ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको वाग्मती अधिवेशन : नेतृत्वका लागि दुई केन्द्रीय सदस्यसहित चार मुख्य दाबेदार


एबीसी न्यूज
३१ भदौ २०८०, आइतबार   ५ : ०२   बजे

काठमाडौं, ३१ भदौ ।  प्रतिपक्षी नेकपा एमाले प्रदेश अधिवेशनको चटारोमा छ । लुम्बिनी प्रदेशले नयाँ नेतृत्व पाइसकेको छ भने असोजभित्रै बाँकी प्रदेशको अधिवेशन हुँदै छ ।

त्यसमध्ये अब वाग्मती प्रदेशको अधिवेशन पहिले हुनेछ । असोज ८ र ९ गते हुने अधिवेशनको तयारी तीव्र भइरहेको नेताहरू बताउँछन् ।

अधिवेशनका लागि प्रतिनिधि चयनको काम अन्तिम चरणमा पुगेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए ।

“प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । दुुईवटा पालिकाको मात्रै बाँकी छ । सम्भवतः आजै सकिन्छ,” उनी भन्छन् ।

प्रत्यक्ष निर्वाचन र मनोनीत पाँच प्रतिशत गरी करिब एक हजार २५० जना प्रतिनिधि रहनेछन् ।

अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् ।

काठमाडौं महानगरको इन्चार्जसमेत रहेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुँयालले अधिवेशनमा काठमाडौंका विभिन्न स्थानबाट र्‍याली अधिवेशनस्थल पुर्‍याउने तयारी भइरहेको जानकारी दिए ।

जो दाबेदार छन्
वाग्मतीको हालको कमिटी ४७७ सदस्यीय छ । अब बन्ने कमिटी झण्डै आधा हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्य निर्वाचित गर्नेछ ।

प्रदेश अध्यक्षको नेतृत्वका लागि चारजना मुख्य दाबेदार देखिएका छन् । अधिवेशनमा दुईजना केन्द्रीय सदस्य प्रतिनिधि बनेका छन् ।

बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा वाग्मतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वका लागि लविइङमा छन् ।

प्रदेश अध्यक्ष पाण्डे नेतृत्वका विषयमा छलफल भइनसकेको बताउँछन् । सहमतिको प्रयास गरिने उनको भनाइ छ ।

“नेतृत्वको बारेमा हामीले अहिले छलफल गरेका छैनौं । अरु साथीहरूको पनि दाबेदारी रहे सहमतिबाट टुंग्याउन प्रयास गर्छौं,” उनी भन्छन् ।

केन्द्रीय सदस्य ढुंगेलले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताए ।

“प्रतिनिधि सबै आइसक्नुभएको छैन । प्रतिनिधिहरूको आशय र पार्टीको मनोविज्ञान मतर्फ देखिए नेतृत्वका लागि तयार छु,” उनी भन्छन्, “म नेतृत्वको उमेदवार हुँ ।”

पार्टीले केन्द्रीय सदस्यलाई पोलिट्ब्युरो सरहको मान्यता दिएकाले पनि प्रदेशको आकांक्षा राखेको उनले सुनाए ।

“प्रदेशको अध्यक्षलाई पोलिट्ब्युरो सदस्य बराबर मान्यता दिएको छ । केन्द्रीय सदस्य प्रदेशमा ओर्लने, पद घटुवा हुने भन्ने कुरा हुँदैन । यो कार्यकारी पद हो,” उनी भन्छन् ।

ढुंगेल ०४८, ०५१, ०६४ र ०७० मा चारैपटकको निर्वाचनमा पराजित भएका थिए । ०७४ को निर्वाचनमा रामेछापको प्रदेशतर्फ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी वाग्मतीको आर्थिक मामिलामन्त्री पनि भएका भए ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य दाहालले आफू नेतृत्वको दाबेदार भएकाले नै प्रतिनिधि भएको बताए ।

“नेतृत्वको दाबेदार भएकाले नै केन्द्रीय सदस्य प्रतिनिधि बनेर आएको हो । छलफल भइरहेकै छ,” उनले  भने ।

०४८ र ०५६ मा पनि सांसद बनेका दाहाल ०७४ मा मकवानपुर– १ बाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि भएका थिए ।

वाग्मतीका पूर्वसभामुखसमेत रहेका श्रेष्ठ पनि प्रतिनिधि भएर आएका छन् । उनले पनि नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरिरहेको एक नेताले बताए । उनी एमालेको पूर्वपोलिट्ब्युरो सदस्य हुन् । श्रेष्ठ ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश कबाट निर्वाचित भएका श्रेष्ठ सभामुख बनेका थिए ।

“पार्टीको पहिले पोलिट्ब्युरो सदस्य भइसक्नु भएका सानु श्रेष्ठ पनि प्रतिनिधि भएर आउनुभएको छ । उहाँले नेतृत्वको दाबेदारी गरिरहनुभएको छ,” ती नेताले सुनाए ।

अर्का एक नेताका अनुसार मुख्य दाबेदारी यी चार नेता देखिएका छन् । अध्यक्षमा प्रदेशका वर्तमान सचिव विजय सुवेदी, उपसचिव रत्ना गुरुङ पनि आकांक्षी देखिएका छन् । सर्वसम्मतिको पहल, पहिले नै उमेदवारी घोषणा नगर्न निर्देशन

प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने प्रयत्नमा नेताहरू देखिन्छन् । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा नै उमेदवारी दिने दिनभन्दा अघि उमेदवारी घोषणा नगर्न निर्देशन दिइएको छ । वाग्मतीका अध्यक्ष पाण्डेले पहिले नै घोषणा नगर्न सर्कुलर जारी गरेको बताए ।

“अधिवेशनमा उमेदवारी दिने दिनअघि नै कसैले अरुको उमेदवारी र स्वःघोषणा नगर्न सर्कुलर जारी गरेका छौँं,” उनी भन्छन् ।

पाण्डेले मूल नेतृत्व सहमतिमा नै गरियोस् र आफूहरूको पहल रहने पनि बताए ।

उनी भन्छन्, “मूल नेतृत्व सहमतिमै टुंगियोस् भन्नेमा हाम्रो पहल रहन्छ । वाग्मतीभित्र सहमति गर्न सक्छौँ भन्ने लाग्छ ।”

पोलिट्ब्युरो सदस्य फुँयालले पनि सहमतिको प्रयास गरिने बताए ।

“हामी सर्वसहमतिको प्रयासमा छौँ । अन्तिम समयसम्म सर्वसहमतिको प्रसास गर्छौं,” उनी भन्छन्, “सर्वसहमति नभए डिजिटल भोटिङ हुन्छ । नतिजा पनि छिट्टै आउँछ, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group