जाजरकोट, २५ माघ । कक्षा ३ मा पढ्दै गर्दा अहिलेका राष्ट्रिय सभा सदस्यमा निर्वाचित कालीवहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले मित लगाउनुभयो । उमेर वढेसंगै कक्षा थप्दै गएका द्धया मल्ल र श्रेष्ठ शिक्षक भएर वालवालिका वढाउनथाल्नुभयो । शिक्षणकै सिलसिलामा मल्ल र श्रेष्ठले फरक फरक दलका कार्यक्रता भई सक्रिय राजनीतिमा लाग्नुभयो । राजनीतिमा सक्रिय हुँदै गर्दा कालीवहादुर मल्ल माओवादी जनयूद्धको एक योद्धाको रुपमा सक्रिय भई जनताको मुक्तिको लागि जीवनको प्रवाह नगरि यूद्धमा होमिनुभयो ।
श्रेष्ठ शिक्षक पेशा छोडी राजिनामा गदै २०४८ सालमा जिल्ला विकास समितिको उपसभापतीमा निर्वाचित हुनुभयो । उत्ता कालीवहादुर मल्ल जनमोर्चावाट जिल्ला विकास समितिका सदस्य हुनुभयो । २०५४ सालमा भैरवसुन्दर श्रेष्ठ जिल्ला विकास समितिका सभापती हुनुभयो भने कालीवहादुर मल्ल जनयूद्धको भुमिगत आन्दोलनको नेतृत्व गरिरहेका थिए । उत्ता मल्ल भुमिगत आन्दोलनको कठिन पुर्ण मोर्चामा लाग्दै गर्दा भैरव सुन्दर श्रेष्ठ सत्ता पक्षको वागडोर समाल्दै सक्रिय हुनुभयो । एक आगो अर्को पानिको रुपमा अगाडी वढेका दुई मित साईनो र मित्रताले नजिक भएपनि राजनीतिको हिसावले छाया काटाकाट सम्म समयले पुर्याईदियो ।
कालीवहादुर मल्ल यूद्धको नेतृत्व गदै गाउँ गाउँमा वम र वारुद्ध संग लुकामारी खेल्दै नयाँ नेपालको महान खाका कोर्ने अभियानमा लागिरहे । यूद्धकै विचमा भुमिगत आन्दोलनको नेतृत्व गरेका मल्ललाई एक पटक रेडियो नेपालले मृत्यू भएको खवर , पक्राउ परेको समाचार वजाए पछि अर्का मित भैरवसुन्दर श्रेष्ठ रातीभर निदाएन्न । त्यतिवेला गाउँमा जाँन त्यति सहज थिएन । गाउँमा गए माओवादीको आरोप लाग्ने , सदरमुकाम आए राज्यसत्ताको समर्थकको विल्ला भिराउने ठुलो संकटको महामैदान छ्यापछ्याप्ती लाग्ने गर्दथ्यो । मानिस मर्नु , मारिनु खासै ठुलो कुरा थिए । मानिस , मानिस विच यूद्धले आफ्नै मान्छे पनि विरानो , विरानो मान्छे आफन्त वनाएको थियो । राती, राती सदरमुकाम आएर परिवार संग मल्लले भेटघाट गरेको सुईको थाह पाएपछि तत्कालिन सरकारले मल्लको खोजिका लागि ठुलो शैन्य टिम खटाएको थियो । मान्छे मार्नका लागि खोच, खाल्डा, काल्ला र जंगलको सहारा लिने गरिथ्यो त्यतिवेला । सदरमुकाम आएर ठुलो आवाजमा मानिसहरु वोल्न सक्ने अवस्था थिएन ।
सदरमुकाम पढ्न आएका विद्यार्थीहरु माओवादीको रुपमा चिन्थ्यो राज्यसत्ताले । गाउँ जाँन वितिकै सुचना लिन आएका भनि विद्रोहीको शंका हुँने गर्दथ्यो । सदरमुकाम भन्दा गाउँ निकै सुरक्षित थियो त्यति वेला । यूद्धकालका दिन वढ्दै जाँदा एकाएक पिलि आक्रमणको थक्रमान र राजाले शाषन आफ्नो हातमा लिएर दललाई अधिकार विहिन वनाएपछि माओवादी र तत्कालिन ७ दल एकै ठाउँमा मिल्न वाध्य भए । सहकार्यको आन्दोलनले राजाले जनताको अधिकार जनतालाई फिर्ता गरेको भनि घोषणा गरे । घोषणा संगै माओवादी खुल्ला राजनीतिमा आयो भने अन्य दल माओवादीको नजिक आए ।
खुल्ला राजनीतिले दुवै मितलाई वषौदेखि पिछोडको पिडामा मलम लगाउदै भेट गर्ने अवसर मिल्यो । एमाले वाट राजनीति गरेका भैरव र माओवादीवाट राजनीति गरेका मल्ल आ आफ्नो शान्तिपुर्ण राजनीतिमा लागिरहे । समयले मल्ललाई जाजरकोट क्षेत्र १ वाट संविधानसभाको चुनाव वाट भारी मतले विजय वन्ने अवसर प्राप्त भयो भने श्रेष्ठ एमालेको अञ्चल कमिटिमा पुर्यो । समय वित्दै जाँदा दोस्रो संविधान सभामा मल्ल र श्रेष्ठ पाटीकै भुमिका मात्र सिमित वन्नुभयो । अहिले संविधान निर्माण गरि कार्यान्वनको वाटोमा लाग्दै गर्दा राष्ट्रिय सभा सदस्यमा दुवै मित एकै पटक निर्वाचित भएका छन् । संयोग मान्नुपर्छ अहिले दुवै मितको पाटी समेत एकताको लागि अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्