ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वास्तविक सत्य, सन्तुलन र विश्वसनीयता समाचार, अन्यथा व्यक्तिगत विचार


भवानी कार्की
१९ भदौ २०८०, मंगलबार   १२ : ५६   बजे

सत्य तथ्य घटनाहरूमा आधारित रही विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । एक्युरेसी अर्थात् वास्तविक सत्य, ब्यालेन्स अर्थात् सन्तुलन र क्रेडिटिबिलिटी अर्थात् विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीन वटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हु“दैन । कुनै पनि सूचना वा समाचारमा यी तथ्य समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार मात्र हो । जुन सूचनाको विश्वसनीयतामा शङ्का गर्ने प्रशस्त आधार हुन्छ । समाजमा नया“ र ताजा घटनाहरू प्रस्तुती साथै समाजमा घटिरहेका कुरीति, हिंसा, अपराधका विरुद्ध आवाज उठाउने काम पनि मिडियाले गरिरहेको हुन्छ । राज्य र जनता बिचको सम्बन्ध मिडियाले निभाइरहेको हुन्छ । सञ्चार माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम भइरहेको हुन्छ । तथापि कहिले व्यक्तिगत स्वार्थ त कहिले राजनैतिक प्रभावबाट सञ्चार क्षेत्र प्रभावित भएको पनि पाइन्छ । समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाज प्रति जिम्मेवार बन्न नसक्दा दण्डहीनता र कुशासन हाबी हुन्छ । कुशासन र दण्डहीनता हाबी भएको ठाउ“मा सबैले न्याय पाउ“दैनन ।

मिडियाले समाजका समस्याहरू जस्ताको त्यस्तै दर्साउने भएकोले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । तर मिडिया राजनीतिग्रस्त हुनु, मिडिया मार्केट फोर्स हुनु र मिडियामा संलग्न व्यक्तिहरूको निहित स्वार्थ हुनु जस्ता कारण मिडियाले कतिपय सूचनालाई अवास्तविक रूपमा प्रस्तुत हु“दा सञ्चारको विश्वसनीयतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ । सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो । मिडिया समाजको ऐना मात्रै होइन समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ प्रदर्शक पनि हो । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिबिम्बित हुन्छ । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य उद्देश्य भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडिया वा सञ्चार माध्यमले सूचना प्रवाहसंगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ ।

मिडियाले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ । कतिपय सन्दर्भमा सकारात्मक र कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक जनमत पनि बनिरहेको हुन्छ । यो मिडियाले प्रस्तुत गर्ने विषयवस्तुमा भर पर्ने विषय हो । मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिक र सामाजिक जीवन वा मानव जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । समाजलाई पीत पत्रकारिताबाट होईन यथार्थताबाट समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सबै पत्रकार एवं सञ्चारकर्मीले बिर्सिनु हु“दैन । नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरू धेरै हदसम्म सजिलो सूचनाका श्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैंमा सूचनाको श्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नका लागि मात्रै सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर मिडियामार्फत समाजमा भ्रम फैलाउनेहरूको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने? भन्ने प्रश्न पनि संगसंगै उठ्ने गरेको छ । समाजमा टिक्न, समाजमा बिक्न अनि समाजमा विश्वास कायम गर्न मिडिया समाज प्रति उत्तरदायी बन्नै पर्छ । अन्यथा मिडिया जनताको आवाज बन्न सक्दैन । त्यसैले सत्य,तथ्य र वास्तविक सूचना प्रवाह नै मिडिया वा सञ्चार माध्यमको धर्म हो । संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । प्रेस स्वतन्त्रता छ । सही सूचनाको सम्प्रेषण नहु“दा क्षणभरमै समाजमा नकारात्मक असर देखा पर्छ । त्यो एक गलत सूचनाले कतिपयको व्यक्तिगत वा सामाजिक, संस्थागत जीवन चरित्र नै समाप्त हुनसक्छ । यसका लागि मिडियामा नकारात्मक कुराहरू फैलाउने प्रक्रिया रोक्नको लागी राज्यले बलियो संयन्त्र निर्माण गर्नुपर्छ र मिडियाहरूबाट पनि राज्यलाई सकारात्मक सहयोग गर्नु पर्दछ ।

मिडियालाई समाजको ऐना भनिन्छ । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिविम्बित हुन्छ । मिडिया समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथप्रदर्शक पनि हो । समाजलाई सही, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्दै ज्ञान दिनु वा चेतनाको विकास गर्नु यसको उद्देश्य भएकाले लोकतान्त्रिक समाजको पहरेदारको रूपमा रहेको हुन्छ । राज्यका तीन महत्त्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दीबिनाको प्रहरीका रूपमा मिडियाले नियालिरहेको मात्र हुँदैन, गलत पात्र र प्रवृत्तिविरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ । मिडियाले समाजका समस्या उद्घाटित मात्रै होइन, न्यायका लागि मार्ग प्रशस्तसमेत गर्छ । सञ्चार माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम गरिरहेको पाइन्छ । तथापि कहिले व्यक्तिगत स्वार्थ त कहिले राजनीतिक प्रभावबाट सञ्चार क्षेत्र प्रभावित भएको पनि पाइन्छ ।

समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाजप्रति जिम्मेवार बन्न नसक्दा दण्डहीनता र कुशासन हावी हुन्छ । कुशासन र दण्डहीनता हाबी भएको ठाउँमा न्यायमा सबै क्षेत्र तह र तप्काको समान पहुँच हुन सक्दैन । मिडियाले समाजका समस्या जस्ताको त्यस्तै दर्साउने भएकाले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । तर मिडिया राजनीतिग्रस्त हुनु, मार्केटफोर्स हुनु र मिडियामा संलग्न व्यक्तिहरूको निहित स्वार्थ हुनु जस्ता कारण यसले कतिपय सूचनालाई अवास्तविक रूपमा प्रस्तुत गरिदिँदा सञ्चारको विश्वसनीयतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ । सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्त्व स्थापित गर्न सकिन्छ । यथार्थ समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सबै सञ्चारकर्मीले बिर्सिनु हुँदैन । नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरू धेरै हदसम्म सजिलो सूचनाका स्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैंमा सूचनाको स्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नक मात्रै सञ्चार माध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । यो पद्धति गलत हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu