ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँचो उमेरमै काँचको पर्दामा देखिने रहर


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   ३ : २७   बजे

गाउँ समाज परिवार र आफन्त बीचमा चिनजानका त्यस्ता पत्रकार कोही थियनन् जसलाई मैले मेरो आइडल मान्न सकु । पत्रकारिता गर्छु भनेकै भरमा सहजै मेरो कुरालाई स्वीकार्ने परिस्थिति मेरो घरमा थिएन । त्यही माथि म त छोरी मान्छे, परिवारले मेरो कुरामा सहमती जनाउने कुरै थिएन ।

प्लस टू को नतिजा पश्चात आमाको नजिकै पुगेर मलिन स्वरमा कानमा साउती मार्दै आमा म पत्रकारिता पढ्छु, पत्रकार बन्छु भनेकी थिए । जवाफमा आमाले मेरो भन्दा कयौं गुणा चर्को स्वरमा किन ज्यानको माया छैन भनेर मेरो प्रश्नमा न्यायको छिटा हाल्ने कोसिस गर्नुभयो ।

परिवारको नजरमा पत्रकारको आफ्नै ज्यानको सुरक्षा हुादैन, जहाा जे पनि हुन सक्ने, डरलाग्दो पेशा भन्ने नै थियो ।सानै देखि समाजसेवामा रुचि राख्ने म, टेलिभिजन को पर्दामा देखिएर सबैको निकट बन्ने मेरो उत्कट चाहना अनि रहर पनि । तर, घर परिवारलाई मनाएर पत्रकार बन्नु मेरो लागि फलामको चिउरा चपाउनु सरह नै थियो । तर, पनि हर सम्भव भएसम्मका बिधि प्रयोग गरि परिवारलाई मनाएर जसोतसो पत्रकारितामै भर्ना भए र आफ्नो रहर पूरा गर्ने सपना बुन्न थालें ।
मेरो पत्रकारिताको कोशेढुङगा हो एबीसी टेलिभिजन । रहरै रहरमा समुदायको आवाज बनेको एबीसी टेलिभिजनमा आवद्ध हुन पुगे । सुरु सुरुमा निकै पृथक लाग्यो काम गर्ने तौर तरिका । बिस्तारै कर्मचारीबीचको सम्बन्ध र सौहार्दताले आफ्नै गति लिन थालेपछि म पनि त्यहि गतिको बेगमा दौडिन थाले अनि सहज महसुस हुदै गयो काम गर्ने वातावरण । यति सरल, सहज अनि पारिवारिक घुलमिलले मलाई एक निमेश पनि कामको बोझ महसुस गर्न दिएन । काम गर्दै गर्दा कहिलेकाहि विदाको दिनमा पनि टेलिभिजन पुग्ने कुरा मेरा लागि कुनै नौलो बिषय नै रहेन । समाचार लेखिरहदा होस या रिपोर्ट जे छ सत्य र तथ्यमा आधारित भएर लेख्नुस भन्दै हौसला प्रदान गर्ने मेरा सहकर्मी र अग्रजहरुको उत्प्रेरणा नै मलाई यहा“ आउने गतिलो कडि बन्यो । अहिले म सञ्चारकर्ममा परिपक्व बन्दै गएझै भान हुन थालेको छ ।

आफुलाई मनपर्ने कर्म गर्न पाउनु भाग्य हो । आफुले गरेको कर्म मन पराउनु र त्यसैमा रमाउनु अहोभाग्य हो । त्यो भाग्यमानी अनि अहो भाग्यमानीको बीचमा मैले सदैव आफुलाई उभ्याउने चेष्टा गरेकी छु । म टेलिभिजन आएपछि नै मैले दुरदराजका विभिन्न गाउँठाउँलाई चिन्ने मौका पाएकी छु । समाजमा बिद्यमान समस्यालाई नजिकबाट नियाल्दै त्यसको समाधानमा आँफुलाई उभ्याउन पाउँदा निकै गर्भ महसुस गरिकी छु ।एबीसी टेलिभिजन छ र, त मैले समस्या र सम्भावनाहरुको खोजीमा आफ्नो आवाज बुलन्द पार्न पाएकी छु । साँच्चिकै भुँइमान्छेको टेलिभिजन हो एबीसी टेलिभिजन ।

सरकारका प्रतिनिधि नपुगेको ठाउमा एबीसीको बुम पुगेको छ । एबीसीको उपस्थितिले गर्दा नै कयैन घुसखोरी र अनियमितताका घटना शुन्य भएका उदाहरण पनि आम जनमानसमा ताजै छ । यति मात्रै कहाँ हो र कोभिडमा हरेक नागरिकको हौसला बन्यो एबीसी टेलिभिजन । समाजमा कोभिड भनेपछि नकारात्मक सोच बोक्ने र हतोत्साही हुने सबैका लागि बैशाखी बन्यो एबीसी टेलिभिजन । म त्यसको एउटा सानो हिस्सा बन्न पाउदा पनि छाती गर्वले फुल्ने गरेको छ । समाजमा सद्भाव फैलाउन सद्भाव बाड्ने सवालमा एबीसीले कहिल्यौ कन्जुसाइ गरेन । एबीसी टेलिभिजन विद्यार्थीका लागि शिक्षक बनेर आयो तर, मेरो सिकाइ भोगाई अनि यो निखारतामा साँच्चै गुरु बनेर आयो ।

बदलि“दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्था, विश्व राजनीति मानवीय तथा प्राकृतिक कारणले सिर्जित संकटका कारण पत्रकारिताको महत्व झनै बढेर गएको छ । यस्ता कुराले पत्रकारितामा चुनौतीसगै अवसरका नया ढोकाहरु पनि खोलिदिएको छ । त्यस्ता चुनौतीलाई परास्त गर्दै यस क्षेत्रमा रहेका सम्भावना प्राप्तीमा नया पुस्तालाई ठूलो अवसर पनि छ । समग्रमा भन्नु पर्दा एबीसीले मलाई कयौको भीडमा पनि पृथक परिचय दिएको छ । मेरो प्यारो कर्मथलोलाई १६ औ बर्ष शुभारम्भको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group