शुभशंकर कँडेल : मिडियाले सत्ता र शक्तिमा रहेकालाई कन्टोभर्सीमा पार्दछ भन्ने न्यारेटिभ बन्दै आएको छ । तर नेपालको सन्दर्भमा व्यवहारिकरुपमा निजी समाचार च्यानलको शुरुवातदेखि अहिलेसम्म आउँदा दर्जनौंका संख्यामा विभिन्नखाले टेलिभिजन सञ्चालनमा छन् । टेलिभिजनको विस्तार जति लोभलाग्दो छ, तिनको कन्टेन्ट र प्रस्तुती त्यत्तिकै लाजमर्दो त छँदैछ अझ बढी कहालीलाग्दो छ । टिभी स्थापनाको स्रोत, स्वार्थ र सार्थकताको आयामका बारेमा कुनै बहस नै भएको छैन भने पनि हुन्छ । तर जतिबेला एबीसी टेलिभिजन शुरुवात भएको थियो, त्योबेला देश जुरुक्कै गणतन्त्रका लागि उठेको समय थियो, गणतन्त्रलाई आमरुपमा सवै प्रकारको दुख हरणको ‘तन्त्र‘का रुपमा बुझिँदै थियो भने त्यस्तो मृगमरिचिका बनेका व्यवस्था हल्लैहल्लामा विलाउने पो हो कि भन्ने सन्त्राश पनि सँगसँगै थियो । यो समय हो २०६५ सालको वर्षायाम सकिएर शरद ऋतु लाग्दै थियो ।
राजनीतिक रुपमा गणतन्त्र घोषणा भएर भयंकरको विद्रोही शक्ति सत्तारुढ भएको थियो । सत्तासिन शक्ति र त्यसका पात्रलाई प्रधानमन्त्री भन्दा बढी आतंकवादी तिलस्मी क्रान्तिकारी, वा बम, बारुद र विस्फोटको तस्वीर दिमागमा सलबलाउने पात्रका रुपमा बुझिन्थ्यो । तिनै व्यक्ति थिए प्रधानमन्त्रीका रुपमा उदाएका पुष्पकमल दाहाल प्रचण्ड । तिनै प्रचण्डले कर्मकाण्डी रुपमा प्रधानमन्त्रीको हैसियतमा एबीसी टेलिभिजनको उद्घाटन गरेका थिए । त्यो बेला मिडिया क्षेत्रमा त्यो आफैंमा डरलाग्दो र मेरा हिसाबले दुस्साहिसक कामको भुमरीमा हात हालेको घटना पनि थियो । बरिष्ठ पत्रकार किशोर नेपालका शव्दमा काठमाडौं खाल्डोका मल्लकालीन समयदेखिका सम्भ्रान्त वर्गका लागि त्यो टिभी माओवादी अर्थात् काठमाडौंको अभिजात्य वर्गको अछुतजस्तो मानिने एउटा संस्था थियो ।
टिभीको आफ्नो विचार केवल बजारिया विकाउ माल पस्कने चटपटे त अवष्य नै थिएन । यसको विचार र एजेण्डा सेटिङ थियो दोस्रो जनआन्दोलनको म्याण्डेट अनुसार संविधानसभाबाट जनताका सार्वभौम जनप्रतिनिधिले समुन्नत, समावेशी र समानुपातिक सिद्धान्त सहितको संविधान बनाउनु पर्दछ भन्ने खुल्ला पैरवी थियो । यो एजेण्डाकै कारण यसलाई जुन हदसम्म विकृत गर्न सकिन्छ, त्यसको पराकाष्ठामा पुगेर हामीप्रति पूर्वाग्रह साँध्ने, बद्नाम गर्ने अझ भनौं मुखका स्वादकै लागि भएपनि खालो काढ्ने काममा अभिजात्य सम्भ्रान्त वर्गका ठिमाहा प्रचारकदेखि कथित माओवादीका खाओवादी केटाहरुले समेत कन्ननी कसेर लागे र अझै छिटफुट रुपमा लाग्दैछन् । प्रतिस्पर्धी च्यानलहरुलाई पनि हाम्रो उपस्थिति अविश्सनीय र खतराको घण्टी थियो भन्ने कुरा समयक्रममा म आफैंले मेरा सहकर्मी मित्रहरुबाट गहिरो गरी महसुस गरेको छु ।
देशको राजधानीमा टेलिभिजन अर्थात ठूलो मिडियाको सञ्चालन एकजना सामान्य पत्रकारिताको मास्टरी गर्ने पत्रकार, त्यो पनि काठमाडौंले पटक्कै नचिनेको भूगोलबाट काठमाडौं आएको बाहिरियाले सबैलाई चुनौति दिने गरी उपस्थिति हुनु सैह्य कुरा रहेनछ । अग्रगामी विचार र दृष्टिकोण भारतीय चलचित्रमा आइटम नौटंकीका लागि मल्लिका शेरावतको उपस्थितिको मात्रा भन्दा बढी नहुनु पर्नेमा खुद सवैलाई हस्तक्षेप गर्नेगरी भएको एबीसीको प्रसारणले मानिसहरुलाई तरंगित बनाएको थियो नै ।
एबीसीकाप्रतिका पूर्वाग्रहको आयाम विचित्र थियो । धेरैका लागि यो माओवादी च्यानल थियो, त्यसभित्र अझै यो प्रचण्डका च्यानल हो भन्ने रतन्धो रोगका विमारीको संख्या पनि थियो । यसो हुनुमा शायद हामीले लिएको गणतन्त्र, संघीयता र समानुपातिक तथा समावेशी संविधानको पैरवी नै मुख्य कारक थियो होला । यस हिसाबले यो च्यानल सदियौंदेखि हेपिएका दविएका मधेशी, जनजाति, दलित र महिलाका प्रखर आवाज थियो । यही विषयलाई माओवादीले युद्धकालदेखि नै डँंका पिट्दै आएको थियो । उसको डँका र एबीसीको झङ्कारको कतै मेल त देखिन्थ्यो । यति भएपछि ‘तिललाई पहाड‘ बनाउने सम्भ्रान्त तथा अभिाज्यत्य वर्ग र तिनका पाल्तु जीवात्माको चिच्याहटलाई मसला त मिलिहाल्यो कि ? त्यसको ठाडो मार हाम्रो व्यवस्थापन र बजारीकरणमा पर्यो, जुन आजपर्यन्त त्यसको मार हामीले खान परिरहेको छ । अर्काथरिलाई अभिाजात्य वर्गको दुष्प्रचारलाई ध्रुवसत्य मान्दै बेकामे क्रान्तिकारीहरुलाई आफ्नो मौजा खोसिएको रुपमा बुझेर हामीमाथिको बद्नाम अभियान शुरु भएको हुनुपर्छ । यी दुवै कुरामा सत्यताको कुनै अंश पनि थिएन ।
हामीलाई कुनै राजनीतिक दलसँग कहिल्यै कुनै मतलव थिएन । तर वैचारिक हिसावले पक्कै पनि एबीसी केन्द्रबाट बायाँतिरको (सेन्टु टु लेफ्ट) पैरवी खुला दिलले जारी थियो । यो हाम्रो कन्भिक्सन थियो । हाम्रो बुझाई थियो । हामीलाई सरकारी प्रचारयन्त्र नेपाल टेलिभिजनको अर्को संस्करण हुनु त थिएन नै । त्यसमाथि अरु केही कथित कर्मशियलको स्वाङ पार्ने भद्धा पुँजीवादी विकारको राजनीतिक डकार ओकल्ने सुकिलोमुकिलो च्यानल बन्नु पनि थिएन । त्यसको अर्थ हामी यथास्थितिवादी र सम्भ्रान्तहरुको नजरमा स्वभाविकरुपले कथित माओवादी ठहरिएका हुनसक्छौं । यसो हुनुमा सामान्ती संस्कार र सम्वन्धबाट जकडिएको राजनीतिक तथा सामाजिक समाजमा मेरो पारिवारिक सम्बन्ध र कुनै समय म स्वंयको वामपन्थी राजनीतिक संगठनको संलग्नता पनि दुष्प्रचारका लागि गतिलो बहाना बनेको हुनसक्छ ।
