सत्य तथ्य घटनाहरूमा आधारित रही विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । एक्युरेसी अर्थात् वास्तविक सत्य, ब्यालेन्स अर्थात् सन्तुलन र क्रेडिटिबिलिटी अर्थात् विश्वसनीयता सञ्चार माध्यम वा मिडियाका मूल मन्त्र र मान्यताहरू हुन् । सञ्चार माध्यमले आफूले सम्प्रेषण गरेका समाचारलाई यिनै तीन वटा आधारमा विश्लेषण गर्न सक्नुपर्दछ । यी तीन तत्व भएको समाचार नै वास्तविक समाचार हो । जो पूर्वाग्रही वा अनुमानमा आधारित हु“दैन । कुनै पनि सूचना वा समाचारमा यी तथ्य समावेश गरिएको छैन भने त्यो समाचार नभएर विचार मात्र हो । जुन सूचनाको विश्वसनीयतामा शङ्का गर्ने प्रशस्त आधार हुन्छ । समाजमा नया“ र ताजा घटनाहरू प्रस्तुती साथै समाजमा घटिरहेका कुरीति, हिंसा, अपराधका विरुद्ध आवाज उठाउने काम पनि मिडियाले गरिरहेको हुन्छ । राज्य र जनता बिचको सम्बन्ध मिडियाले निभाइरहेको हुन्छ । सञ्चार माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम भइरहेको हुन्छ । तथापि कहिले व्यक्तिगत स्वार्थ त कहिले राजनैतिक प्रभावबाट सञ्चार क्षेत्र प्रभावित भएको पनि पाइन्छ । समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाज प्रति जिम्मेवार बन्न नसक्दा दण्डहीनता र कुशासन हाबी हुन्छ । कुशासन र दण्डहीनता हाबी भएको ठाउ“मा सबैले न्याय पाउ“दैनन ।
मिडियाले समाजका समस्याहरू जस्ताको त्यस्तै दर्साउने भएकोले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । तर मिडिया राजनीतिग्रस्त हुनु, मिडिया मार्केट फोर्स हुनु र मिडियामा संलग्न व्यक्तिहरूको निहित स्वार्थ हुनु जस्ता कारण मिडियाले कतिपय सूचनालाई अवास्तविक रूपमा प्रस्तुत हु“दा सञ्चारको विश्वसनीयतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ । सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो । मिडिया समाजको ऐना मात्रै होइन समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथ प्रदर्शक पनि हो । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिबिम्बित हुन्छ । मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन भविष्यमा देख्न चाहेको संसार र समाजको पुनः निर्माण पनि गर्छ । मिडियाको मुख्य उद्देश्य भनेको समाजमा घटित घटना, समस्या, सम्भावनाको खोजी गर्दै समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडिया वा सञ्चार माध्यमले सूचना प्रवाहसंगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ ।
मिडियाले निरन्तर रूपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण हुन्छ । कतिपय सन्दर्भमा सकारात्मक र कतिपय अवस्थामा मिडियाकै प्रस्तुत विषयका आधारमा नकारात्मक जनमत पनि बनिरहेको हुन्छ । यो मिडियाले प्रस्तुत गर्ने विषयवस्तुमा भर पर्ने विषय हो । मिडियाबाट प्रवाहित विषयवस्तुले आम नागरिक र सामाजिक जीवन वा मानव जीवनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । समाजलाई पीत पत्रकारिताबाट होईन यथार्थताबाट समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सबै पत्रकार एवं सञ्चारकर्मीले बिर्सिनु हु“दैन । नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरू धेरै हदसम्म सजिलो सूचनाका श्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैंमा सूचनाको श्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नका लागि मात्रै