काठमाडौं, २२ भदौं । बलिउडका बादशाह भनेर चिनिने भारतीय अभिनेता शाहरूख खान अभिनित भारतीय चलचित्र ुजवानु क्यूएफएक्सका हलहरूमा बिहीबारदेखि प्रदर्शनमा आइसकेको छ। केही समयअघि शाहरूखकै ुपठानुले पनि राम्रै सङ्ख्यामा दर्शक तानेको थियो भने ुजवानुले दोब्बर सङ्ख्यामा दर्शक तान्ने अनुमान गर्न सकिन्छ। त्यसो त साउथका लोकप्रिय अभिनेता विजय सेथुपती र अभिनेत्री नयनतारा पनि फिल्मका प्रमुख आकर्षण हुन्। छोटो भूमिका पनि प्रभावशाली हुन सक्नेरहेछ भन्ने बलिउडकी अब्बल अभिनेत्री दीपिका पादुकोणको क्यामिओले पनि पुष्टि गरेकै छ।
यति धेरै लोकप्रिय अनुहारहरू एकै ठाउँ भेला भइरहँदा पनि दर्शकहरू शाहरूखकै प्रत्येक मुभ, प्रत्येक डायलगमा ताली, सिठ्ठी बजाइरहेका थिए। एक्सन मुभीको असर त यो हो नै तर, डायलगमा दक्षिण भारतीय फ्लेवर भेटिनु दर्शकको उत्साहको अर्को प्रमुख कारण हो। फिल्ममा कतिपय डायलग त यस्ता राखिएका छन् तपाईंलाई लाग्न सक्छ( यतिकै लागि मात्र भए पनि फिल्म त हेर्नैपर्छ१ ुबाप(बेटेु, ुतेरे आदमी(मेरी औरतु, ुसान्टाक्लजु जस्ता डायलगहरूलाई तपाईंलाई नै दोहोर्याइराख्न मन लाग्न सक्छ।
अब खाँटी मुद्दामा आऔँ१ डायलग र अनुहारभन्दा बाहेक अरू के छ त ुजवानुमारु कमर्सियल चलचित्र हुँदाहुँदै पनि जसरी फिल्मले राजनीतिक, प्रशासनिक प्रणालीभित्रको विकृतिमाथि प्रहार गरेको छ, यो निश्चय नै फिल्मको सबैभन्दा दरिलो पक्ष हो। भ्रष्ट र अमानवीय राजनीतिक व्यवस्थाका कारण एउटा किसान कसरी आत्महत्या गर्न बाध्य हुन्छरु कसरी स्वास्थ्य सुविधामाथि लापरबाही भइरहँदा सैयौं, हजारौं बालबालिका एवं अन्य बिरामीहरू उपचार अभावका कारण मर्न बाध्य भइरहेका छन्।
माफियाहरूको सानो फाइदाको लालचका कारण कसरी सीमामा आफ्नै सेनाहरू निहत्था भएर प्राण त्यागिरहेका छन्रु यस्ता यावत संवेदनशील मुद्दामाथि ुजवानुले हतियार उठाएको छ। एक हिसाबले यसलाई एउटा क्रान्तिकारी चलचित्र भन्न सकिन्छ। फिल्ममा चित्रित विकृत राजनीतिक परिवेश हेर्दा तपाईंलाई कतै नेपाली राजनीतिक परिवेशकै बारेमा फिल्म बनाइएको त होइन, भन्ने पनि लाग्न सक्छ।
यति हुँदाहुँदै पनि अत्यधिक सबप्लटहरूको प्रयोग झण्डै ३ घण्टाको चलचित्रका लागि भारी महसुस भने भइदिन्छ। निर्देशकसमेत रहेका लेखक एटली कुमारले यी प्लटलाई मुभीकै लागि सोचेका थिए होलान् या सिरिजका लागि भन्ने सन्देह पनि जाग्न सक्छ। खाँदाखाँद गरेर पनि सबै सबप्लटहरूलाई एउटै फिल्मभित्र किन अटाउन खोजे होलान्रु बरु यिनैमध्येबाट एउटा वा दुइटा मुद्दालाई गहिराइसम्म पुगेर देखाउन पो सकिन्थ्यो किरु फिल्म हेरेपछि तपाईंभित्र यस्ता अनेक प्रश्न पक्कै आउनेछन्। खैर, यही फर्म्याटमा पनि दर्शकलाई दिमागको कसरत गर्ने मौका भने मज्जैले मिल्नेछ।
कथाकै विषयमा भन्नुपर्दा दक्षिण भारतीय फिल्महरूमा मुद्दाहरू उठ्नु कुनै नौलो भने होइन। साउथ मुभीहरूमा पाइने एउटा विशेषता नै हो, मनोरञ्जन र मुद्दालाई सँगसँगै पस्किन सक्नु। साँच्चै, साउथको यो कथावाचन शैलीमा नर्थ पनि जोडिनु भारतीय सिनेमा उद्योगका लागि सबैभन्दा ठूलो उपलब्धि हो।
त्यसो त आमिर खान प्रोडक्सनले नर्थमै पनि किसानहरुको आत्महत्यासम्बन्धी विस्तृत कथामाथि ुपिपली लाइभुजस्तो फिल्म नबनाएको होइन। तर पनि, राजनीतिक विकृति, किसानका समस्या, शिक्षा, स्वास्थ्य, जलवायुसम्बन्धी समस्याहरूमाथि केन्द्रित कथामाथि फिल्म बनाउनु नर्थको भन्दा साउथको प्रचलन हो। मनोरञ्जनलाई प्राथमिकता दिनु नर्थको विशेषता थियो भने साउथसँगको यस किसिमको सहकार्यले अब भने ुभारतीय सिनेमाु नामको एउटा नयाँ भाष्य निर्माण गर्ने देखिन्छ जसले ुजवानुले झैं मुद्दा र मनोरञ्जनलाई काँधमा काँध मिलाएर हिँडाउने देखिन्छ।
यो प्रयोग साउथमा देखिइरहेकै हो। के नयाँ भयो तरु यहाँनेर के नयाँ भयो भन्ने प्रश्न गर्नुभन्दा के व्यापक भयो, के बृहद भयो भन्ने प्रश्न गर्नु जायज हुन्छ। साउथ एक्लैको ुनाटु नाटुुले ओस्कारमा धूम मच्चाइरहँदा सोचौँ त, अब बलिउडका पपुलर अनुहार र साउथका हस्तीहरू यसैगरी एउटै पर्दामा देखिन थाले भने के होलारु ओहो, के पो नहोलारु
मनोरञ्जन र मुद्दालाई सँगसँगै लग्दालग्दै पनि जति सशक्त फिल्मको पहिलो हाफ देखिएको छ, त्यति नै सशक्तता दोस्रो हाफमा देखिएको छैन। दोस्रो हाफमा पुग्दै गर्दा फिल्मले मुद्दाको डोरी जोडले पकड्न नसकेको हो कि जस्तो देखिन्छ। हुन त फिल्ममा एकपछि अर्का सशक्त पात्रहरुलाई ह्याण्डल गर्ने प्रेसरका बीच निर्देशक एटली केही चुकेका हुन् कि१
गुनासो पोख्ने नै हो भने तपाईंलाई खड्किन सक्ने अर्को कुरा पनि अनुमान गरिहालुँ। पहिलो हाफमा जसरी महिला पात्रलाई सशक्त देखाइएको थियो, दोस्रो हाफमा पुगिसक्दा अचम्मसँग त्यो सशक्तता निरीहतासँग साटिनु तपाईंलाई मलाईजस्तै खल्लो लाग्न सक्छ। त्यो देखिरहँदा दीपिका पादुकोणकी बोल्ड एन्ड रिबेलियस पात्र ुऐश्वर्याु ले छोटो चरित्र निभाउनु नै बरु बढी न्यायसंगत भएछ कि जस्तो लागिदिन सक्छ।
