ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ : भाषा र राजधानीको विवादमा फस्दै


admin
२८ माघ २०७४, आइतबार   ६ : ५३   बजे

जनकपुरधाम, २८ माघ ।  प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन ।

सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो ।

राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा जिल्लामा भाषिक चर्चा परिचर्चा र विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ ।

र।ाष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार प्रदेश नं २ को आठ जिल्लामा मैथिली भाषी ४५.३० प्रतिशत, भोजपुरी भाषी १८.५८ प्रतिशत र हिन्दी भाषी ०.१२ प्रतिशत रहेका छन् । विवाद चुलिनुका कारणमध्ये कतिपय प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने बेलामा आफ्नो मातृभाषालाई बेवास्ता गरी अन्य भाषालाई मातृभाषा भनी उल्लेख गर्नुलाई मानिएको छ । शपथका दिन १०७ प्रदेशसभा सदस्यमध्ये मैथिली भाषामा ४७, भोजपुरी भाषामा २५, नेपाली भाषामा २४ र ११ जनाले हिन्दी भाषामा शपथ लिएका थिए ।

हिन्दी भाषामा शपथ लिनेमध्ये अधिकांशको मातृभाषा मैथिली रहेको अवस्थामा हिन्दीमा शपथ लिनुको अर्थ के थियो ? भन्ने प्रश्नले मैथिली मातृभाषीबीच चिन्ताको विषय बनेको बेलामा नै मैथिली भाषामा शपथ लिएकामध्येबाटै एक जना सदस्यले प्रदेशसभाको प्रथम बैठकमा हिन्दीमा बोलेपछि मातृभाषाको उपेक्षा गर्ने सदस्यलाई लक्षित विरोधका स्वर र कार्यक्रमले निरन्तरता पाएको देखिएको छ ।

मिथिला क्षेत्रको भाषा मैथिली हो । प्राचीन मिथिलाको मातृभाषा मैथिली रहेको दाबी विद्वानहरूको छ । वाल्मिकी रामायणको सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएको अनुसार रावणले सीतालाई हरण गरी अशोक बाटिकामा राखेका बेला हनुमानले सीतासँग मैथिली मातृभाषामा संवाद गरेका थिए । संस्कृत भाषामा कुरा गरेमा रावणका गणले सरल ढंगले बुझ्ने भएकाले एकआपसमा बुझिने भाषाको प्रयोग गर्नु बाध्यता रहेको थियो ।


डा दुर्गानन्द झाद्वारा लिखित मैथिली साहित्यको ‘इतिहास’ नामक पुस्तकअनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै रहेको छ । वेद, पुराण, उपनिषद, मिमांशामा वर्णित वातावरण , वनस्पति, जीवजन्तु, मिथिलासँग मेल खान्छन् । जनक वंशको उदयपछि विधिवत्रूपमा मिथिला राज्यको स्थापना भएको थियो र जसको राजधानी जनकपुरधाम रहेको थियो । इतिहासकारले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन् । यसबीचमै सीताको जन्म भएको थियो । कोशी, कमला, वाग्मती, गण्डकी तथा गंगाजस्ता नदीको मध्यमा रहेको यस भूमिलाई तीरभूक्ति अर्थात तीनतिरबाट घेरिएको भनिन्छ ।

आठौँ शताब्दीमा लिखित सिद्ध ग्रन्थ मैथिली भाषामा रहेको छ । त्यस बेलाका डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा गान अहिले उपलब्ध छ । यी स्रष्टाका अधिकांश रचना नेपालका तराई भूमिमा प्राप्त भएको छ । भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा प्राचीन ग्रन्थ ज्योतिश्वरको धु्रत समागम मैथिली भाषामा लिएको उपलब्ध छ ।

भाषाविद् डा रामावतार यादवका अनुसार राष्ट्रिय अभिलेखालयमा सन् ९०० देखि १८औँ शताब्दीभित्र लेखिएको नाटकको १५० पाण्डुलिपि रहेकामध्ये मैथिलीमा ११५, नेवारीमा २६ र बंगालीमा पाँच वटा रहेका छन् । अहिलेसम्म पुष्टिका आधारमा भारतीय आर्य समुदायका २८ भाषामध्ये मराठीपछि मैथिली नै पुरानो रहेको छ ।

उन्नाइसौँ शताब्दीमा जर्ज अब्राह्म गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र विहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यिक परम्परा रहेको उल्लेख गरिएको छ । इतिहासकार डा तुलसीराम वैद्यद्वारा सिम्रोनगढमा गरिएको अनुसन्धानबाट कर्णाटवंशीय राजाको शासन कालमा मैथिली भाषालाई राजकीय संरक्षण प्राप्त भएको देखिन्छ ।

