गाउँ समाज परिवार र आफन्त बीचमा चिनजानका त्यस्ता पत्रकार कोही थियनन् जसलाई मैले मेरो आइडल मान्न सकु । पत्रकारिता गर्छु भनेकै भरमा सहजै मेरो कुरालाई स्वीकार्ने परिस्थिति मेरो घरमा थिएन । त्यही माथि म त छोरी मान्छे, परिवारले मेरो कुरामा सहमती जनाउने कुरै थिएन ।
प्लस टू को नतिजा पश्चात आमाको नजिकै पुगेर मलिन स्वरमा कानमा साउती मार्दै आमा म पत्रकारिता पढ्छु, पत्रकार बन्छु भनेकी थिए । जवाफमा आमाले मेरो भन्दा कयौं गुणा चर्को स्वरमा किन ज्यानको माया छैन भनेर मेरो प्रश्नमा न्यायको छिटा हाल्ने कोसिस गर्नुभयो ।
परिवारको नजरमा पत्रकारको आफ्नै ज्यानको सुरक्षा हुादैन, जहाा जे पनि हुन सक्ने, डरलाग्दो पेशा भन्ने नै थियो ।सानै देखि समाजसेवामा रुचि राख्ने म, टेलिभिजन को पर्दामा देखिएर सबैको निकट बन्ने मेरो उत्कट चाहना अनि रहर पनि । तर, घर परिवारलाई मनाएर पत्रकार बन्नु मेरो लागि फलामको चिउरा चपाउनु सरह नै थियो । तर, पनि हर सम्भव भएसम्मका बिधि प्रयोग गरि परिवारलाई मनाएर जसोतसो पत्रकारितामै भर्ना भए र आफ्नो रहर पूरा गर्ने सपना बुन्न थालें ।
मेरो पत्रकारिताको कोशेढुङगा हो एबीसी टेलिभिजन । रहरै रहरमा समुदायको आवाज बनेको एबीसी टेलिभिजनमा आवद्ध हुन पुगे । सुरु सुरुमा निकै पृथक लाग्यो काम गर्ने तौर तरिका । बिस्तारै कर्मचारीबीचको सम्बन्ध र सौहार्दताले आफ्नै गति लिन थालेपछि म पनि त्यहि गतिको बेगमा दौडिन थाले अनि सहज महसुस हुदै गयो काम गर्ने वातावरण । यति सरल, सहज अनि पारिवारिक घुलमिलले मलाई एक निमेश पनि कामको बोझ महसुस गर्न दिएन । काम गर्दै गर्दा कहिलेकाहि विदाको दिनमा पनि टेलिभिजन पुग्ने कुरा मेरा लागि कुनै नौलो बिषय नै रहेन । समाचार लेखिरहदा होस या रिपोर्ट जे छ सत्य र तथ्यमा आधारित भएर लेख्नुस भन्दै हौसला प्रदान गर्ने मेरा सहकर्मी र अग्रजहरुको उत्प्रेरणा नै मलाई यहा“ आउने गतिलो कडि बन्यो । अहिले म सञ्चारकर्ममा परिपक्व बन्दै गएझै भान हुन थालेको छ ।
आफुलाई मनपर्ने कर्म गर्न पाउनु भाग्य हो । आफुले गरेको कर्म मन पराउनु र त्यसैमा रमाउनु अहोभाग्य हो । त्यो भाग्यमानी अनि अहो भाग्यमानीको बीचमा मैले सदैव आफुलाई उभ्याउने चेष्टा गरेकी छु । म टेलिभिजन आएपछि नै मैले दुरदराजका विभिन्न गाउँठाउँलाई चिन्ने मौका पाएकी छु । समाजमा बिद्यमान समस्यालाई नजिकबाट नियाल्दै त्यसको समाधानमा आँफुलाई उभ्याउन पाउँदा निकै गर्भ महसुस गरिकी छु ।एबीसी टेलिभिजन छ र, त मैले समस्या र सम्भावनाहरुको खोजीमा आफ्नो आवाज बुलन्द पार्न पाएकी छु । साँच्चिकै भुँइमान्छेको टेलिभिजन हो एबीसी टेलिभिजन ।
सरकारका प्रतिनिधि नपुगेको ठाउमा एबीसीको बुम पुगेको छ । एबीसीको उपस्थितिले गर्दा नै कयैन घुसखोरी र अनियमितताका घटना शुन्य भएका उदाहरण पनि आम जनमानसमा ताजै छ । यति मात्रै कहाँ हो र कोभिडमा हरेक नागरिकको हौसला बन्यो एबीसी टेलिभिजन । समाजमा कोभिड भनेपछि नकारात्मक सोच बोक्ने र हतोत्साही हुने सबैका लागि बैशाखी बन्यो एबीसी टेलिभिजन । म त्यसको एउटा सानो हिस्सा बन्न पाउदा पनि छाती गर्वले फुल्ने गरेको छ । समाजमा सद्भाव फैलाउन सद्भाव बाड्ने सवालमा एबीसीले कहिल्यौ कन्जुसाइ गरेन । एबीसी टेलिभिजन विद्यार्थीका लागि शिक्षक बनेर आयो तर, मेरो सिकाइ भोगाई अनि यो निखारतामा साँच्चै गुरु बनेर आयो ।
बदलि“दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्था, विश्व राजनीति मानवीय तथा प्राकृतिक कारणले सिर्जित संकटका कारण पत्रकारिताको महत्व झनै बढेर गएको छ । यस्ता कुराले पत्रकारितामा चुनौतीसगै अवसरका नया ढोकाहरु पनि खोलिदिएको छ । त्यस्ता चुनौतीलाई परास्त गर्दै यस क्षेत्रमा रहेका सम्भावना प्राप्तीमा नया पुस्तालाई ठूलो अवसर पनि छ । समग्रमा भन्नु पर्दा एबीसीले मलाई कयौको भीडमा पनि पृथक परिचय दिएको छ । मेरो प्यारो कर्मथलोलाई १६ औ बर्ष शुभारम्भको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्