छे रैछन् । हतार हतार ट्याक्सीबाट झरेर उनी त्यही आइन । सिधै हस्पिटलबाट आउंदै रैछिन हामी पनि सरासर त्यहां आएका थियौ । कहांनेर फरक पर्यो कुन्नी । उनी आत्तिंदै भान्साको डाइनिङ्ग टेवुलमा बसिन । मोटामोटी कुरा मात्र मैले हस्पिटलमा सुनेकी थिएं । अब त्यहां मैले सुन्न भन्दा अगाडि नै उनले आफ्नाहरुलाई आफ्नो पीडा बताउन आतुर थिइन । असाध्यै इन्डियन सिरियल जस्तो लाग्ने उनको कहानीले मेरो मुटु सिरिंग भयो । मैले आफ्नै छोरीको आकृति देखें उनको मुहारमा । दुई वर्ष अगाडि उनलाई बिहे गर्ने प्रस्ताव राख्दै हेर्न जांदा उनी चितवनको गर्मीमा समेत आफूलाई कुल फिल गर्दै एकपटक यो सम्वन्ध नहुने भनेर फर्काइदिइन् । पटक पटक आफ्नाहरुले कर गरे पछि आफूभन्दा ठूलाले गरेको निर्णय भन्दै बिहेलाई हुन्छ भनिदिइछन् । सामान्यतया बिहे पछि तीन महिना टिकेको सम्वन्ध तीन महिना भन्दा अगाडी जान नसकेपछि पनि उनले अनेक यातना सहेर जानेमाने वकिलको श्रीमती र बुहारी बन्ने हरदम कोशिस गरिछन् । बाबु आमा साथीभाई कसैलाई नभनेर एक्लै सहंदै आएको यातनाले त्यसदिन त उनको कानको जाली नै फुटाइदियो त्यसपछि भने के गर्ने भनेर आफ्नो फुपुकोमा आएकी रहिछन । उनका सबै कुरा सुनेपछि मेरो मुटु थरथर काम्प्यो । आजको दुनियामा पनि यस्तो जंगली काम गर्नेहरुले किन बिहे गर्छन होला ? फेरी भर्खर बाइस तेइसकी बर्षको उमेरमा उनले भोग्नुपरेको यातनाको श्रृंखला हामीले सुन्नै नसक्ने थियो । समाजमा आफूलाई वकिल भएकोले तैंले केही गर्न नसक्ने भन्दै प्रत्येक दिन उनलाई यातना दिइने रैछ । ससुरा पनि वकिल श्रीमान पनि वकिल भएकाले समाजका मान्छेहरु उनीहरुले जे भन्छन् त्यही कुरालाई मान्ने रहेछन । मैले सोधे किन समाजले तिम्रो पीडा देख्दैन र उनीहरुकै पक्षमा लाग्छ त कतै तिम्रो दोष त छैन । उनी आत्तिंदै भनिन हामीलाई फर्जि मुद्धामा फसाइदिन्छ भनेर उनीहरुले त्यसो गरेको कुरा उनले त्यही समाजमा सुन्छिन् कहिलेकाहीं । कहांबाट शुरु भयो तिम्रो यो कहानी ? मैले फेरि सोधें । बिहे गरेको तीन माहिना सम्म सामान्य रुपमा चलेको सम्बन्ध एकै पटक आएर तीन महिनापछि यातना गृहको रुपमा परिणत भयो । सामान्यरुपमा चलेको तीन महिनामा के गल्ती भयो र म माथि यस्तो अत्याचार हुन थाल्योत ? उनले सोचिन् ।
श्रीमानको स्वभाव र सम्वन्धको बिषयमा जान्न चाहिन । कतै उहांको अरुसंग चक्करत छैन । एकदिन उनले आफंै देखिन उनको श्रीमान त लोग्ने बिदेश गएको अर्काको श्रीमती संग लागेको रैछ । उनले मोवाइलमा रेकर्ड गरिन । उनलाई देखेपछि उनको श्रीमानले झनै उनलाई अनेक सहन नसक्ने कुराहरु देखाउदै गएछ । घरको वकिल ससुरालाई देखाउन रेकर्ड गरेको भिज्युल श्रीमानले मोवाइल नै फोरेर फालिदिएछ । र अर्को मोवाइल किनिदिएछ । एकदम इन्डियन सिरियलमा जस्तो व्यवाहार छ उहांको उनले भन्दै गइन् । आफ्नो शरिरमा कम्पासले कोपेर रगत निकाल्ने अनि मलाई यस्तो गरि यस्ले भन्दै कोठाबाट चिच्याउंदै बाहिर निस्किनु हुन्छ । लगाएको जनैलाई चुंडालेर शरिरमा घाउ बनाउंदै यस्ले यस्तो गरि भन्दै कोठाबाहिर आउनुहुन्छ । समाजमा पनि श्रीमान कुट्ने श्रीमती भनाउन उहांले अनेक खाले प्रयास