काठमान्डौ २६
शारदा शर्मा
मैले नियालेर हेरें मैले नियालेर हेरें उनित रित्तै हिंडेका रैछन ।
मैले आंखा उघारेरै हेरें केही नलगी जाने डरपोक हैछन ।
सोधें एकपटक उनि को हुन भनेर फेरि
उनित देशका ठुलै मान्छे रैछन ।
सत्ताको लागि जे पनि गर्नेहरुको अगाडी
पाएको पोष्ट पनि छोडेर गए ।
फेरि हेरें मैले एक्लै त इनी पक्कै गएनन
आफुसंग समान केके लए ।
चिस्यानमा लम्पसार परेर सबैलाइ गिज्याए जस्तै
उनले अरुलाई जिस्क्याएकात हैनन ?
मृत्युको नाटक गरेर उनेले
कतै मुल्यवान सामान लगेकात छैनन ?
मैले फेरि नियालेर हेरें उनलेत आइस लगाएका रैछन
मैले आंखा उघारेरै हेरें उनित साह्रै डरपोक हैछन ।
सुनले सहकर्मी सजिएको समय उनी नाम कमाएर गए
अरु केही दिन नसके पनि इमानको हाथ थमाएर गए ।
शोकमा साथ दिनेहरु देखेर एकपटक त उनि रमाएरै गए
बाचुन्जेर खन्जार घोप्नेहरुका पनि सांच्चै खुट्टा कामाएरै गए ।
देशका अप्ठ्याराहरुमा साथ दिदा
मुल्य नबुझेकाहरुलाई बुझाएर गए ।
सबैकुरा क्षणिक रैछन राम्रो गर्नु भन्दै सुझाएर गए
सांच्चै बुढात कायर रैछन केहीनलगी मन कुंढाएर गए ।
सहकर्मीहरुको पैसा मोह देखेर सांच्चै बुढा लजाएर गए
देशका अनेक कान्डहरु देखेर मनभरी पिडा बढाएर गए ।
मैले फेरि नियालेर हेरें उनित रित्तै हिंडोका रैछन
सलाम गरें एक पटक फेरि केही नलगी जाने कायर हैछन ।
आंखा उघारेर हेरें फेरि सुन र सम्पत्ती नलगी जाने डरपोक रैछन ।
प्रतिक्रिया दिनुहोस्