ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याट पूरै छुट र एक प्रतिशत भन्सार महसुल लिन अर्थ मन्त्रालयलाई निर्देशन


एबीसी न्यूज
३१ भदौ २०८०, आइतबार   ८ : ५०   बजे

काठमाडौं, ३१ भदौ । चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माग गरेअनुसारका सामग्रीमा मूल्य अभिवृद्धि कर भ्याटमा पूरै छुट र भन्सार एक प्रतिशत मात्र लिने व्यवस्था मिलाउन प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले नजिकिँदै गरेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन र सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

नजिकिँदै गरेका चाडपर्वको समयमा चिनी, चामल र गहुँलगायतका अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन मूल्य नियन्त्रण गरी कार्टेलिङ प्रणालीलाई निरुत्साही गर्दै सहज आपूर्ति व्यवस्था मिलाउन र सहुलियत मूल्यमा बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार महसुल छुटका लागि अर्थ मन्त्रालयमा सहमति माग गरिएकोमा बजारको मागअनुसारको परिमाण सहमति प्राप्त नभएकोतर्फ समितिको ध्यानाकर्षण भएको छ ।

अतः चाडबाडका अवसरमा बजारको मागअनुसारको परिमाणमा उक्त मन्त्रालयबाट माग भएअनुसार मूल्य अभिवृद्धि कर पूरै छुटमा र एक प्रतिशत भन्सार महुसल लिने गरी आयातको सहमति उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने,” निर्देशनमा भनिएको छ ।

उपभोग्य वस्तुहरूमा हुने मिसावट, कृतिम अभाव, कालोबजारी, गैरकानुनी भण्डारण, अस्वभाविक मूल्यवृद्धि जस्ता अनियमित गतिविधि रोक्न उपभोग्य वस्तुहरूको बजार अनुगमन गर्ने कामका लागि पर्याप्त मात्रामा जनशक्ति र स्रोत साधनको व्यवस्था गरी अनुगमन कार्यलाई तदारुकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने पनि उल्लेख छ ।

चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी आयातका लागि सहमति खोजेकोमा अर्थले २० हजार मेट्रिकटन चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट दिने सहमिति दिएको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।

अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०÷१० हजार मट्रिकटन चिनी आयात गर्न सहमति दिएको थियो । यसअघि, चिनी आयातमा ३० प्रतिशत भन्सार लाग्ने गरेको थियो । यी दुई कम्पनीले आयात गर्ने २० हजार मेट्रिकटन चिनीमा भने १५ प्रतिशत भन्सार लाग्नेछ ।

तर, वाणिज्य मन्त्रालयले माग गरेअनुसार नै अर्थले आयात गर्न सहमति दिनुपर्ने समितिको निष्कर्ष छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group