आदित्य शर्मा, काठमाडौं । अक्टोबर ७ तरिख २०२३ को एकाविहानै हमासका लडाकुले सीमामा लगाइएका क्यामेरा र सेन्सरमा गोली हानेका थिए। इजरायली सेनाको दक्षिणी गाजा हेडक्वार्टरमा आक्रमण गरेर सञ्चार अवरूद्ध पारे।
नरसंहार मच्चाउँदै सर्वसाधारण र बर्दीमा रहेका सयौं इजरायली र दर्जनौं विदेशी नागरिकको हत्या गरे।
हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएर गाजा क्षेत्रनजिकैको फार्ममा काम गर्ने १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते छन्। एक जना नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात छ। मध्यपूर्वमा युद्धका कारण नेपाली विद्यार्थीले ज्यान गुमाएको यो नै पहिलो घटना हो ।
संयोग कस्तो परेको थियो भने सन् १९७३ मा यहुदीहरूको चाड योम किपुरका दिन इजिप्ट, सिरियालगायत अरब राष्ट्रले इजरायलमाथि आक्रमण गरेको ठ्याक्कै ५० औं वर्षगाँठ का अवसरमा हमला गरेको हो। हमासको यो आक्रमा विश्वप्रसिद्ध अर्थात कुख्यात मानिएकोइजरायली खुफिया मोसादको ढाड भाँच्ने जस्तो घटन ा पनि मानिएको छ । जमिन, समुद्र र आकास तीनतिरबाट भएको सो अपूर्व आक्रमणको जवाफमा इजरायलले पनि गाजापट्टिमा रहेका हमासका अखडाहरूमा तत्काल हवाई हमला गर्यो। इजरायली हवाई हमलामा तीन सय भन्दा बढी प्यालेस्टिनीहरूले एकैछिनमा ज्यान गुमाए।
हमासको आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले जस्तो प्रतिक्रिया दिएका थिए, त्यसका आधारमा प्यालेस्टिनीहरूको ठूलो संहार हुने अनुमान गरिएको थियो। ‘हामी कुनै ‘कारबाही’ वा ‘अपरेसन’ गर्न गइरहेका छैनौँ,’ प्रधानमन्त्री नेतान्याहुले भनेका थिए, ‘बरु हामी ‘युद्ध’ को अवस्थामा छौँ। र, हमासले यसअघि कहिल्यै बेहोर्नु नपरेको मूल्य चुकाउनु पर्नेछ।’
अहिले इजरायलले लगातार गाजामाथि हवाई हमला गरिरहेको छ। इजरायलले गाजामाथि खाद्यान्न, इन्धन र पानीसमेतको आपूर्ति रोकेर पूर्ण नाकाबन्दी लगाएको छ।
हमासले ठूलो संख्यामा इजरायलीहरूलाई बन्धक बनाएको छ। मंगलाबार हमासले लडाइँ नरोकिई बन्धकहरूका बारेमा कुनै वार्ता नगर्ने बताएको छ।
बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनले आफ्नो रिपोर्टमा गाजाबाट गरिएको हमासको आक्रमणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक भनेका छन् । रिपोर्टअनुसार, इजरायलको नयाँ पिँढीले यस्तो ‘क्रस बोर्डर अट्याक’ न देखेका थिए, न त इजरायलले यति ठूलो आक्रमणको सामना नै गरेको थियो ।
यो आक्रमण सन् १९७३ को इजरायलमाथि भएको त्यो आक्रमणको वर्षगाँठभन्दा ठीक एक दिनपछि गरियो, जसलाई इजिप्ट र सिरियाले संयुक्त रूपमा गरेका थिए । उक्त आक्रमणको तारिख र वर्षगाँठको अर्थ हमास नेतृत्वका लागि समाप्त भएको छैन ।
अब हेरौं इजरायल प्यलेष्टाइन द्धन्द्धको विगत
विश्वभर व्रिटिश उपनिवेशको दबदबाबाट देशहरु स्वतन्त्र हुने लहरका क्रममा छिमेकी देश भारत मुक्त हुने बेलामा नै यहुदीहरुको छुट्टै देश इजरायल बनेको हो । तर यहुदीको दशे बन्दै गर्दा त्यस क्षेत्रका आदिवासी मानिने अरबीहरुलाई किनारामा धकेलियो । युद्धकै बीचबाट प्यालेष्टाइन बन्यो । दोस्रो विश्वयुद्धपछि रुस र अमेरिकाले आआफ्नो स्वार्थको रोटी सेक्दै गर्दा इजरायल–प्यालेस्टाइनका जनता एक शताब्दीदेखि दुश्मनीपूर्ण युद्धको छायाँलाई आफ्नो जीवन मान्न वाध्य भएका छन् ।
युक्रेन–रूस युद्धले विश्वलाई नै चिन्तित बनाएका बेला असोज २० अर्थात् अक्टोबर ७ गते बिहान प्यालेस्टाइनको गाजापट्टीमा आधार बनाएको लडाकू समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा चक्मा दिने शैलीमा आक्रमण गरेपछि विश्व नै पुनः मध्यपूर्व युद्धको समाचारले रंगिएको छ ।
इजरायल– प्यालेष्टाइन युद्धको सनसनी चलिरहेका बेला एक पटक यसको इतिहास स्मरण गर्नु आवश्यक छ ।
एशिया महादेशको पश्चिम कुनामा अफ्रिकी महादेशसँग जोडिने घांटी नेर देखिने साँघुरो भाग नै इजरायल – प्यालेष्टाइन हो । उत्तर–पश्चिममा भूमध्य सागर र दक्षिणमा लाल सागरले घेरिएको यो क्षेत्र ‘मध्यपूर्व’ भनिने भूभागको पश्चिमी छोर हो। पश्चिमा मुलुकहरूले ‘मध्यपूर्व’ भन्दछन् यसलाई । नपालबाट भने यो पश्चिम एशिया हो। उत्तरमा लेबनान, पूर्वमा सिरिया र जोर्डन, दक्षिण–पश्चिममा इजिप्ट, उत्तर–पश्चिममा भूमध्य सागर र दक्षिणमा लाल सागरले घेरिएको छ इजरायल र प्यालेष्टाइन ।
यो भूभागको पूर्वी किनारमा भएको भाग हो– वेस्ट ब्यांक।
सन् १९४८ सम्म यो हिस्सालाई वेस्ट ब्यांक भनिंदैनथ्यो। उक्त वर्ष अरब मुलुकहरू र इजरायलबीच युद्ध भएको थियो। युद्धपछि मात्रै यो ठाउँलाई वेस्ट ब्यांक भन्ने गरिएको हो। । जोर्डन नदीको पश्चिम किनारमा पर्ने भएकाले यसको नाम ‘वेस्ट ब्यांक’ राखिएको हो। वेस्ट ब्यांकमा मात्र प्यालेस्टिनी सरकारको शासन छ।
पूर्वी जेरुसेलममा सन् २०१७ मा यस क्षेत्रमा २७ लाख ४७ हजार ९४३ प्यालेस्टिनी र तीन लाख ९१ हजार इजरायली बसोबास गर्ने अनुमान गरिएको थियो।
पश्चिम जेरुसेलममा दुई लाख एक हजार २०० इजरायली बसोबास गरिरहेको अनुमान गरिएको थियो।
इजरायल– प्यालेस्टाइन भूखण्डको अर्को हिस्सा हो, गाजापट्टी। भूमध्य सागरको पश्चिम किनारमा रहेको यो भूभागको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ। यसको दक्षिण–पश्चिम सीमामा इजिप्ट तथा पूर्व र उत्तरमा इजरायल पर्छन्।
गाजापट्टीमा पूर्णतः प्यालेस्टिनी मात्र बसोबास गर्छन्। गाजापट्टीमा प्यलेष्टाइनी उग्रवादी समूह हमासको नियन्त्रण छ।
हमास एक राजनीतिक र सैन्य संगठन हो। हमासलाई अमेरिका, इजरायल, यूरोपियन युनियन र जापानले आतङ्ककारी समूह मान्छन्। बेलायत र अस्ट्रेलियाले भने हमासको सैन्य जत्थालाई मात्र आतङ्ककारी मान्छन्। चीन, रूस, टर्की, इरान र नर्वेले भने हमासलाई पूर्णतः राजनीतिक संगठन मान्छन्। यो नयाँ भूराजनीतिक चक्रव्युहको अर्को विश्लेषण हो ।
इजरायल–प्यालेस्टिनी भूखण्डको बीच भागमा जेरुसेलम शहर छ। यो शहर प्यालेस्टिनी, यहुदी र क्रिश्चियन तीन वटै धर्मको आस्थाको केन्द्र मानिन्छ ।
क्रिश्चियनहरूले यहीं नै येशुको जन्म भएको, उनलाई क्रसमा झुन्ड्याइएको र येशुको पुनर्जन्म समेत भएको ठान्छन्। यही भूमिको बेत्लेहेममा करिब २०२५ वर्षअघि जिसस क्राइस्टको जन्म भयो। लगभग ३३ देखि ३८ वर्षको उमेरमा जेरूसलममा सुलीमा चढाएर क्राइस्टको हत्या भएपछि यो भूमि क्रिश्चियनहरूका लागि पनि पवित्रस्थल बन्यो।
यहुदीहरू भने जेरुसेलमको ‘माउन्ट टेम्पल’ क्षेत्रलाई आफ्नो धर्मको मूल मान्छन्। अष्ट्रिया–हंगेरी साम्राज्यमा जन्मेर भियनामा पत्रकारिता गर्ने थियोडर हर्जल लगायतले यहुदीका लागि प्यालेस्टाइनमा छुट्टै राज्यको माग उठाउन थाले हुन् । त्यही भएर थियोडरलाई यहुदीहरुको को राजनीतिक पिता मान्ने गरिन्छ ।
अर्कोतिर यहुदीहरूले माउन्ट टेम्पल भनेर परिचय दिने स्थानलाई नै अरब िमुस्लिमहरुले ‘हरम–इस– शरिफ’ भन्छन्। अर्थात पवित्र घर । उनीहरू साउदी अरबमा रहेका दुई मुख्य धार्मिक स्थल मक्का र मदिनापछिको तेस्रो ठूलो धार्मिक केन्द्र यही हरम–इश–शरिफ हो ।
अन्तर्राष्ट्रिय कानून अनुसार जेरुसेलम प्यालेस्टाइनमा पर्छ। तर अहिले त्यहाँको अधिकांश भागमा इजरायलले कव्जा जमाएको छ ।
युद्धको शुरुवात
इजरायल– प्यालेस्टाइन द्वन्द्वको बीउ दुई वटा पक्षसँग जोडिएको छ । अरब राष्ट्रवाद र र यहुदीवादको शूरुवातसँगै मध्यपूर्वमा स्थायी युद्ध भड्कीरहेको छ भने पनि हुन्छ । । पहिलो विश्वयुदद्धको बादल मडारिइहरको बेला यहुदी र अरब राष्ट्रवादको जन्म भएको मान्न पनि ससकिन्छ । अरब राष्ट्रवादको उदय अट्टोमन–तुर्क साम्राज्यको विरोधका क्रममा भएको थियो। सन् १२९९ मा उदाएको अट्टोमन साम्राज्यको अधीनमा दक्षिण–पूर्वी यूरोप, पश्चिमएशिया र उत्तरी अफ्रिका थिए। इस्तानबुल (कन्स्टान्टिनोपोल) केन्द्र रहेको यो साम्राज्यमा अहिलेका इजरायल, प्यालेस्टाइन, सिरिया, जोर्डन र इराक लगायत देशहरू पर्थे।
यो क्षेत्रमा अरब मुसलमानहरू बस्थे। यही साम्राज्यको प्रतिरोधमा सन् १८६० को दशकको शुरूदेखि अरब राष्ट्रवादको उदय भएको थियो जसले इस्लाम धर्म मान्ने र अरबी भाषा बोल्ने सबै मानिसलाई ‘पितृभूमि’ अरबका बासिन्दा ठान्थ्यो। अरब राष्ट्रवादको उदयको कारण मध्यपूर्वमा फ्रान्सेली र बेलायती उपनिवेश विरोधी भावनासँगै उदय भएको हो ।
अरब राष्ट्रवाद उदाइरहेकै समयमा अर्कोतिर आधुनिक यहुदीवाद (जियोनिज्म) पनि उदाइरहेको थियो। बाइबलमा उल्लेख गरिएको जेरुसेलम नै यहुदीहरूको राजधानी भएकाले त्यो नै संसारका यहुदीको घर हुनुपर्ने माग सहित धार्मिक–राजनीतिक सिद्धान्तका रूपमा यहुदीवाद उदाएको थियो। तर आधुनिक यहुदीवादको जन्म यूरोपमा भएको थियो। १९औं शताब्दीको मध्यसम्म पुग्दा सिङ्गो यूरोप विभिन्न राष्ट्रियताका आधारमा विभाजित भइसेकेको थियो ।
यसस्ता जातिय वा धार्मिक राष्ट्रवादी आन्दोलन मूलतः बाह्य आक्रमणको प्रतिरोधका क्रममा उदाएका थिए। नेपोलियनको युद्धको प्रतिरोधका क्रममा जर्मन राष्ट्रवाद उदाएको र रूसमा मंगोलहरूको आक्रमणको विरोधमा रूसी राष्ट्रवादको जन्म भएको म्याक्विलियम्स र पियोत्रोवस्कीसले द वर्ल्ड सिन्स नामक पुस्तकमा उल्लेख गरेका छन् ।
यूरोपेलीहरू मूलतः इसाई थिए र उनीहरू यहुदीलाई घृणा गर्थे। उनीहरूको हेपाइको प्रतिरोधका क्रममा आधुनिक यहुदीवादको जन्म भएको थियो जसको जस रूसी नागरिक लियोन पिन्स्करलाई जान्छ।
सन् १८८१ मा भएको रूसी राजा अलेक्जेन्डर तृतीयको हत्याको दोष यहुदीलाई लगाउँदै राज्यले यहुदी विरोधी नीति लिएपछि १८८२ मा पिन्स्करले एउटा घोषणापत्र जारी गरेका थिए । ‘अटो–इमान्सिपेसनः एन अपील टु हिज पीपल बाई अ रसियन जीउ’ (स्वमुक्तिः आफ्ना जनतालाई एक रूसी यहुदीको आह्वान) शीर्षकको उक्त घोषणापत्रमा जेरुसेलमलाई केन्द्र बनाएर यहुदीहरूको राज्य बनाउनुपर्ने माग गरिएको थियो।
सोही घोषणापत्रको प्रभावमा गठन भएको ‘लभर्स अव् जियोन’ संगठनको नेतृत्वमा अरब–मुसलमानहरूको बसोबास रहेको प्यालेस्टाइनमा यहुदीहरूको बसाइँसराइ शुरू भएको हो । सन् १८८० को दशकको अन्त्यसम्म प्यालेस्टाइनमा करीब ४० हजार जति यहुदी बस्न थालेका थिए।
यहुदीवादको झन्डा बोकेर प्यालेस्टाइनमा यहुदीहरूको राज्य माग गर्ने अर्को सांगठनिक प्रयत्न भने अस्ट्रियन यहुदी थियोडर हर्जलले थालेका थिए। उनले ‘यहुदीहरूको पहिलो विश्व सम्मेलन’ आयोजना गरे र सन् १८९७ मा ‘यहुदी राज्य’ पुस्तिका निकाले । यसरी यहुदीको बेग्लै राज्य बनाउने परिकल्पनाले एउटा ठोस आकार लिएको हो ।
एकैसाथ उदाइरहेका दुवै राष्ट्रवादको दाबी भने एउटै भूभाग थियो– प्यालेस्टाइन। अरबहरू त्यसलाई तुर्कहरूको आधिपत्यबाट मुक्त स्वाधीन अरब भूमि बनाउन चाहन्थे। यहुदी विरोधी नीतिका कारण पीडित यहुदीहरू त्यसलाई आफ्नो सुरक्षित घर बनाउन चाहन्थे।
इजरायलको स्थापना
पहिलो विश्वयुद्धमा जर्मनी, अस्ट्रो–हंगेरी र इटालीले गठबन्धन बनाएका थिए जसको समर्थनमा अट्टोमन साम्राज्य पनि थियो। सन् १९१६ मेमा एक गोप्य ‘साइकेस–पिकोट सम्झौता’ भयो। जस मार्फत बेलायतले संक्षिप्तमा ‘ट्रान्स– जोर्डन’ भनिने वर्तमान प्यालेस्टाइन र इराकमाथि दाबी गर्यो भने फ्रान्सले लेबनान र सिरिया लिने गरी अरब भूमि बाँड्ने सहमति भएको थियो।
त्यति वेला अट्टोमन साम्राज्यसँगको लडाइँका क्रममा बेलायतले अरबहरूको सहयोग लिएको थियो। सोही क्रममा उसले तुर्कहरूले कब्जा गरेको जेरुसेलम, दमास्कस लगायत शहर तुर्क विरोधी अरबलाई दिने वाचा गरेको थियो। सन् १९१५–१९१६ का बीचमा हुसेन–म्याकमोहन पत्राचार मार्फत उक्त वाचा गरिएको थियो।
सन् १९१५ को जुलाईदेखि १९१६ को मार्चबीचमा अट्टोमन साम्राज्य विरुद्ध अरब विद्रोहको नेतृत्व गरिरहेका मक्काका अमीर शरिफ हुसैन र बेलायती सरकारका तर्फबाट इजिप्टका उच्चायुक्त लेफ्टिनेन्ट कर्णेल सर हेनरी म्याकमोहनबीच १० वटा पत्राचार भएका थिए ।
ती पत्राचारमा बेलायतले भूमध्य सागरदेखि लाल सागरबीचको भूमिलाई संयुक्त अरब राज्यका रूपमा स्विकारेको थियो।
बेलायतले सन् १९१७ मा ‘बालफर डिक्लरेशन’ (बालफर घोषणा) नामक एक पृष्ठको पत्र मार्फत यहुदीको सहयोग बापत ‘यहुदी जनतालाई राष्ट्रिय घर’ स्थापना गर्न सघाउने वचन दिएको थियो।
प्यालेस्टिनी क्षेत्रमा फ्रान्स र रूसको प्रभाव बढ्दै थियो। त्यो क्षेत्रमा आफ्नो प्रभाव कायम नरहने देखेपछि बेलायतले आश्रित समर्थक (प्रोटेजे) निर्माण गर्ने अर्थात् फुटाउ र राज गर भन्ने नीति अनुसार नै सन् १८४१ देखि बेलायतले प्यालेस्टाइनमा यहुदीको बसाइँसराइलाई जोड दिन थालेको थियो।
सन् १९१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति विड्रो विल्सनलाई ‘अमेरिकन किङ–क्रेन कमिशन’ ले बुझाएको प्रतिवेदनमा प्यालेस्टाइनमा बसोबास गरिरहेकामध्ये ९० प्रतिशत अरब समुदाय बालफोर प्रस्तावको विपक्षमा रहेको उल्लेख गरेको थियो।
बेलायतको यही दोधारे नीतिसँगै इजरायल स्थापनाको जग हालियो। सन् १९२२ मा ‘लिग अफ् नेशन्स’ ले प्यालेस्टाइनमा यहुदीहरूको राष्ट्रिय घर बनाउने प्रस्ताव स्विकारे थियो।
सन् १९२२ मा प्यालेस्टाइनमाथि दाबी गरिरहेका दुवै पक्षलाई सन्तुष्ट बनाउने नीति बेलायतले लियो। अरब समुदायलाई सन्तुष्ट पार्न उसले शरिफ हुसैनका पुत्र अबदुल्लाहलाई जोर्डन नदीको पूर्वी फैलावट क्षेत्र दिने वचन दियो। त्यस्तै, प्यालेस्टाइनको पूर्वी भूभागलाई ट्रान्स– जोर्डन भनियो। अरब र यहुदीहरूको बसोबास भएको जोर्डन नदीको दक्षिणमा रहेको प्यालेस्टाइन बेलायतको प्रत्यक्ष शासनमा रहने भयो। यसरी उपनिवेशवादी बेलायतले गरेको विभाजनलाई ‘प्यालेस्टाइनको पहिलो विभाजन’ भन्न सकिन्छ ।
एउटै भूमिका लागि लडिरहेका परस्पर विरोधी दुई समुदायलाई एउटै बिन्दुमा ल्याउने कुनै पनि योजना बेलायतसँग थिएन। ठीक उल्टो दुवै पक्षले बेलायतले आफूलाई धोका दिएको बुझ्न थाले ।
पहिलो विश्वयुद्धमा अट्टोमन साम्राज्य पराजित भएपछि प्यालेस्टाइनका लागि यहुदीवादी र प्यालेस्टिनीबीच पनि संघर्ष शुरू भयो। सन् १९२९ मा यहुदी र अरबहरूबीच पहिलो पटक रक्तपातपूर्ण युद्ध भयो।
सन् १९२२ मा प्यालेस्टाइन क्षेत्र बेलायतलाई दिइएपछि प्यालेस्टिनी अरबहरूमा असन्तोष पैदा भएको थियो। त्यसैले उनीहरूले उक्त भूभागको स्वाधीनताका निम्ति सन् १९३६ बाट विद्रोह शुरू गरे। उक्त विद्रोह दबाउन बेलायतले लर्ड रोबर्ट पिलको नेतृत्वमा ‘पिल आयोग’ गठन गर्यो। आयोगले प्यालेस्टिनी भूभागलाई तीन भागमा विभाजन गर्ने प्रस्ताव गर्यो। प्यालेस्टाइनलाई अरब राज्य, यहुदी राज्य र दुवै समुदायको पवित्र तीर्थस्थल रहेको तटस्थ धार्मिक क्षेत्र गरी तीन भागमा विभाजनको प्रस्ताव गरिएको थियो।
यो प्रस्ताव बेलायत सरकारले शुरूमा स्विकारे पनि दुई वर्षमै त्यस्तो विभाजन सम्भव नभएको भन्दै अस्वीकार गर्यो। अन्त्यमा अरबहरूको विद्रोह थामथुम पार्न बेलायतले सन् १९३९ मा ‘श्वेतपत्र’ जारी गर्यो । वेतपत्रमा पाँच वर्षमा ७५ हजार यहुदी आप्रवासी मात्र आउन दिने र क्रमशः रोक लगाउने उल्लेख थियो। श्वेतपत्रमा प्यालेस्टाइनमा यहुदीहरूको भूमि अधिकार नहुने र १० वर्षमा प्यालेस्टाइन स्वाधीन अरब राज्य हुने पनि उल्लेख थियो। परस्पर विरोधी वाचाहरूले भरिएको श्वेतपत्र आफ्ना वाचामा बेलायत टिक्न र आफ्नै घोषणालाई टिकाउन सकेन ।
त्यतिबेला युरोपमा हिटलरले यहुदीको नरसंहार शुरू गरिसकेका थिए। दोस्रो विश्वयुद्धको क्रममा नाजी जर्मनीले ६० लाख यूरोपेली यहुदीको हत्या गरेको थियो। जसले यहुदीमा आफ्नो बेग्लै देश हुनुपर्ने भावना बलियो बनाउँदै गयो। र, विभिन्न देशबाट लखेटिएका यहुदीहरू आश्रय खोज्दै प्यालेस्टाइन पुग्न थालेका हुन् भन्ने मानिन्छ ।
दोस्रो विश्वयुद्ध समाप्त भएपछि अरब भूमिमा उपनिवेश कायम गरिरहेका बेलायत र फ्रान्स युद्धमा विजयी भए पनि जर्जर भइसकेका थिए। अर्कातर्फ एशिया, अफ्रिका र ल्याटिन अमेरिकाभर उपनिवेश विरोधी आन्दोलन पनि चर्किन थालेका थिए। आफ्नो घट्दो शक्ति र उठ्दो उपनिवेशवाद विरोधी आन्दोलनको लहरलाई ठम्याएर नै हुनुपर्छ, बेलायतले प्यालेस्टाइनको मुद्दालाई भने दोस्रो विश्व युद्धकै कारण बनेको संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गर्यो।
त्यतिबेलासम्म पहिलेका बेलायती वाचाहरु अनुसार यहुदी र अरबहरूसहितको एक प्यालेस्टिनी राज्यको स्थापना असम्भव छ भन्ने स्पष्ट भइसकेको थियो। अरबहरू कुनै पनि हालतमा यहुदी राज्यको समर्थनमा थिएनन् भने प्यालेस्टाइनमा यहुदीहरूको आप्रवासन बढ्दो थियो।
संयुक्त राष्ट्र संघको महासभाले २९ नोभेम्बर १९४७ मा प्यालेस्टाइनमा यहुदी र मुसलमानका लागि दुई राज्य बनाउने निर्णय गर्यो। दुवै पक्षले दाबी गरेको जेरूसलम र वरिपरिको क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने अर्थात् सवैको साझा भूभाग बनाउने विचित्रको प्रस्ताव पारित गरेर प्यालेष्टाइनीहरुको आधारभूत मागलाई पन्छाएको थियो ।
बेलायतले १४ मे १९४८ मा प्यालेस्टाइनमाथिको दाबी छोडेपछि त्यसैदिन यहुदीको राज्य इजरायल घोषणा भयो। इजरायल देश बनाउने निर्णय प्यालेस्टाइनमा बस्ने मुसलमान र वरिपरिका अबर मुस्लिम राष्ट्रले मानेनन्। १४ मे १९४८ को रात प्यालेस्टाइनका मुसलमान, जोर्डन, इजिप्ट, सिरियालगायत देशले इजरायलमाथि आक्रमण गरे। झन्डै १० महिनासम्म चलेको त्यो युद्ध इजरायलले जित्यो। आफ्नो भागमा परेको जमिन मात्रै नभएर प्यालेस्टाइनीका लागि छुट्टयाएको भूभागको पनि झन्डै ६० प्रतिशत हिस्सा इजरायलले कब्जा गर्यो।
दोसैो पटक सन् १९६७ को जुन महिनामा इजरायलले जोर्डन, इजिप्ट, सिरिया, इराक, साउदी अरेबिया, कुवेतलगायत देशसँग ६ दिन युद्ध लडेर थप भू– भागमा आफ्नो अधिपत्य जमायो।
मुस्लिम देश भने त्यसपछि पनि इजरायललाई ध्वस्त पार्न लागिरहे। प्यालेस्टाइनीलाई सहयोग जारी राखे।
संयुक्त राष्ट्रसंघले पारित गरेको यो प्रस्तावलाई ‘प्यालेस्टाइनको दोस्रो विभाजन’ भनिन्छ। राष्ट्रसंघको प्रस्तावको पक्षमा संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघ दुवैले मतदान गरेका थिए। दोस्रो विश्वयुद्धको अन्त्यसँगै उदाएको नयाँ विश्व व्यवस्थाका यी दुई ध्रुवीय शक्तिहरूले गरेको मतदान इजरायल स्थापनाका निम्ति निर्णायक बन्न पुग्यो।
प्यालेस्टाइनलाई यसरी दुई हिस्सामा बाँड्ने राष्ट्रसंघको प्रस्तावलाई अधिकांश यहुदीले समर्थन गरे। तर सबैजसो अरबहरूले विरोध गरे।
अमेरिकी इतिहासकार रसिद खलिदीका अनुसार राष्ट्रसंघको प्रस्ताव युद्धको घोषणा थियो र राष्ट्रसंघकै घोषणापत्रमा उल्लिखित ‘आत्मनिर्णयको अधिकार’ को उल्लंघन थियो। बहुसंख्यक अरबलाई आफ्नो भूमिबाट नहटाई यहुदी राज्य स्थापना सम्भव हुँदैनथ्यो। प्रस्ताव पारित भए लगत्तै अरबहरुलाई लखेट्न शुरु गरे । सन् १९४९ को ग्रीष्मदेखि प्यालेस्टिनी भूभागबाट अरबलाई हटाउन थालियो।
झन्डै ८० प्रतिशत अरबहरूको बसोबास रहेको भूमिलाई युद्धको अन्त्यसम्म इजरायल बनाइयो। त्यहाँ रहेका प्यालेस्टिनीको जमीन खोसियो, घर जलाइयो र आफ्नो थातथलो छाड्न बाध्य पारियो। करीब १३ लाख प्यालेस्टिनीमध्ये कम्तीमा सात लाख २० हजारलाई शरणार्थी बन्न बाध्य पारियो। यो घटनालाई प्यालेस्टिनीहरू ‘नक्बा’ (विपत्ति) का रूपमा स्मरण गर्छन् जुन सन् १९३९ को ‘महान् विद्रोह’ को परिणति रहेको लेखक खलिदीले द हन्ड्रेड इयर्स अफ् वार नामक पुस्तकमा निश्कर्षका रुपमा दिएका छन् ।
प्यालेस्टिनीलाई आफ्नै भूमिबाट बेदखल गर्ने काम विभिन्न चरणहरु मध्ये विपत्तिको पहिलो चरण थियो, ३० नोभेम्बर १९४७ देखि २५ मे १९४८ सम्मको कालखण्ड ।
राष्ट्रसंघको प्रस्ताव पारित भएसँगै प्यालेस्टिनी भूभागमा यहुदी र अरबहरूबीच वैरभाव शुरू भइसकेको थियो। ९ अप्रिल १९४८ मा यहुदीहरूले डेढ सयभन्दा बढी प्यालेस्टिनीको हत्या गरे। त्यसको केही दिनमै अरबहरूले ७७ जना यहुदीको हत्या गरे। यहीबाट पहिलो अरब(इजरायल युद्ध शुरू भयो। जोर्डन, सिरिया, इजिप्ट, लेबनान र इराकले संयुक्त रूपमा यहुदीमाथि आक्रमण गरे।
यहुदीहरूको एकल शक्तिले यो युद्ध जितेको भने थिएन। शीतयुद्धका दुवै पक्षहरुले १९४८ मा अमेरिकी र बेलायती सैनिक विमानमा यहुदी सेना उतारिएको थियो भने सोभियत संघले दिएको हतियारले नै यहुदीले प्यालेष्टाइनीमाथि विजय प्राप्त गरेका हुन् ।
प्यालेस्टिनी संघर्षको शुरूआत
इजरायलको गठनपछि पनि प्यालेस्टिनीको विद्रोह रोकिने कुरै थिएन । इजरायलको स्थापनादेखि नै प्यालेस्टिनी फादायिन विद्रोहीले यहुदीहरू जम्मा गर्ने कार्यको विरोधमा शान्तिपूर्ण तथा हिंसात्मक गतिविधि संघर्षको थालनी गरिहाले ।
सन् १९६४ मा ‘प्यालेस्टिनी मुक्ति संगठन’ (पीएलओ) गठन भयो। सशस्त्र संघर्षको माध्यमबाट स्वाधीन प्यालेस्टाइन निर्माण गर्ने उद्देश्य राखेर गठन भएको यो संगठनका नेता थिए, विश् चर्चित नेता यासेर अराफात। वेस्ट ब्यांकमा मुख्यालय रहेको यो संगठनले शुरूमा सशस्त्र विद्रोहलाई मुख्य नीति बनाएको थियो ।
इजरायललाई त पश्चिमा देशहरूले सहयोग गरिरहेका थिए।
दोस्रो विश्वयुद्धपछि शुरू भएको अमेरिका र रूसबीचको शीतयुद्धको असर अरब जगत्मा पनि परेको थियो। इजरायलको स्थापना हुँदा सघाएका रूस र अमेरिका सन् १९५० को दशक पुरा हुंदा नहुंदै दुई कित्तामा उभिन थालेका थिए ।
सन् १९५६ मा इजिप्टका जनरल गमाल अब्देल नासेरले त्यहाँका राजा हटाएर सत्ता कब्जा गरे। आफ्नो विरोधी ध्रुवको विरोधमा उत्रिएकाले इजिप्टलाई रूसले अत्याधुनिक सैन्य शक्ति सहयोग गरेको थियो। इजिप्ट प्यालेस्टिनीको युद्धको पक्षमा थियो।
सन् १९६७ मा जोर्डन नदीको पानी उपयोगबारे इजरायल र अरब देशहरूबीच युद्ध भयो। ६ दिने युद्धमा इजरायलको विरोधमा इजिप्ट, सिरिया, जोर्डन र इराक प्रत्यक्ष संलग्न थिए। इजरायललाई अमेरिका, बेलायत, फ्रान्स लगायत देशबाट सहयोग थियो । त्यो युद्ध पनि इजरायलले नै जितेको घोषणा गरियो ।
सन् १९७० मा इजिप्टका राष्ट्रपति नासेरको निधनपछि भने यो सशस्त्र संघर्षबारेको धारणा फेरिन थाल्यो। नासेरपछि सत्तामा आएका अनवर सादातले इजरायलसित शत्रुता कायम राख्नुभन्दा सम्झौता गरेर गुमेको भूभाग फिर्ता लिन उचित हुने सुझाव दिन थो ।
तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको मध्यस्थतामा सन् १९७८ मा ‘क्याम्प डेभिड सम्झौता’ र सन् १९७९ मा ‘इजिप्ट– इजरायल शान्ति सन्धि’ भयो।
सन् १९७३ मा इजिप्ट र सिरियाले इजरायलमाथि अप्रत्याशित हमला गरेपछि ‘यम– किपूर युद्ध’ भयो। यो युद्धमा इजिप्ट र सिरिया पराजित भएपछि पीएलओले सशस्त्र संघर्षको रणनीति तत्काललाई परित्याग गर्ने निर्णय गर्यो।
१५ नोभेम्बर १९८८ मा पीएलओले संयुक्त राष्ट्रसंघको ‘सीमित सहमति’ मा स्वाधीन प्यालेस्टाइन राज्यको घोषणा गर्यो। सिङ्गो प्यालेस्टाइन भूभागभित्रै जेरुसेलमको पूर्वी भागमा अवस्थित जोर्डन नदीको पश्चिम किनारा प्रान्त र इजिप्टको सिनाई प्रान्तसित जोडिएको भूमध्य सागर किनाराको गाजा प्रान्त प्यालेस्टाइन राष्ट्रिय परिषद् मातहत प्रशासित हुने सहमति भयो ।
इजरायल र प्यालेस्टाइनबीच सशस्त्र संघर्ष गरिरहेका समूहबीच तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनको पहलमा सन् १९९३ मा ‘ओस्लो सम्झौता’ भयो । सो सम्झौतामा पीएलओका अध्यक्ष यासेर अराफात र तत्कालीन इजरायली प्रधानमन्त्री यित्ज्याक रविनले हस्ताक्षर गरेका थिए ।
सम्झौताको प्रक्रिया अन्तर्गत पहिलो सहमतिपत्रमा १३ सेप्टेम्बर १९९३ मा दुवै नेताले तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको उपस्थितिमा हस्ताक्षर गरेका थिए। दोस्रो सहमतिपत्रमा सन् १९९५ मा इजिप्टमा हस्ताक्षर भयो। उक्त सम्झौतामा पहिलो पटक इजरायल र पीएलओले एकअर्कालाई मान्यता दिएका थिए।
इजरायलमा सिमोन पेरेजको नेतृत्वमा सरकार रहँदासम्म इजरायलले ओस्लो शान्ति सम्झौता पालना गर्यो।
सिमोन पेरेज सत्ताबाट हटेपछि भने इजरायलले सम्झौता विपरीत प् रमल्लाहमा अवस्थित प्यालेस्टिनी राष्ट्रिय प्राधिकारका राष्ट्रपति यासेर अराफातको कार्यालय कब्जा गर्यो। त्यहाँका सबै दस्तावेज कब्जा गर्यो। अराफातले आतङ्ककारीलाई मद्दत गरेको आरोप समेत लगायो।
सन् १९८७ मा भएको पहिलो इन्तिफादा अर्थात् आन्दोलनपछि गठन भएको हमासले पुरै भूभाग प्यालेस्टाइनीको हुनुपर्ने भनेर इजरायलमाथि ससशस्त्र हमला जारी राखे पनि अराफातको व्यक्तित्वका कारण उनी नै प्यालेस्टाइनीका वैध प्रतिनिधि बनिरहेका थिए।
इजरायली कट्टरपन्थीले प्रधानमन्त्री रबिनको ४ नोभेम्बर १९९५ मा हत्या गरेपछि स्थिति झन् विस्फोटक बनेका हो।
सन् २००० मा प्यालेस्टाइनीले दोस्रो इन्तिफादा सुरू गरेपछिको हिंसामा शान्ति सम्झौताको अवसान नै भयो।
प्यालेस्टाइनी नियन्त्रणमा अहिले गाजा अनि जोर्डन नदी र डेड सीको पश्चिममा रहेको वेस्ट ब्यांक छ। ३६५ वर्ग किलोमिटर क्षेत्रफल भएको गाजा र ५८६० वर्ग किलोमिटरको वेस्ट ब्यांकको बीचमा इजरायली भूमि छ।
२००५ मा गाजाबाट इजरायलले सेना र आफ्ना नागरिक फिर्ता गरेपछि हमासले युद्ध गरेर प्यालेस्टाइनी अथोरिटीको नेतृत्व गर्ने फताह समूहलाई हराएर २००७ मा गाजालाई आफ्नो नियन्त्रणमा लियो।
वेस्ट ब्यांकका थुप्रै ठाउँमा इजरायलले अवैध रूपमा व्यापक यहुदीको बस्ती बिस्तार गरेको छ।
२००४ मा अराफातको निधन भएपछि २००५ मा निर्वाचन जितेका महमुद अब्बास प्यालेस्टाइनी अथोरिटीका प्रमुख छन्। उनी नै प्यालेस्टाइन राज्यको राष्ट्रपति पनि हुन्। उनी अहिले ८७ वर्ष पुगेका छन् ।
प्रधानमन्त्री नहुँदा आफूविरूद्ध भ्रष्टाचार मुद्दा चल्ने भएकाले बेन्जामिन नेतेन्याहुले अतिवादीसँग अहिले गठबन्धन गरेकाले यो समस्या झन् अप्ठेरो देखिएको छ । प्यालेस्टाइनीको अस्तित्व नै स्वीकार नगर्ने दक्षिणपन्थीले वेस्ट ब्यांकमा यहुदी बस्ती बिस्तारलाई झन् तीव्रता दिएका छन्।
संयुक्त राष्ट्र संघको महासभाले २०१२ देखि प्यालेष्टाइनलाई गैर–सदस्य पर्यवेक्षक राज्यको हैसियतमा बढुवा त गरेको छ । तर आन्दोलन भने कमजोर बन्दै गएको छ ।
आफूले २००५ मा गाजा छोडेको दुई वर्षमै त्यो ठाउँ हमासले कब्जा गरेको उदाहरण देखाउँदै स्वतन्त्र प्यालेस्टाइन राज्य बनाए हमासजस्ता अतिवादीले सत्ता हत्याएर इजरायलमा निरन्तर आक्रमण गर्छन् भन्ने इजरायलीहरुको धारणा छ । तर अराफात बाँचेका बेला हमास धेरै कमजोर थियो। तर उनको निधन पछि हमास नै मुख्य अथोरिटीजस्तो देखिएको छ।
प्रतिकूल हमला किन भयो त ?
हमासले अक्टोबर ७ आक्रमणको तुरून्तै जिम्मेवारी लिँदै यो ‘अल अक्सा मस्जिदमा इजरायलले गरेको दमनको बदला’ भएको घोषणा गरेको छ । जेरूसलमको पुरानो शहरमा रहेको अल अक्सा मस्जिद मुसलमानले मक्का र मदिनापछि तेस्रो पवित्र स्थल मान्छन्।
हमासको आक्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा हुन लागेको साउदी अरेबिया र इजरायल बीचको सम्झौतालाई बिथोल्न गरेको विश्लेषण पनि हुन थालेको छ । अर्कोतिर अमेरिकाले युक्रेन युद्धबाट ध्यान मोड्न हमासलाई प्रोभोक गरेर युद्ध भड्काएको बताउनेहरुको पनि कमि छैन । किन कि सन् २०२०मा अमेरिकी राष्ट्रपति ट्रमको हलमा इजरायल–साउदी अरबबीचको वार्ताको फाइदा उठाउन अमेरिका मध्यूर्वमा पछि पर्ने त्रासमा थियो । वाइडेनले चाहन्छन् । तर वाइवेड प्रशासनसंग साउदी अरब सनकारात्मक छ ।
अर्कातिर सुन्नी मुसलमान रहेको साउदी र शिया मुसलमान रहेको इरानबीच धेरै पहिलेदेखि दुश्मनी छ। हालै मात्रै चीनको मध्यस्थतामा साउदीसँग इरानको सम्बन्ध सुधारको पहल सुरू भएको छ । जसमा अमेरिका त्यो पहलकदमीबाट बाहिर छ ।
अमेरिका र इजरायल दुबैले हालसम्म इरानको उक्साहटमा नै हमासले पछिल्लो आक्रमण गरेको मान्छन् ।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले इरानी सुरक्षा अधिकारीहरूले हमास आक्रमणको योजना बनाउन मद्दत गरेका थिए भन्ने विश्लेषण गरेको छ । यसमा उल्लेखनीय के छ भने इरानी सैन्य कमाण्डर सुलेमानीको इजरालयले हत्या गरेको घटनाको इरानले बदला लिन नपाएको घटना पनि बांकी नै थियो ।
पछिल्लो हमास आक्रमलाई स्वयं इजरायली प्रधानमन्त्री नेतान्त्याहुको अविछिन्न शासक बन्ने प्रपञ्च मान्ने समेत गरिन्छ । यस्तो धारणा राख्नेहरुले हमासले प्रयोग गरेका हतियार इजरायलमा बनेको दावी गरेका छन् ।
हमास इजरायल युद्धमा ४ वटा पक्ष देखिएका छन् । पहिलो इजरायल र प्यलेष्टाइन पक्षधर अरब राष्ट्रहरु, दोसो सिरया, इरान र पश्चिमी राष्ट्रहरुबीचको टक्कर । तेस्रो अमेरिका, नाटो देखि इजरायल र साउदी अरब तथा टर्कीबीचको सम्वन्ध, द्धन्दमा कसको हात माथि पार्ने भन्ने हानथाप । चौथो हो, रसिया र चीनबीचको धु्रवीकरण र पश्चिमा विश्वको द्धन्द्ध । जे भएपनि हमास इजरायल युद्ध एक्काइसौं शताव्दीको सवैभन्दा डरालाग्दो र सवैभन्दा पुरानो भूराजनीतिक घाउ भएको भने स्पष्टै छ । यो युद्धको पटाक्षेपले विश्वकै नक्सा बदलिने करिव निश्चित छ ।
हमासले इजारायलमा आक्रमण गरेपछि विश्व इजरायल र प्यलेष्टाइनको पक्षमा बांडिएको छ । पश्चिमा देशहरु इजरायलको पक्षमा उभिएका छन् भने रसिय र चीनले द्धन्द्ध नचर्काउ आग्रह गरेर मध्मार्गी रुख देखाएका छन् । अरब विश्वले अझै पनि पर्ख र हेरको अवस्था छ । टर्कीले के गर्छ भन्ने हेर्न अझै बांकी छ ।
विभिन्न अन्तराष्ट्रि सञ्चारमाध्यमको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्