ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलौराकोटको इतिहास २८०० वर्ष पुरानो


admin
२९ माघ २०७४, सोमबार   ७ : ३५   बजे

कपिलवस्तु, २९ माघ । तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ ।

पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि नयाँ तथ्य बाहिर आएको छ । ‘युनेस्को जापानिज फण्ड इन ट्रष्ट’को आर्थिक सहयोगमा करीव तीन वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन् ।

त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील छन् । यस कार्यका लागि राष्ट्रिय विज्ञ कोषप्रसाद आचार्य र दुरहाम विश्वविद्यालयका प्रा रवीन कनिघमले सहनिर्देशकको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

विज्ञ आचार्यका अनुसार तिलौराकोटमा इपू छैँटौ शताब्दीमा योजनाबद्ध शहरीकरण शुरु भएको पाइएको छ । उहाँले उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको जानकारी दिनुभयो ।

स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको छ । शहरको दक्षिणतर्फको ढिस्कामा फलाम प्रशोधन गर्दा बचेका अवशेष फेला परेपछि त्यहाँ महत्वपूर्ण औद्योगिकस्थल रहेको जानकारी प्राप्त भएको छ । उत्खननका क्रममा करिब आठ टन धातुअंश प्राप्त भएपछि ठूलो मात्रामा धातु पगाल्ने काम भएको अनुमान गर्न सकिन्छ ।

यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा पनि अनुसन्धान गरी प्राचीन लुम्बिनीग्रामको नयाँ इतिहास बाहिर ल्याउनाका साथसाथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको थियो ।

ऐतिहासिक र पुरातात्विक तिलौराकोटलाई प्राचीन कपिलवस्तु राज्यको राजधानीका रूपमा चिनिन्छ । स्थानीय शिवगढ गाउँ नजिक रहेको उक्त स्थान शाक्यमुनि गौतम बुद्धका पिता शुद्धोधनको राजाप्रसाद थियो जहाँ सिद्धार्थले बाल्यकालदेखि २९ वर्ष बिताएका थिए । पारिवारिक तथा राजकीय सुखसयल छाडेर बुद्ध दरबारको पूर्वतिरको द्वारबाट महाभिनिष्क्रमणमा निस्केको विश्वास छ ।

गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो । स्थानीय बाणगंगा (प्राचीन भागीरथी) नदीको किनारमा रहेको तिलौराकोट परिसरभित्र मुख्य भग्नावशेषका रूपमा पूर्वीद्वार, पश्चिमीद्वार, मध्य भागको संरचना परिसर र गत वर्ष संरक्षण गरिएका केही संरचना देखिन्छन् तर भूभौतिक सर्वेक्षणबाट जमीनको सतहभित्र व्यवस्थित शहर रहेको प्रकाशमा आएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले उत्खननबाट आउने परिणामका आधारमा त्यसको महत्वलाई प्रचार तथा प्रवद्र्धन गरिने बताउनुभयो ।

पाँचौ शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौँ शताब्दीमा ह्वेन सानले यस क्षेत्रमा गरेका यात्राका आधारमा तयार भएका विवरण तथा प्रतिवेदनले पनि त्यहाँको खोज र अनुसन्धानलाई सहज बनाएको छ । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ वकिमी छ ।

नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही जिल्लामा प्राप्त भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले यहाँ भएका पुरातात्विक सम्पदाको सही तरीकाबाट संरक्षण तथा व्यवस्थापन गर्न सकिएमा नेपालको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu