ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिलाई परिवार स्वास्थ्यबारे तालीम


admin
२८ माघ २०७४, आइतबार   ६ : ४२   बजे

काठमाडौँ, २८ माघ ।  परिवार स्वास्थ्य महाशाखाका ७० प्रतिशत कार्यक्रम स्थानीय तहमा गएपछि स्थानीय तहका प्रमुख-उपप्रमुख र स्वास्थ्य संयोजकलाई अभिमुखीकरण कार्यक्रम शुरु गरिएको छ ।

परिवार स्वास्थ्य महाशाखाले आफ्ना कार्यक्रम स्थानीय तहले गर्ने भएपछि सहजरुपमा सञ्चालन भइरहुन् भनेर सबै कार्यक्रमबारे जानकारी दिन अभिमुखी कार्यक्रम सञ्चालन गरेको हो । महाशाखाका निर्देशक डा विकास देवकोटाले बजेट र समय हेरेर हरेक जिल्लामा सके एक दिन वा केही घण्टाको समय मिलाएर कार्यक्रमको महत्वबारे जानकारी दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही जिल्लामा कार्यक्रम भइसकेको छ भने बाँकीमा क्रमैसँग गर्ने योजना छ, परिवार स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमबारे स्थानीय जनप्रतिनिधिले राम्रोसँग बुझ्नुभयो भने प्रभावकारी रुपमा सञ्चालन गर्न सहज हुन्छ ।”

कार्यक्रमबारे बुझाइको कमीले कुनैपनि कार्यक्रम बिना अवरोध सञ्चालन गर्न सम्पूर्ण बजेट सहीरुपमा खर्च गर्न सकियोस् भनेर अभिमुखीकरण गत पुसदेखि शुरु गरिएको हो । कतिपय स्थानीय तहले समयमै स्वास्थ्यको रकम भुक्तानी नगरेपछि कार्यक्रम प्रभावित हुन थालेका छन् भने कतिपय स्थानीय तहले रकम खर्च गर्न सकेका छैनन् ।

नगरपालिकाले रकम भुक्तानी नगरेपछि सिरहाको कर्जन्हा नगरपालिकामा रहेको फुलकुमारी महतो मेमोरियल अस्पतालले आमा सुरक्षा कार्यक्रम रोक्ने आशयको पत्र महाशाखामा आएपछि रकम निकासाका लागि नगरपालिकालाई अनुरोध गरिएको निर्देशक देवकोटाले जानकारी दिनुभयो ।

उक्त अस्पतालले यही माघ १८ गते विगत पाँच महिनादेखि नै आमा सुरक्षा कार्यक्रमको भुक्तानी नपाएको भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।

परिवार स्वास्थ्य महाशाखाबाट आमा सुरक्षा कार्यक्रम, पाठेघर खस्ने रोगको शल्यक्रियाद्वारा उपचार, शल्यक्रियाद्वारा सुत्केरी हुने अस्पताल (सिइओएनसी), परिवार नियोजन, गर्भवती तथा सुत्केरी उत्प्रेरणा सेवा, निःशुल्क गर्भपतन सेवा, किशोरकिशोरी कार्यक्रम, वर्थ डिफेक्ट कार्यक्रमलगायत ४९ वटा कार्यक्रमका लागि ६७ प्रतिशत बजेट स्थानीय तहमा गएको छ । यसअन्तर्गत रु दुई अर्ब ३७ करोड ६७ लाख रकम ७५३ स्थानीय तहमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group