मलाई आज सन्तोष छ कि कुनै बेलाका सहकर्मीहरु योगेश भट्टाई, विद्या भट्राई, भानुभक्त ढकाल, हिक्मत कार्की, विशाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झांक्री, हिमाल शर्मा, कृष्ण केसी देखि धनराज आचार्यसम्मका साथीहरु राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिकामा क्रियाशील छन् । सवैभन्दा ठूलो दुःख मेरो अनन्नमित्र मात्र नभएर अभिभावक जस्तोभूमिका निर्वाहमा रहेका मित्र रबीन्द्र अधिकारी आज हाम्रो बीचमा हुनुहुन्न । तर रबीनजीको विरासतलाई विद्याजीले अघि बढाएकोमा सन्तोष लाग्दछ । मैले माथि उल्लेख गरेका केही सहकर्मीहरुको समयमा म क्रियाशील रहँदा प्रतिद्धन्द्धीका रुपमा रहेका मित्रहरुको ठूलो सर्कल अहिले मन्त्री, र सांसदमा अनगिन्ती रुपमा छ । फेरि पनि मेरो म आफैलाई अचम्म लाग्नेखालको सम्वन्ध मोहनविक्रम सिंह, प्रचण्ड र केपी ओलीहरुसँग निरन्तर रहँदै आएको छ । कतै यस्तै सम्वन्धको डाहामा पो म र मेरो संस्था पर्यो कि ?
फेरि पनि नेपालमा मिडिाय सञ्चालन गर्नेहरु मात्र होइन, आफूलाई भयंकर व्यवसायिक पत्रकार र सम्पादक भनिनेहरु कांग्रेस, एमाले वा राप्रपाका सक्रिय कार्यकर्ताहरु नै थिए । त्यो हाम्रो समाजलाई पचेको थियो । तर कुनै दलमा संलग्न नभइकन केही पृथक र अग्रगामी जस्तो लाग्ने कुराको पैरवीलाई अलिक स्थान दिने कुरा असैह्य थियो । हाम्रो सन्दर्भमा भएको ठ्याक्कै यस्तै हुनु पर्दछ ।
एबीसी शुरुवातको राजनीतिक समय विचित्रको थियो, भूतपूर्व आतंककारी शक्ति देशको मुख्य राजनीतिक दलका रुपमा चुनावबाट स्थापित भएको थियो । त्यो बेला नेका र एमालेको कुल सांसद संख्या भन्दा माओवादीको एकल संख्या बढी थियो । तर संविधानसभामा उसको एक्लै बहुमत थिएन । यो घटना विश्व राजनीतिकै विचित्र र अलौकिक पहेली थियो । दलीय बर्चस्वका हिसाबले सवै मिडियामा बढी भन्दा बढी स्पेस माओवादीले पाउनु स्वभाविक थियो । त्यसमाथि माओवादी एक वैधानिक र पम्परावादी शक्तिजस्तो कथित सम्हालिएको लयमा भन्दा विलकूल फरक र एकहदसम्म क्रान्त्रिकारी उट्पट्याङमा प्रयोग हुँदै थियो । अर्थात प्रचण्डकै भाष्यको निरन्तरतामा क्रमभङ्गको उहापोह नेपाली समाजमा प्रयोग हुँदै थियो । स्वयं माओवादीकोे कुन आकारमा निश्चित स्वरुप कायम हुन्छ भन्ने विषयमा दुनियाभरिका विश्लेषक र भविष्यवेत्ताहरुलाई चकित पारेको समय थियो । संविधानसभाको चुनाव, सत्तारोहण, कटवाल प्रकरण, शहरिया विद्रोहको कथित ट्रायलकारुपमा राजधानी घेराउदेखि ‘प्रचण्ड–रेखा थापाको ‘लाउ माया मतिर नलाउ मायाभूईंतिरको‘ नचरी जस्ता घटना कम्ता रोचक थिएनन् । यिनै घटनाको यथासक्य मिहिन विश्लेषण थियो त्यो बेला एबीसीको फोकसमा । र थियो सबै मिडियामा