विशेषगरी, जेलभित्र कैद भई पति र ससुराको बहादुरीलाई टुलुटुलु हेरिरहेकी निरीह र निहत्था नर्वदालाई देख्दा। साँच्चै, देशको भाग्य बदल्ने मुद्दामा महिलाले निर्णायक भूमिका खेल्न नसक्ने नै हो तरु निर्णायक बिन्दूमा पुगेर चाहिँ महिलाले पछि हट्नैपर्ने वा खुम्चिनैपर्ने होरु
खैर, एक्सन थ्रिलर फिल्म भइकन पनि डायलग र दृश्यपिछे दर्शक हँसाउन सक्ने ह्युमर भरपूर मात्रामा राख्नु फिल्मको प्रशंसनीय पक्ष हो। छुटाउनै नहुने फिल्मका अरू पक्ष हुन् यसको रंग संयोजन र ब्याकग्राउन्ड म्युजिक।
त्यसो त छद्मभेषी हाइज्याकर आजाद र नर्वदाबीचको त्यो संवादशैलीले तपाईंलाई ुमनी हाइस्टुका प्रोफेसर र इन्स्पेक्टरको सम्झना नदिलाउला पनि भन्न सकिन्न।
महिला पात्रको कुरा गर्दा सबल अभिनय हुँदाहुँदै पनि सान्या मलहोत्रा, प्रियामणी जस्ता अब्बल अभिनेत्रीहरूको चरित्र उति यादगार बन्न सकेको छैन। हाइज्याकरको महिला ग्याङमा आर्म्ड युनिफर्मसहित बोल्ड चरित्रमा देखिँदा पनि पनि प्रत्येक चरित्रबीचमा स्पष्ट भिन्नता नहुनुले उनीहरूको अभिनय क्षमतालाई छायाँमा पारेको पो हो किरु
फिल्मको अन्त्य कुरा गर्दा यति भन्नैपर्ने हुन्छ कि जसरी सिंहको जस्तो गर्जनमा मुद्दा उठाइएको थियो क्लाइमेक्ससम्म आइपुग्दा त्यो गर्जन सिंहको नै हो त भन्ने सन्देह जागिदिन्छ। हुन त भिलेनजसरी उदाएर हिरोजसरी अस्त हुने एस्थेटिक फर्मुलाको सम्मोहनमा परेर पो एटलीले आखिरमा नरम हुने प्रयास गरेका हुन् किरु खैर, दर्शकलाई शेरको गर्जन नै ज्यादा रुचिकर हुने थियो।
हुन पनि अनेक संवेदनशील मुद्दामाथि मुठ्ठी कस्दै, भ्रष्ट सत्ताविरुद्ध धावा बोल्दै, कदमकदममा ज्यानको बाजी थाप्दै फराकिलो छाती लिएर हिँडेको ुजवानुले अन्त्यमा आइसक्रिमजसरी पग्लिदिनु उति स्वाद पर्दैन। विकृतिमाथि प्रश्न मात्रै उठाइरहनु नौलो कुरा पनि त पक्कै होइन, तिनको समाधान खोज्नु अबको प्राथमिकता हुनुपर्छ। अपेक्षा गरौँ, यस्ता छुटपुटका भरपाई एटलीका आगामी फिल्मले गर्नेछन्।
त्यसो त गुनासो सकिएको होइन। तर, कति फिल्ममेकरहरूलाई मात्रै प्रश्न गरिरहनेरु कहिलेकाहीँ त आफैलाई पनि प्रश्न गरौँ न। मनोरञ्जनका नाममा हामी ९झण्डै० आधा दर्जन गोली खाइकन आकाशबाट धर्तीमा खस्दा पनि नमर्ने सुपर हिरोसँग कहिलेसम्म रमाइरहनेरु आखिर, चमत्कार हुन्छ, गडफादर आउँछ र हामीलाई बचाउँछ भनेर कहिलेसम्म प्रतीक्षा गरिरहनेरु हिरो आखिर हामीजस्तै साधारण आम मानिस हुन सक्दैन र ?
प्रतिक्रिया दिनुहोस्