सञ्चारमाध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । व्यक्तिगत फाइदा र स्वार्थको लागि समाचार बनाएर मिडियामार्फत समाजमा भ्रम फैलाउनेहरूको पहिचान गरेर सभ्य समाज निर्माणको जिम्मा कसले लिने? भन्ने प्रश्न पनि संगसंगै उठ्ने गरेको छ । समाजमा टिक्न, समाजमा बिक्न अनि समाजमा विश्वास कायम गर्न मिडिया समाज प्रति उत्तरदायी बन्नै पर्छ । अन्यथा मिडिया जनताको आवाज बन्न सक्दैन । त्यसैले सत्य,तथ्य र वास्तविक सूचना प्रवाह नै मिडिया वा सञ्चार माध्यमको धर्म हो । संविधानले हरेक नागरिकको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । प्रेस स्वतन्त्रता छ । सही सूचनाको सम्प्रेषण नहु“दा क्षणभरमै समाजमा नकारात्मक असर देखा पर्छ । त्यो एक गलत सूचनाले कतिपयको व्यक्तिगत वा सामाजिक, संस्थागत जीवन चरित्र नै समाप्त हुनसक्छ । यसका लागि मिडियामा नकारात्मक कुराहरू फैलाउने प्रक्रिया रोक्नको लागी राज्यले बलियो संयन्त्र निर्माण गर्नुपर्छ र मिडियाहरूबाट पनि राज्यलाई सकारात्मक सहयोग गर्नु पर्दछ ।
मिडियालाई समाजको ऐना भनिन्छ । समाजको चरित्र र स्वरूप जस्तो छ त्यस्तै प्रतिरूप मिडियामा प्रतिविम्बित हुन्छ । मिडिया समानता, सुशासन र न्यायका लागि सकारात्मक गोरेटो पहिल्याउने समाजको पथप्रदर्शक पनि हो । समाजलाई सही, तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्दै ज्ञान दिनु वा चेतनाको विकास गर्नु यसको उद्देश्य भएकाले लोकतान्त्रिक समाजको पहरेदारको रूपमा रहेको हुन्छ । राज्यका तीन महत्त्वपूर्ण निकाय न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई बर्दीबिनाको प्रहरीका रूपमा मिडियाले नियालिरहेको मात्र हुँदैन, गलत पात्र र प्रवृत्तिविरुद्ध खबरदारी पनि गरिरहेको हुन्छ । मिडियाले समाजका समस्या उद्घाटित मात्रै होइन, न्यायका लागि मार्ग प्रशस्तसमेत गर्छ । सञ्चार माध्यमबाट धेरै विषयमा समाजका हित र न्यायका विषयमा काम गरिरहेको पाइन्छ । तथापि कहिले व्यक्तिगत स्वार्थ त कहिले राजनीतिक प्रभावबाट सञ्चार क्षेत्र प्रभावित भएको पनि पाइन्छ ।
समाजमा सुशासनका लागि वकालत गर्ने मिडिया समाजप्रति जिम्मेवार बन्न नसक्दा दण्डहीनता र कुशासन हावी हुन्छ । कुशासन र दण्डहीनता हाबी भएको ठाउँमा न्यायमा सबै क्षेत्र तह र तप्काको समान पहुँच हुन सक्दैन । मिडियाले समाजका समस्या जस्ताको त्यस्तै दर्साउने भएकाले यसलाई समाजको ऐना पनि भन्ने गरिएको हो । तर मिडिया राजनीतिग्रस्त हुनु, मार्केटफोर्स हुनु र मिडियामा संलग्न व्यक्तिहरूको निहित स्वार्थ हुनु जस्ता कारण यसले कतिपय सूचनालाई अवास्तविक रूपमा प्रस्तुत गरिदिँदा सञ्चारको विश्वसनीयतामा बेलाबेला प्रश्न उठ्ने पनि गरेको छ । सत्यता, सहनशीलता जस्ता कुरालाई आधार बनाएर पनि आफ्नो पहिचान, अस्तित्वको रक्षा र आफ्नो महत्त्व स्थापित गर्न सकिन्छ । यथार्थ समाचार सम्प्रेषण गर्नु असल पत्रकारिताको धर्म र दायित्व हो भन्ने विषय सबै सञ्चारकर्मीले बिर्सिनु हुँदैन । नेपालको वर्तमान सन्दर्भमा तीव्र विकास भएका सञ्चार माध्यमहरू धेरै हदसम्म सजिलो सूचनाका स्रोत बनेका छन् । अहिले सामाजिक सञ्जालको लहर चलेको छ । हरेक व्यक्ति आफैंमा सूचनाको स्रोत बनेका छन् । यसका धेरै सकारात्मक पक्षहरू छन् । कतिपय व्यक्ति वा संस्थाले भ्रमको खेती गर्नक मात्रै सञ्चार माध्यमको प्रयोग गर्ने गरेका उदाहरण छन् । यो पद्धति गलत हो ।
प्रतिक्रिया दिनुहोस्