काठमाडौं, २६ भदौ । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनमा देशले असल नेता र आफूले असल मित्र गुमाएको बताएका छन् । नेम्वाङका बालसखासमेत रहेका खनालले आफूले संगत गरेका व्यक्तिमा नेम्वाङ असल र इमान्दार मित्र भएको बताए ।
यसरी सम्झिए झलनाथले नेम्वाङलाई
सुवास नेम्वाङ बाल्यकालदेखिको सहपाठी साथी हो । उहाँ मेरो बडो आत्मीय र घनिष्ठ साथी पनि हो । मैले अनुभव गरेका साथीहरुमा उहाँ इमान्दार साथी पनि हो । हामीले बाल्यकालको शिक्षादेखि यो ठाउँसम्म आउँदा एउटा लामो यात्रा पार गरेर आएका छौँ ।
आज उहाँको दुःखद् निधन भएको छ । यो असामयिक निधन पनि हो । यो निधनमा सबैभन्दा पहिले तपाईँको माध्यममार्फत पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
सुवास नेम्वाङ एउटा मृदुभाषी मिलनसार, इमान्दार र मेरो एउटा सहपाठी पनि हो, सहयोद्धा र कमरेड पनि हो । उहाँ यो देशको संविधानसभाको अध्यक्ष पनि हो । म सुवास नेम्वाङलाई धेरै निकटबाट जान्दछु । उहाँको निधनले देशलाई ठूलो क्षति भएको छ ।
हामी त्रिचन्द्र कलेजमा त्यही २४र२५ सालतिर आईएस्सी सँगै पढेका हौँ । म त्यतिबेला बीचमै अनेरास्ववियुको नेता कार्यकर्ताको रुपमा क्रियाशील थिएँ । उहाँ अलि राजनीतिमा लागिसक्नु भएको थिएन ।
पछि आईएस्सी पढाइ सकेर पूर्ण रुपले राजनीतिमा लागिसकेपछि म जब २६ सालमा इलाममा पुगेँ, तब हामीले इलाम जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी गठन गरेर कम्युष्टि आन्दोलनलाई अघि बढाउन थाल्यौँ ।
त्यो क्रममा उहाँ महेन्द्ररत्न क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो बीए । त्यहाँ पढिरहेको अवस्थामा हामीले विद्यार्थीहरुसँग काम गर्ने सिलसिलामा मैले उहाँलाई राजनीतितर्फ तानेँ । २०२८र२९ सालबाट उहाँ प्रगतिशील राजनीतितर्फ आउनुभयो । त्यसबेलादेखि उहाँ हाम्रो प्रगतिशील धारमा नै निरन्तर लागिरहनुभयो ।
०३२ सालमा हामीले कोअर्डिनेसन केन्द्र बनायौँ, त्यसको राजनीतिलाई उहाँले समर्थन जनाउनुभयो । हामीले नेकपा माले बनायौँ, त्यसलाई पनि उहाँले समर्थन जनाउनुभयो । त्यही धारबाट उहाँ अघि बढ्दै आउनुभयो ।
नेकपा एमाले निर्माण भएपछि उहाँ सँगसँगै नै अघि बढ्नुभयो । ०४६ सालपछि उहाँ सांसद बन्नुभयो । म पनि सांसद भए । उहाँलाई पहिले हामीले राष्ट्रियसभामा पठायौँ । त्यसपछि मैले इलामै जानुप¥यो भनेर प्रस्ताव गरेँ, उहाँले स्वीकार गर्नुभयो । हाम्रो इलाम जिल्ला कुनै बेला दुइटा, कुनै बेला तीनवटा निर्वाचन क्षेत्र भयो ।
दुई निर्वाचन क्षेत्र हुँदा म एकबाट र उहाँ दुईबाट सांसद बन्दै आउने प्रक्रिया रह्यो । त्यही सिलसिलामा ०६२ माघ १९ देखि बडो ठूलो आन्दोलन भयो, ०६२र६३ को क्रान्ति भयो । त्यसपछि हामीले संविधानसभाको निर्वाचन गर्यौँ । संविधानसभाको निर्वाचनमा हामी सँगै एक नम्बर र दुई नम्बरबाट सभासद भयौँ । त्यस सिलसिलामा उहाँ संविधानसभाको अध्यक्ष हुनुभयो ।
संयोगले त्यही बेला म मुलुकको ३४औँ प्रधानमन्त्री भएँ । यसरी हामी सँगसँगै सँगसँगै राजनीतिक यात्रा तय गर्दै अगाडि बढेर आयौँ । पछि गएर नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीचमा एकता भएर नेकपा बन्यो । त्यसमा पनि हामी सँगै पार्टी लिडरसिपमा बसेर क्रियाशील थियौँ । अहिले भने पार्टीमा भएको विद्रोह र विभाजनपछि हामी अलग अलग पार्टीमा रहँदा पनि हाम्रोबीचमा सम्बन्ध सम्पर्क निरन्तर थियो ।
हामी इलामको बारेमा, देशको बारेमा, कम्युनिष्ट आन्दोलनका बारेमा, देशमा संवाद र एकताको बारेमा हामी एक आपसमा विचारहरु आदानप्रदान गरिनै रहन्थ्यौँ । उहाँ पार्टीको विभाजनमा बडा दुःखी हुनुहुथ्यो ।
कम्युनिष्टहरुलाई अलिक निकट ल्याउने उपाय र तरिका के हुनसक्छन् खोजी गरौँ न भन्ने कुरामा उहाँ लागिरहनुभएको थियो । यही सिलसिला चरिरहेका बेला उहाँको बडो दुःखद् निधन भयो । उहाँको निधनले नेपालले एउटा राम्रो नेतालाई गुमाएको छ ।
हाम्रो आन्तरिक सहयात्रा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । उहाँले दिएका योगदानलाई सम्झनुपर्दा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउने सिलसिलामा, देशको समाजवादी आन्दोलनलाई अघि बढाउने सिलसिलामा र देशको ऐन कानुन निर्माण गर्ने सिलसिलामा उहाँले महत्वपूर्ण योगदान पु¥याएर जानुभएको छ ।
उहाँका योगदानमध्ये सबभन्दा चहकिलो योगदान संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा संविधानसभाको अध्यक्षको हैसियतले जुनखालको भूमिका निर्वाह गर्नुभएको छ, त्यो धेरै महत्वपूर्ण र दूरगामी महत्वको भूमिका हो । त्यसका लागि सुवास नेम्वाङलाई हामी सबैले सम्झनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्