अझै अघि बढेर दोस्रो संविधान सभा, नयाँ संविधान घोषणाको समय र मधेश तथा थरुहट आन्दोलनमा एबीसी र अरु मिडिया कहाँ थिए र कस्ता थिए भन्ने स्मरण गर्न आवश्यक छ होला । त्यसमा हाम्रो पनि आग्रह थियो, त्यो भन्दा बढी हामीप्रति कथित ठूला राजनीतिक दल र तिनका नेताहरु र व्यापारिक समुदायको गहिरो पूर्वाग्रह थियो । त्यो अहिले पनि नबदलिनु विडम्वना नै हो ।
वाम गठबन्धन र नेकपा तथा ओली सरकारको बेला नेपाली मिडियाको हालत हेर्न लायक थियो । तर हाम्रो लय र एजेण्डा निरन्तरतामा थियो । कुनै ‘क्रमभङ्ग‘ गर्नु पर्ने आवश्यकता नै थिएन । त्यो समय र विशेषगरी मलाई कसैले बुझ्न चाहन्छ भने मेरा पुस्तकहरु अवतरण (२०७५), गठबन्धन राजनीति(२०७८) र मतान्तर (२०७९) पुस्तक पढेमा धेरै कुरा प्रष्ट हुन्छ नै ।
मलाई लाग्दैन कि यस्तो दुख टिकटककको जमानामा कस्ले गरोस् । टिकटकको लतले मानिसहरुलाई ३० सेकेण्ड भन्दा बढीको भिडियो हेर्न समेत जाँगर नलाग्ने बनाइदिएको छ । विश्वभरि नै टेलिभिजन अडिएन्सका लागि सवैभन्दा ठूलो चुनौति यही हो । सम्भवत यही कारण अमेरिका, अष्ट्रेलिया र अधिकांश युरोपेली देशहरुले टिकटकमाथि चरणवद्ध पावन्दी लगाएका छन् भन् झण्डै १ सय ४० करोड बढी जनसंख्या भएको छिमेकी भारतले टिकटकमाथि प्रतिवन्ध नै लगाएको छ ।
भारतमा टिकटक प्रतिवन्ध लगाउँदा दुनियाको सवैभन्दा ठूलो लोकतन्त्र भनिने देशमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भनेर कोही चिच्याएको छैन । तर दुई विशाल भिमकाय देशको बीचमा अँठिएको र पश्चिमा कुसंस्कृतिले ग्रसित भएको नेपालले के उपलव्धि हासिल गर्न टिकटकको माया जालमा फसेको हो भन्ने कुरा प्रचण्ड सरकारलाई मतलव छैन । शायद प्रचण्डलाई कथित अभिव्यक्ति स्वतन्त्रताका डलरवादीको निशानामा परिन्छ भन्ने त्रासले घर गरेको हो वा ‘निहाओ‘को न्यायाकाइमा परिन्छ भन्ने त्रास हो कि थाहा छैन । तर नेपालमा टिकटकका कारण टेलिभिजन दर्शकमाथि सवैभन्दा ठूलो व्यभिचार भइरहेको छ । यसमा कसैले यथोचित आवाज उठाएको पनि सुनिंदैन ।