गर्नुहुन्छ । यति भनिरहंदा उनले श्रीमानलाई तंपाई नै भनिरहेकी थिइन । मेरो श्रीमान, बुवा, आमा र उनका फुपु पुसाजु हामी सबै थियौं । थाहै नपाई मेरो आंखाबाट आंशु टपक्क चुहियो । सायद सुन्न पनि गाह्रो भएको थियो हामीलाई । यति हुंदा पनि तिमी घरमै बस्नुको कारण ? मेरो आमाले सोध्नुभयो । सकेसम्म घर किन बिगार्ने बिहे गरिहालियो भन्दा उनी थरथर कांपीरहेकी थिइन । हामी बोल्न सक्ने अवस्थामा थिएनौ । यति सानो मान्छेले सहनु परेको दर्दनाक पीडा सुनेपछि मलाई चिट चिट पसिना आयो । के गर्ने के गर्ने भर्खरै गएर उनीहरुलाई घर बाहिर बोलाइ कालो मोसो दलौं कि जस्तो पनि लाग्यो तर समाधान त्यसमा कहां छ र ? फेरी उनीहरुका कुरा पनि त सुन्नु पर्यो । मैले पोखराकै संचारकर्मी जमुना वर्षा बहिनीलाई फोन गरें । उनी काठमान्डौमा रैछन् । दुईचार दिन पछि पोखरा फर्केपछि मैले सबै बुझेर के गर्ने गर्छु दि । हामीले सुन्नै नसक्ने यातना सहेकी रक्षालाई सायद आमाबाउले रक्षा नाम राख्दा पनि थाहा थिएन यति सानै उमेरमा आफ्नो असुरक्षा यति छिटै बढ्छ भन्ने । सांच्चै छोरी भएकै कारण घर समाजले के भन्ला भनेर आजका महिलाहरुले पनि यति धेरै यातना सहनै पर्ने हो ?आफुले आफैलाई प्रश्न गर्दै जांदा सायद समाज यहांको संरचना र आम महिलाहरुलाई सम्झे । सायद कमै महिलाहरु होलान् यति धेरै दर्दनाक यातना भोग्न बाध्य हुनेहरु हैन भने त समाज कसरी चल्छ र ? सबै मान्छे जनावर जस्तो स्वभाव भएका कहां हुन्छन र ? हरेक छोरीहरुको चाहना हुन्छ बिहे गरेपछि मायां गर्ने श्रीमान होस् अरु केही नभए पनि सम्वन्ध बलियो बन्यो भने सिंगो जिन्दगी सजिलै निकाल्न सकिन्छ । रक्षाको जमानाका आजका छोरीहरु झन मायां गर्ने श्रीमान, परिवार र घरको कल्पना गर्छन् तर उनको परिवारको संरक्षण गर्ने वकिल ससुरा अनेक नाटक मन्चन गछर्, समाजको अगाडि र उनलाई यातना दिन्छ । सौताने सासु श्रीमानले यातना दिदां हेरेर बस्छिन । नन्द अमाजुहरु उनलाई नै दोषी ठहराउन हाजिर हुन्छन् । सांच्चै जीवन केहो भनेर नबुझ्दै भएको बिहेले आज रक्षालाई सुरक्षा दिन नसकेको कहानी सुन्न पूर्व मन्त्रि, देशको जानेमाने पत्रकार समेत बिवश छ । मैले मेरा बा र श्रीमानलाई हेरें । निकै भाग्यमानी सम्झें आमा बाउलाई आजसम्म उनका छोरीहरुले यस्ता यातनाहरु सोच्न पनि परेन । यसो श्रीमान तिर हेरें उनका आंखा रसाएको देखें । समाजमा मान्छे मान्छे भित्र यति धेरै फरक छ, स्वभाव आचरण र ब्यावहारमा सच्चाहरु खुसी रहन सक्छन् ।
जमुना वर्षा बहिनीले काठमान्डौ बाट फर्केपछि तिम्रो समस्याको समाधानमा साथ दिनेछन् भन्दै हामी त्यहां बाट उठ्यौं । काठमान्डौ आएपछि पनि मैले रक्षालाई फोन गरें तिम्रो अवस्था कस्तो छ भनेर । झनै जटिल भएको बताए पछि फेरी मैले पोखरा फोन गरे बहिनी जमुनालाई उनले मैले सहयोग गर्छु भनेकी छन् । हेरौं उनको यातनाको अन्त कसरी हुन्छ । मैले यहां उनको वकिल श्रीमान र ससुराको नाम लिएकी छैन । जस्को सबै डिटेलमा जमुनाले बुझेपछि एउटा काहाली लाग्दो यातनाको लामो फेहरिस्त संगसंगै उनलाई न्याय दिन गरेको प्रयास हामीले बाहिर ल्याउने छौ ।
प्रतिक्रिया दिनुहोस्