चौधौँ शताब्दीको पूर्वाद्र्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपालगायतका स्थानमा व्यापक प्रभाव थियो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाको कामकाज मैथिली भाषामा हुन्थ्यो । १४औँ शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो ।

सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा अधिक गद्यपद्यको रचना गरेका थिए । विद्यापतिलाई रवीन्द्रनाथ टैगोरलेसमेत काव्य गुरू स्वीकार गरेका छन् । विद्यापति जनकपुरधामकै नजिक बनौली गाउँमा बास बसेका बेला भागवत् गीताको मैथिली अनुवाद र आधा दर्जन पुस्तक लेखेको प्रमाणिक आधार विद्यमान छ ।

पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको कामकाजको भाषा मैथिली रहेको पाइन्छ । मल्ल राजा मैथिलीमा बोल्थे, साहित्य पनि गर्थे । पृथ्वीनारायणले मैथिली भाषा–संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजको मान्यता दिएको देखिन्छ । पछि राजा महेन्द्रले ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’ नीतिको नाममा मैथिली भाषा–संंस्कृतिमाथि प्रहार गरी पहिचानलाई समाप्त गर्ने पड्यन्त्र गरिएको अध्याय इतिहासमा पाइन्छ ।

बिडम्वना त्यही परिदृश्य देखा पर्नु चिन्तनीय पक्ष हो । प्रदेश सभासदस्यले मैथिली भाषा–संस्कृतिको महिमा गाउने तर यसको जीवन्ताको सवालमा मौन बस्ने क्रियाकलाप सोचनीय अवस्था हो ।

यस अवस्थामा इतिहास, व्यवहार र वैज्ञानिक सिद्ध आधारमा समृद्ध मैथिली भाषाको अस्तित्व नै संकट पार्नेविरूद्धको भाषिक आन्दोलनलाई अतिक्रमणको मारबाट बचाउने अभियानका रूपमा लिनु जरूरी देखिएको छ । किनकी भाषाको सम्बन्ध संस्कृति, सभ्यता, स्वाभिमान र पहिचानसँग गासिएको छ ।

यसलाई समाजको सामूहिक एकता, उन्नति, प्रगति र क्रान्तिकारी परिवर्तनको अनिवार्य साधन मानिएको छ । विगतका शाहकालका शासकले सत्ता, हैकम, राजनीति कायम गर्न मैथिली भाषाप्रति गरेको प्रहारका कारण मथिली भाषा आफ्नो पुरानो अस्तित्वको खोजमा रहेको छ । आफ्नो लिपि छ, स्रष्टा छन् तर उपेक्षित छन् ।

संस्कृति भन्नाले भाषाको प्रयोग, जीविकोपार्जन, शासन व्यवस्था, एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको उपलब्धिलाई जनाउँछ । यसैअन्तर्गत वंशगत शिल्प, वस्तु, धारणा, प्रक्रिया, अभ्यास तथा मूल्य समावेश रहेको हुन्छ । संस्कृतिलाई जिन्दगीको तरिका र सभ्यताको परिचायक मानिएको छ । यसअन्तर्गत हामी जे गर्छौं त्यसमा हाम्रै संस्कृतिको झलक हुन्छ, यस कारण पनि प्रदेश नंं २ का प्रदेश सभासदस्यसमक्ष यसको वैशिष्टतालाई कसरी कायम राख्ने गहन जिम्मेवारी काँधमा छ ।

प्रदेशसभाका गतिविधिलाई अवसर र चुनौतीका रूपमा लिनु आवश्यक छ । विरोधका स्वर मैथिल संस्कृतिको सरसता, समरसता एवं संवेदनशीलताप्रतिको जागरणका अर्थमा ग्रहण गर्नु पर्दछ । किनकी संस्कृतिको विनाश सजिलो हुँदैन, संस्कृतिको रचना केही वर्षमा हुँदैन ।

अनेकौँ शताब्दीमा कुनै जात र देशको संस्कृतिको निर्माण निर्माण हुन्छ । संस्कार वा शरीरको होइन, आत्माको गुण हो । सभ्यताका साथ शरीर विलीन हुन्छ तर संस्कृतिको प्रभाव आत्माका साथ जन्मजन्मान्तरसम्म बनिरहन्छ । अतःप्रदेश नं २ का प्रदेशसभा सदस्यले प्रदेशसभालाई जनकपुरधामको गौरवको रक्षा र मैथिल संस्कृतिको प्रवद्र्धनमुखी अभियानमा पनि ध्यान केन्द्रित गरेमा चुलिएको प्रसंग सलाउँदै जाने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group