सामाजिक सञ्जालको अनियन्त्रित घर घरको प्रवेशले नेपालजस्ता साना देशहरुलाई सांस्कृतिक रुपमा ध्वस्त पार्दै लगेको छ । नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक अनुशासनलाई समाजिक सञ्जाल विशेषगरी टिकटिकको कुलतले सवैभन्दा बढी आक्रमण गरेको छ । तर संविधानमानै समाजवाद लेख्ने र आफूहरुलाई समाजवादी दावी गर्ने मुख्य दलहरुले उनीहरुको नाकमा फोहर गर्दा पनि आनन्द मानेर त्यसकै गन्धलाई परफ्युम सम्झँदै ङिच्च दाँत देखाइरहुन सवैभन्दा ठूलो विडम्वना हो । पछिल्लो एउटा रिपोर्टले नेपाली समाजको चित्र नाङ्गो रुपमा देखाएको छ ।
आव २०७९–८० को तथ्यांक हेर्दा देशभरकिा तीनै तहका अदालतमा ३७ हजार ४ सय ३४ वटा मुद्दा सम्बन्ध वच्छिेदका दर्ता मध्ये २७ हजार ७८ वटा मुद्दा छनिएिका छन् । यी मुद्धाहरु मध्ये सवैभन्दा बढी सम्वन्ध वच्छिेदका घटना चितवन जल्लिामा भएको देखएिको छ । यसको दुष्प्रभाव के हो भन्नेतर्फ धेरैको ध्यान नगए पनि पश्चिमा सांस्कृतिक प्रदुषण समाजकि सञ्जालमार्फत घर–घर भित्र प्रवेश गरेर लागू औषधको लत जस्तो बनाएको छ । समाजकि सञ्जाल केवल सञ्चारको माध्यम नभएर समाजिक विखण्डनको हतियार बनेको छ । यस प्रकारको दुष्प्रभावलाई मूल प्रवाहका मिडियाको एक्लो प्रयत्नले रोक्न सम्भव छैन । त्यसका लागि राज्यको तहबाट नै नेपाललाई के आवश्यक छ र के छैन भन्ने कुरा निर्धारण गर्नु पर्ने दायित्व राज्यको नै हो । यसमा मिडियामा नै बहस गर्नु पर्ने स्थिति मुखर भएको छ ।
टिकटकको प्रदुषण रोक्न अमेरिका, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया जस्ता लोकतान्त्रिक ठूला देशहरुले आशिंक रोक लगाएका छन् भने सम्पूर्ण रुपमा प्रतिवन्ध नै विश्वको सवैभन्दा ठूलो लोकतान्त्रिक देश भारतले गरेको छ । यस्तो सन्दर्भले सहजै भन्न सकिन्छ नेपालका लागि टिकटक जस्ता सामाजिक सञ्जालदे नेपाली मिडियालाई चुनौति मात्र होइन कि नेपालको राजनीतिक परिदृश्य उलटपुलट पारेर कतै नेपाललाई युक्रेनकै हालतमा पु¥याउने त होइनन् भन्ने गुम्भीर चिन्ता बढाएको छ । यस दिशामा नेपालका मूल प्रवाहका सवै मिडियाले यसलाई बहसको एउटा विषय बनाउन आवश्यक छ ।
यही कुराको उठान पनि हाम्राप्रतिको पूर्वाग्रहकै रुपमा अथ्र्याउने सम्भ्रान्तको कमी हुने छैन भन्ने मलाई राम्रोसँग थाह छ । तर यो एबीसीको आधिकारिक सुझाव र बहसको विषय अवश्य नै हो । तसर्थ मिडिया सञ्चलनका लाइमलाइट होइन कि प्रताडानाको डेढ दशक पूरा गर्न सहयोग गर्र्ने सहयोगी तथा साथ दिने दर्शकहरुप्रति नतमस्तक हुँदै हाम्रो अभियान जारी छ । र रोकिनै छैन । सवैमा १६ औं वार्षिकोत्सवका अवसरमा हार्दिक शुभकामना ।
केही प्रतिनिधिमूलक कार्यक्रमका संम्झना
प्रतिक्रिया दिनुहोस्