ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया नक्साको जबाफमा नेपालले भन्यो– ‘हाम्रो नक्सालाई अरु देशले पनि सम्मान गर’


ABC NEWS
१५ भदौ २०८०, शुक्रबार   ८ : २४   बजे

काठमाडौं १५ भदौ । सरकारले नेपालको संसद्ले सन् २०२० मा सर्वसम्मत रुपमा स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ।

‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपाल नक्सा नेपाली ससदले अनुमोदन गरेको र त्यसमा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख छ ।

‘सन् २०२० मा नेपालको संसद्‍ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ,’ प्रेस नोटमा छ ।

नेपालले कुनैपनि सीमाको विषय संवाद र कूटनीतिक तवरबाट टुंगो लगाउने पनि परराष्ट्रले बताएको छ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश गरेको छैन। सो बारे विवाद बढ्दै जाँदा परराष्ट्रले विज्ञप्ति जारी गर्दै आफ्नो औपचारिक धारणा प्रस्तुत गरेको हो।

यसैबीच नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा कुरा उठाउने बताएका छन् ।

‘धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी भएपछि बुझ्दा त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको छ भन्ने छ,’ सापकोटाले भने, ‘हाम्रो पार्टीको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस विषयमा पनि कुराकानी हुन्छ ।’

सापकोटाले चुच्चे नक्साको विषयमा सरकार पनि प्रष्ट हुनुपर्ने र जनतालाई पनि प्रष्ट पार्दै लैजानुपर्ने बताएका थिए । प्रधानमन्त्री दाहाल असोजको पहिलो साता चीन भ्रमणमा जाँदै छन् ।

चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

तर भारतले नेपालको नयाँ नक्सालाई स्वीकार गरेको छैन र नेपाली भूमिमा भारतीयहरु अझै बसिरहेका छन् । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि सोमबार नयाँ चुच्चे नक्साको स्थानमा पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा बाहिर ल्याएको हो ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उक्त नक्सा चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको हो ।

सन् २०२३ को संस्करण भन्दै उल्लेख गरेको उक्त चिनियाँ नक्साको छिमेकमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा बुच्चे नक्सालाई नै राखिएको हो । ‘यो नक्सा चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिको आधारमा तयार गरिएको हो,’ ग्लोबल टाइम्समा उल्लेख छ । ताइवानसमेतलाई समेटिएको चीनको नयाँ नक्सामा नेपालको बुच्चे नक्सालाई कायम गरेर ग्लोबल टाइम्सले आफ्नो ट्वीटर ह्यान्डलबाट सेयर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu