ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई मित एकै पटक राष्ट्रियसभाको यात्रामा


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   ४ : ०५   बजे

जाजरकोट, २५ माघ ।  कक्षा ३ मा पढ्दै गर्दा अहिलेका राष्ट्रिय सभा सदस्यमा निर्वाचित कालीवहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले मित लगाउनुभयो । उमेर वढेसंगै कक्षा थप्दै गएका द्धया मल्ल र श्रेष्ठ शिक्षक भएर वालवालिका वढाउनथाल्नुभयो । शिक्षणकै सिलसिलामा मल्ल र श्रेष्ठले फरक फरक दलका कार्यक्रता भई सक्रिय राजनीतिमा लाग्नुभयो । राजनीतिमा सक्रिय हुँदै गर्दा कालीवहादुर मल्ल माओवादी जनयूद्धको एक योद्धाको रुपमा सक्रिय भई जनताको मुक्तिको लागि जीवनको प्रवाह नगरि यूद्धमा होमिनुभयो ।

श्रेष्ठ शिक्षक पेशा छोडी राजिनामा गदै २०४८ सालमा जिल्ला विकास समितिको उपसभापतीमा निर्वाचित हुनुभयो । उत्ता कालीवहादुर मल्ल जनमोर्चावाट जिल्ला विकास समितिका सदस्य हुनुभयो । २०५४ सालमा भैरवसुन्दर श्रेष्ठ जिल्ला विकास समितिका सभापती हुनुभयो भने कालीवहादुर मल्ल जनयूद्धको भुमिगत आन्दोलनको नेतृत्व गरिरहेका थिए । उत्ता मल्ल भुमिगत आन्दोलनको कठिन पुर्ण मोर्चामा लाग्दै गर्दा भैरव सुन्दर श्रेष्ठ सत्ता पक्षको वागडोर समाल्दै सक्रिय हुनुभयो । एक आगो अर्को पानिको रुपमा अगाडी वढेका दुई मित साईनो र मित्रताले नजिक भएपनि राजनीतिको हिसावले छाया काटाकाट सम्म समयले पुर्याईदियो ।

कालीवहादुर मल्ल यूद्धको नेतृत्व गदै गाउँ गाउँमा वम र वारुद्ध संग लुकामारी खेल्दै नयाँ नेपालको महान खाका कोर्ने अभियानमा लागिरहे । यूद्धकै विचमा भुमिगत आन्दोलनको नेतृत्व गरेका मल्ललाई एक पटक रेडियो नेपालले मृत्यू भएको खवर , पक्राउ परेको समाचार वजाए पछि अर्का मित भैरवसुन्दर श्रेष्ठ रातीभर निदाएन्न । त्यतिवेला गाउँमा जाँन त्यति सहज थिएन । गाउँमा गए माओवादीको आरोप लाग्ने , सदरमुकाम आए राज्यसत्ताको समर्थकको विल्ला भिराउने ठुलो संकटको महामैदान छ्यापछ्याप्ती लाग्ने गर्दथ्यो । मानिस मर्नु , मारिनु खासै ठुलो कुरा थिए । मानिस , मानिस विच यूद्धले आफ्नै मान्छे पनि विरानो , विरानो मान्छे आफन्त वनाएको थियो । राती, राती सदरमुकाम आएर परिवार संग मल्लले भेटघाट गरेको सुईको थाह पाएपछि तत्कालिन सरकारले मल्लको खोजिका लागि ठुलो शैन्य टिम खटाएको थियो । मान्छे मार्नका लागि खोच, खाल्डा, काल्ला र जंगलको सहारा लिने गरिथ्यो त्यतिवेला । सदरमुकाम आएर ठुलो आवाजमा मानिसहरु वोल्न सक्ने अवस्था थिएन ।

सदरमुकाम पढ्न आएका विद्यार्थीहरु माओवादीको रुपमा चिन्थ्यो राज्यसत्ताले । गाउँ जाँन वितिकै सुचना लिन आएका भनि विद्रोहीको शंका हुँने गर्दथ्यो । सदरमुकाम भन्दा गाउँ निकै सुरक्षित थियो त्यति वेला । यूद्धकालका दिन वढ्दै जाँदा एकाएक पिलि आक्रमणको थक्रमान र राजाले शाषन आफ्नो हातमा लिएर दललाई अधिकार विहिन वनाएपछि माओवादी र तत्कालिन ७ दल एकै ठाउँमा मिल्न वाध्य भए । सहकार्यको आन्दोलनले राजाले जनताको अधिकार जनतालाई फिर्ता गरेको भनि घोषणा गरे । घोषणा संगै माओवादी खुल्ला राजनीतिमा आयो भने अन्य दल माओवादीको नजिक आए ।

खुल्ला राजनीतिले दुवै मितलाई वषौदेखि पिछोडको पिडामा मलम लगाउदै भेट गर्ने अवसर मिल्यो । एमाले वाट राजनीति गरेका भैरव र माओवादीवाट राजनीति गरेका मल्ल आ आफ्नो शान्तिपुर्ण राजनीतिमा लागिरहे । समयले मल्ललाई जाजरकोट क्षेत्र १ वाट संविधानसभाको चुनाव वाट भारी मतले विजय वन्ने अवसर प्राप्त भयो भने श्रेष्ठ एमालेको अञ्चल कमिटिमा पुर्यो । समय वित्दै जाँदा दोस्रो संविधान सभामा मल्ल र श्रेष्ठ पाटीकै भुमिका मात्र सिमित वन्नुभयो । अहिले संविधान निर्माण गरि कार्यान्वनको वाटोमा लाग्दै गर्दा राष्ट्रिय सभा सदस्यमा दुवै मित एकै पटक निर्वाचित भएका छन् । संयोग मान्नुपर्छ अहिले दुवै मितको पाटी समेत एकताको लागि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia Warns UK of Consequences for Drone Use in Attacks

Trump Threatens Military Action Against Oman Over Strait of Hormuz Deal

Explosion Near Kabul School Injures Several Students

Likud Party Primaries Set Stage for Israel’s Upcoming Election

Syria Investigates Death of ‘White Helmet’ Rescuer in Police Custody

Afghanistan Marks Five Years Since Chaotic US Withdrawal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu