ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी भन्छन्- मखमली मालाको माग बढ्यो, मूल्य घट्यो


एबीसी न्यूज
२२ कार्तिक २०८०, बुधबार   ३ : २६   बजे

काठमाडौं, २२ कात्तिक । मखमली फूलको मालाको माग अत्यधिक भए पनि मूल्य नपाएकोमा किसानहरूले गुनासो गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका, गुण्डुका किसानले नेपालीको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका हुन्। यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ।

एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री थालेको व्यवसायीहरूले बताए। गुण्डुका व्यवसायीले भाइटीकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन्।

गुण्डुकी राधा थापाले विगतका वर्षमा जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन्। मेहनतअनुसार मूल्य भने जस्तो नभएको उनको गुनासो छ।

व्यापार राम्रो भए पनि विगतका वर्षमा प्रतिमाला ३५ रुपैयाँसम्म बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी मूल्य पाउन नसकेको उनी बताउँछिन्।

फूल उत्पादन गरेर माला बेच्दा लगानी मात्रै उठ्ने स्थिति रहेको थापाले बताइन्।

विगतका वर्षमा आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक ५० हजारभन्दा बढी आम्दानी गरेकोमा यस वर्ष बजार मूल्य कम हुँदा आम्दानी घट्ने अवस्था रहेको उनी बताउँछिन्।

‘मेहनत भएअनुसार मूल्य अलि बढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन। व्यापार राम्रो छ तर गत वर्ष प्रतिमाला ३५ रुपैयाँसम्म बिक्री भए पनि यो वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी पाउन सकिएको छैन। मालाको माग धेरै भए पनि मूल्य पाउन सकिएन। उत्पादनको मेहनतअनुसार मूल्य आउन छोडेको छ,’ थापा भन्छिन्।

थापा थप्छिन्, ‘मैले आठ आना जग्गामा मखमली खेती गरेको थिएँ। यो वर्ष पानीको कारणले फूल राम्रो भएन, मूल्य पनि कम छ। यसकारण गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ। यद्यपि, ५० हजारसम्म आम्दानी हुने आशा छ।’

गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ। उनी पनि मखमली मालाको माग राम्रो भएको तर विगतका वर्षहरूमा जस्तो मूल्य नपाएको बताउँछिन्।

विगतका वर्षमा प्रतिमाला ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री भएको तर यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रतिमालाको मूल्य पाएको बस्नेतले बताइन्।

उनले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री गरेकी थिइन्। तर यो वर्ष ६० हजारमा सीमित हुने बस्नेतको अनुमान छ।

‘विगतका वर्षहरूमा जस्तो मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ,’ बस्नेत भन्छिन्।

आफूहरूले उत्पादन गरेको मखमलीको माला किन्न व्यापारीहरू घरमै आउने गरेको उनी बताउँछिन्। बस्नेतका अनुसार उनले उत्पादन गरेका मालाहरू बढीजसो विदेश निर्यात हुने गरेका छन्।

बस्नेतको कथन छ, ‘हामीले मखमलीको माला बजारमा लगेर बेच्नुपर्दैन, घरमा नै व्यापारीहरू आउने गर्छन्। सबैको मखमली एक ठाउँबाट माला बनाएर बिक्री गर्ने गरेका छौं। अहिलेसम्म बिक्री भएका माला सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको छ।’

त्यस्तै, गुण्डुकै अर्की पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर उत्पादन कम भएको बताइन्।

उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको उनको गुनासो छ। विगतका वर्षमा प्रतिमाला ५० रुपैयाँसम्म मूल्य पाए पनि यो वर्ष २३ रुपैयाँभन्दा बढी पाउन नसकेको उनले बताइन्।

‘मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा ढल्यो। उत्पादन विगतको भन्दा कम छ। उत्पादन कम भएको बेलामा अझ यो वर्ष मूल्य पनि २३ रुपैयाँभन्दा माथि गएको छैन’ मैया भन्छिन्, ‘गतवर्ष प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भएको थियो। यस वर्ष भने २३ रुपैयाँभन्दा माथि जान सकेको छैन। किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन।’

आम्दानीको हिसाबले खेतमा मखमली फूल लगाउँदा धान लगाउनुभन्दा फाइदा हुने मैया बताउँछिन्। मखमलीको माला बनाउँदा अर्मपर्म गरेर काम गर्ने वा एउटा माला उनेको ५ रुपैयाँसम्म तिरेर काम लगाउने गरेको उनले बताइन्।

एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको मैया बताउँछिन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu