ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जी२० सम्मेलनका लागि दिल्लीमा किल्लाबन्दी, लडाकु विमानदेखि ड्रोनसम्म तैनाथ


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   ५ : ३७   बजे

काठमाडौं, २१ भदौ । जी २० शिखर सम्मेलनका लागि विश्वका शक्तिशाली नेताहरु राजधानी नयाँ दिल्ली आउन लाग्दा भारतले अनेक तयारी गरिरहेको छ। राजधानी वरिपरि लडाकु विमान उडाउनेदेखि भित्तामा चित्र बनाउने र सरकारी भवनबाट बाँदरको हुल लखेट्ने काम पनि चलिरहेको छ।

भारतका लागि यो क्षण बहुप्रतीक्षित कोसेढुंगो हो। भूराजनीतिक तनाव, आर्थिक मन्दी र खाद्यान्न तथा उर्जाको मूल्य बढिरहेको विश्वमा अघि बढ्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई उदाउँदो महाशक्तिका रुपमा चित्रित गरिरहेका छन्।

यो वर्षको सबैभन्दा महत्वपूर्ण विश्वव्यापी जमघटमा यही सप्ताहन्तमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अन्य नेताहरु नयाँ दिल्ली आउँदैछन्।

तर, जी २० सम्मेलनलाई सफल पार्नु भनेको चलाख कूटनीति सञ्चालन मात्र होइन। महिनौँदेखि भारतीय अधिकारीहरु दिल्लीलाई किल्लाबन्दी गर्ने तरिका खोजिरहेका थिए। जहाँ २ करोड मानिस बसोबास गर्छन्।

यो परियोजनाको मुख्य काम भनेको नयाँ दिल्ली जिल्ला लकडाउन गर्नु हो, जुन सरकारी कार्यसञ्चालनको केन्द्र हो। शनिबार र आइतबार यहीँ शिखर सम्मेलन हुँदैछ। यो क्षेत्रमा राम्ररी हेरचाह गरिएका पार्क र भव्य सरकारी भवनहरु छन्।

ट्राफिक सहज बनाउन सरकारी अधिकारीहरुले स्कुल, ब्यांक, धेरैजसो निजी व्यवसाय र सबै सरकारी विभागहरु बन्द गर्ने आदेश दिएका छन्। छिमेकी मुलुकहरुसँगको सीमा समेत बन्द गरिनेछ। एक लाख प्रहरी र सुरक्षाकर्मीले सहरको सडकमा गस्ती गर्ने अनुमान गरिएको छ।

ठूला तोपगोला, आधुनिक क्यामरा, जामिङ डिभाइस र कुकुरहरुलाई पनि तैनाथ गरिएको छ।

‘जी २० सम्मेलनमा मोदीका लागि धेरैथोक दाउमा लागेको छ,’ विल्सन सेन्टरस्थित साउथ एसिया इन्स्टिच्युटका निर्देशक माइकल कुगलम्यान भन्छन्।

सम्मेलन सफलतापूर्वक सम्पन्न भए मोदीको छवि अझ बलियो हुनेछ। त्यसले २०२४ मा हुने चुनावमा पनि भाजापाको जितको सम्भावना बढाउनेछ।

जी २० शिखर सम्मेलन भव्य हुनेछ। विश्वका नेताहरु सम्मेलन केन्द्रमा जम्मा हुनेछन्, जुन अस्ट्रेलियाको सिड्नी अपेरा हाउसभन्दान पनि ठूलो छ। यो सम्मेलन केन्द्रको मर्मतका लागि मात्र साढे ४ वर्ष समय र २७ अर्ब भारु रकम लागेको छ।

दिल्लीको हरेक स्थानमा सम्मेलनको झल्को पाइन्छ। सडकमा मोदी र जी२० का लोगोसहितका पोस्टर टाँगिएका छन्। सालिक, झर्ना र फूलहरुको सजावट देखिन्छ। राति चम्काउनका लागि रुखमा बत्ती टाँगिएको छ। फ्लाइओभर र रेलवे पुलहरु पनि चिटिक्क पारिएको छ।

जताततै पाइने साना बाँदर तर्साउन लंगुरको ठूल्ठूला कटआउट सडक किनारामा राखिएको छ।

नेताहरुको सुरक्षाको लागि कमान्डो, स्नाइपर, बम डिस्पोजल टोली, एन्टी–ड्रोन प्रविधि, आदि तैनाथ गरिएको छ। त्यस्तै, निगरानी गर्ने विमान, लडाकु विमान आदि पनि तैनाथ गरिएको छ।

शुक्रबारदेखि नै दिल्ली प्रवेशमा कठिनाइ हुनेछ। मेट्रो चलिरहे पनि ट्राफिक प्रहरीले अधिकांश सवारी साधनलाई मन्त्रालय र संसदनजिक जान दिने छैनन्। जी२० मुलुकका नेताहरु बस्ने होटल वरिपरिको क्षेत्र पनि सिल हुनेछन्।

यसबाट हुने असुविधाका लागि दिल्लीका बासिन्दासँग प्रधानमन्त्री मोदीले माफी समेत मागेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu